भारत र अमेरिका पृथ्वीको अवलोकन गर्न उपग्रह प्रक्षेपण गर्ने तयारीमा

 Krishna Shrivastav

वीरगंज । अमेरिकी अन्तरिक्ष निकाय नासा र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सन् २०२५ को मार्चमा शक्तिशाली पृथ्वीको अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने तयारी गरेका छन् । नासा–इसरो सिंथेटिक अपर्चर रडार (निसार) भारतको दक्षिणपूर्वी तटमा रहेको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण हुनेछ । यसले ग्रहको पारिस्थितिक प्रणाली, भूमि र समुद्री बरफ र पृथ्वीमा परिवर्तनहरू मापन गर्न हरेक १२ दिनमा दुई पटक पृथ्वीको झन्डै सबै जमिन र बरफको सतहहरू स्क्यान गर्न सक्ने नासालाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । निसारको अवलोकनले विश्वभरका अन्वेषकहरूलाई पृथ्वीको सतहमा रहेका आइसफिट,

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

बाजुरामा हिजो गएको भुकम्पबाट एक सय २३ वटा घरमा क्षति

 Krishna Shrivastav

वीरगंज । बाजुरामा हिजो बिहान गएको भूकम्पबाट –४ का एक सय २३ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण सङ्कलन भएको छ । ५ दशमलव २ म्याग्नेच्यूडको भूकम्पको केन्द्रबिन्दु रहेको वडा ५ गोत्रीमा पूर्ण तथा आंशिक गरी एक सय २३ वटा घरमा क्षति पुगेको वडाध्यक्ष गौरी सार्कीले जानकारी दिए । वडाध्यक्ष सार्कीको संयोजकत्वमा वडाको बैठक बसेर विवरण सङ्कलन गरिएको थियो । क्षति पुगेका घरको सङ्कलन भएको विवरण सम्बन्धित निकायमा पठाउने निर्णयसमेत भएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पले झन्डै डेढ सय घरमा क्षति पुर्‍याएको र तीमध्ये केन्द्रबिन्दु रहेको

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

आजको राशिफल:

 Krishna Shrivastav

मेष: दिन राम्रो रहनेछ। लगानी बाट फाइदा हुनेछ। साथीभाइको सहयोगले राजनीतिक पहुँच विस्तार हुनेछ। विदेशमा गरिएको लगानी बाट लाभ पाउन सकिनेछ। पारिवारिक सम्बन्ध सहज बन्नेछ। वृष: साथीसँग सहकार्य गर्दा फाइदा हुनेछ। शैक्षिक प्रयासमा निरन्तरता आवश्यक छ। परिवारमा विश्वास गर्दा धोका पाउन सकिनेछ। प्रेम सम्बन्धमा खटपट बढ्न सक्छ। मिथुन: अनुत्पादक क्षेत्रमा लगानी गर्दा घाटा हुनेछ। दाजुभाइको सल्लाहमा अघि बढ्दा दिन सहज बन्नेछ। सहकर्मीको प्रतिरोध सामना गर्न सचेत रहनुहोस्। परिवारको समर्थन प्राप्त हुनेछ। कर्कट: धनलक्ष्मीको योग रहेको छ। सम्पत्तिको सदुपयोग गर्दा फाइदा हुनेछ। लगानीमा सफलता मिल्नेछ। बन्धुसँग सहकार्य गर्दा थप लाभ हुनेछ।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

नेपालमा क्रिकेटको इतिहास

 Krishna Shrivastav

वीरगंज | नेपालमा क्रिकेटको इतिहास एक लामो र रोचक यात्रा हो। यो खेल नेपालको युवा पिढ़ी बीच धेरै लोकप्रिय भएको छ, र समयसँगै यसले नयाँ उचाइहरू चुम्दै आएको छ। नेपालमा क्रिकेटको शुरुवात भनेको १९२० को दशक हो, जब ब्रिटिश साम्राज्यको प्रभावले भारत र अन्य उपनिवेशी देशहरूमा क्रिकेटको प्रचार-प्रसार गरेको थियो। नेपालमा क्रिकेटको पहिलो खेल काठमाण्डूमा ब्रिटिश सैनिक र नेपाली ब्युरोक्र्याटहरू बीच भएको थियो। नेपालमा क्रिकेटको बिस्तार भनेको १९५० को दशकपछि सुरु भएको मानिन्छ। १९५१ मा नेपाल क्रिकेट संघको स्थापना गरियो, र त्यसपछि नेपालमा क्रिकेटको विकासका लागि विभिन्न कार्यक्रम र प्रतियोगिताहरूको

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

आज विश्व शौचालय दिवस !

 Krishna Shrivastav

वीरगंज । ‘टोइलेट्सः ए प्यालेस, प्यालेस फर पिस’ भन्ने नाराका साथ आज विश्व शौचालय दिवस मनाइँदै छ । विश्व शौचालय दिवसको अवसरमा शौचालय स्वस्थ जीवन र सभ्य समाजको ऐना भन्दै शौचालयको दिगो व्यवस्थापनमा सरोकारवालाहरूले जोड दिएका छन् । शौचालय दिवसको पूर्व–सन्ध्यामा स्मार्ट वास सोलुसन्सद्वारा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनीहरूले सुरक्षित खानेपानी र सरसफाइ नागरिकको मौलिक अधिकार भए पनि सरकारले खासै चासो नदिएको बताए । फोहोरमैला व्यवस्थापनलाई समस्याका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने र त्यसका लागि प्रविधि र लगानीमा जोड दिनुपर्ने उनीहरूको सुझाव छ । पूर्वमन्त्री गणेश साहले फोहोर मैलाकोे दिगो

Breaking News  संग सबंधीत छ |

कर्पोरेट सुपर सिक्समा अग्नि ग्रुप विजयी

 Krishna Shrivastav

वीरगञ्ज। वीरगञ्जमा जारी कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा आज अग्नि ग्रुप विजयी भएको छ। ६४ रनको लक्ष्य पछ्याउने क्रममा सुप्रीम ग्रुप ११ रनले पछि परेपछि अग्निले जित हासिल गरेको हो। खेलका क्रममा अग्नि ग्रुपका बिक्रम म्यान अफ दी म्याच घोषित भए। खेल उत्कृष्ट प्रदर्शनसँगै उनले टिमलाई महत्वपूर्ण जित दिलाए। प्रतियोगिता अन्र्तगत भोली समूह डीको खेलमा अग्नि ग्रुप र ओम्नी ग्रुप प्रतिस्पर्धा गर्ने जानकारी लायन्स क्लब अफ वीरगञ्ज परिवारका अध्यक्ष भानुभक्त अधिकारीले दिएका छन्। प्रतियोगितामा वीरगञ्जका वाणिज्य बैंक, बीमा कम्पनी, विकास बैंक, र औद्योगिक प्रतिष्ठान गरी १६ टिमको सहभागिता रहेको आयोजकले

Breaking News  संग सबंधीत छ |

रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धान: के कारण र सम्भावित परिणाम?

 Krishna Shrivastav

वीरगञ्ज । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका रवि लामिछानेमाथि कास्की प्रहरीले अहिले व्यापक अनुसन्धान गरिरहेको छ । उनीमाथि यसअघि अदालतबाट पटक-पटक म्याद थप गर्दै हिरासतमा राखेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार, यो प्रकारका कसुरमा ९० दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न सकिने व्यवस्था छ । अनुसन्धानको पृष्ठभूमि गत चैत्रमा सरकारले लगानी सहजीकरणको लागि केही कानुनहरू संशोधन गरेको थियो । यस संशोधनअन्तर्गत सम्पत्ति शुद्धीकरण निवारण ऐनले अब प्रहरीलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्ने अधिकार दिएको छ । यसअघि यो अधिकार

Breaking News  संग सबंधीत छ |

चिकित्सक सङ्घद्वारा पर्साका सिडिओको अभिव्यक्तिप्रति आपत्ति

 Krishna Shrivastav

वीरगञ्ज। नेपाल चिकित्सक सङ्घले पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको विवादास्पद अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै उनलाई जिम्मेवारीबाट हटाउन र कारबाही गर्न माग गरेको छ। सङ्घले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा सिडिओ अर्यालको अभिव्यक्तिले कानुन पालन गर्ने पदाधिकारीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको उल्लेख छ। सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्की र महासचिव डा. सञ्जीव तिवारीद्वारा हस्ताक्षरित पत्रमा उक्त टिप्पणी अनुचित, उत्तेजना फैलाउने र स्वास्थ्यकर्मीमाथि आक्रमणलाई प्रोत्साहन गर्न सक्ने आरोप लगाइएको छ। कार्तिक ३० गते वीरगञ्जमा आयोजित कार्यक्रममा सिडिओ अर्यालले बुटवलको आम्दा अस्पतालमा भएको घटनाको प्रसङ्ग उल्लेख गर्दै, बिरामीको पक्षमा भएको भए अस्पतालमा

Breaking News  संग सबंधीत छ |

मधेश लोकसेवा आयोगको परीक्षा निष्पक्ष नभएको आरोप

 Krishna Shrivastav

वीरगंज | मधेश प्रदेश लोकसेवा आयोगले कृषि इन्जिनियर सेवा समूहको सातौं तहको लिखित परीक्षा निष्पक्ष नभएको भन्दै परीक्षार्थीहरूले गुनासो गरेका छन्। २०७९ मंसिर २२ गते जनकपुरधामस्थित जानकी माविमा आयोजित उक्त परीक्षामा विभेद भएको उनीहरूको आरोप छ। परीक्षाका क्रममा कोठा नं. एफ–४ मा पहिलो पत्रको परीक्षा चल्दा क्याल्कुलेटर प्रयोग गर्न अनुमति दिइएको थियो, तर एफ–५ मा अनुमति दिइएको थिएन। त्यसैगरी, दोस्रो पत्रको परीक्षामा उल्टो आदेश दिइँदै एफ–५ मा क्याल्कुलेटर चलाउन अनुमति दिइयो, तर एफ–४ मा रोक लगाइयो। एकै परीक्षा केन्द्रमा यस्तो असमान व्यवस्था गरिएको भन्दै परीक्षार्थीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। गत

Breaking News  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक क्षेत्रमा झुक्याउने

Breaking News  संग सबंधीत छ |

वीरगञ्जमा एक व्यक्ति मृत अवस्थामा भेटिए

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्जमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। सोमबार साँझ सवा ७ बजेतिर पानिटंकी चौक र होटल भिष्वाको बीचको बाइपास सडकको पेटीमा ती व्यक्ति मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। घटनास्थल पुगेको प्रहरी टोलीले स्थानियहरूसँग सोधपुछ गर्दा ती व्यक्तिको उमेर करिब ५५ देखि ६० वर्षको रहेको र उनी दैनिक मागेर हिँड्ने गरेको पाइएको छ। केही समयअघि उनले होटलहरूमा समेत काम गरेको बताइएको छ। ती व्यक्तिको नाम राजेश कार्की भएको प्रारम्भिक जानकारी आए पनि उनको स्थायी ठेगाना भने खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब

Breaking News  संग सबंधीत छ |

प्रदूषणका कारण भारतको राजधानीमा विद्यालय बन्द

 Krishna Shrivastav

वीरगंज । भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ । यो विशाल महानगरको स्वास्थ्य सङ्कट कम गर्ने पछिल्लो प्रयास हो । आइतबार साँझ विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको दैनिक अधिकतम मात्राभन्दा ५७ गुणा बढी पीएम २.५ प्रदूषकहरू (फोक्सोमार्फत रक्त प्रवाहमा प्रवेश गर्ने खतरनाक क्यान्सर–कारक सूक्ष्म कणहरू) रेकर्ड गरिएको थियो । सोमबार बिहान यी मात्राहरू चेतावनी सीमाभन्दा करिब ३९ गुणा माथि थिए र सहर बाक्लो खैरो र पीडादायक धुवाँले ढाकिएको थियो । यो सहर प्रत्येक वर्ष पीडादायक धुवाँले ढाकिने गर्दछ ।

Breaking News  संग सबंधीत छ |

भन्सार छली ल्याइएका अवैध सामान पर्सा सशस्त्र प्रहरीद्वारा बरामद

 Krishna Shrivastav

वीरगञ्ज | पर्सा जिल्लामा सशस्त्र प्रहरीले भन्सार छल्दै भारतबाट अवैध रूपमा ल्याइएका विभिन्न सामानहरू नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हे.क्वा. पर्साबाट स.प्र.नि. आन बहादुर गुरुङको नेतृत्वमा गण्डकस्थित चेकपोस्टमा खटिएको टोलीले रु ७९,८०० बराबरको किराना सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। त्यसैगरी, सशस्त्र प्रहरी गुल्म वीरगञ्जबाट खटिएको अर्को टोलीले बि.म.न.पा– १६ स्थित भन्सार मेनगेट र सीमावर्ती नाकाहरूमा चेकजाँच गर्दा रु.१८,२६,५४७ बराबरका मोटर पार्ट्स, सामान्य औषधि, मोबाइल एसेसरिज, जुत्ता र किराना सामान बरामद गरेको छ। साथै, ना १० प ६६९६ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएर भन्सार

Breaking News  संग सबंधीत छ |

पर्साको सीमावर्ती क्षेत्रमा चोरीको घटना वृद्धि, सुरक्षाकर्मीको भूमिकामा प्रश्न

 Krishna Shrivastav

वीरगञ्ज । पर्साको सीमावर्ती क्षेत्रका गाउँहरूमा पछिल्लो समय चोरीका घटनाहरू तीव्र रूपमा बढेका छन्। स्थानीय बासिन्दाहरूले दैनिकजसो चोरीका घटना भइरहेको गुनासो गरेका छन्। चोरहरूले मन्दिरका गरगहना, विद्यालयका सामाग्रीहरू, विशेषगरी कम्प्युटर चोरी गर्ने गरेको स्थानीयले बताएका छन्। छिपहरमाई गाउँपालिका–६ स्थित भिस्वा मङ्गल माविमा दुईपटक चोरी हुँदा ३० वटा कम्प्युटर हराएको प्रधानाध्यापक दिनेश पटेलले जानकारी दिएका छन्। स्थानीयले मदिरापसल सञ्चालनले चोरीका घटना बढाएको आरोप लगाएका छन्। बिहारमा मदिरा निषेध भएकाले भारतीय नागरिकहरू सीमावर्ती भिस्वा बजारमा मदिरा सेवनका लागि आउने गरेका छन्। तीमध्ये केहीले चोरीका घटनामा संलग्नता देखाएको भनाइ स्थानीयको छ। भिस्वा क्षेत्रमा

Breaking News  संग सबंधीत छ |

मुग्लिन–पोखरा सडक आजदेखि २० दिनसम्म दैनिक ४ घण्टा बन्द

 Krishna Shrivastav

वीरगञ्ज । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड निर्माणका लागि आज (सोमबार)देखि २० दिनसम्म दैनिक साढे चार घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत छिर्कने–देउराली खण्डमा कामलाई तीव्रता दिन मंसिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द हुने मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार सडक निर्माण कार्यलाई प्रभावकारी बनाउन दुई चरणमा सडक बन्द गरिनेछ। पहिलो चरणमा आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द हुनेछ। त्यसपछि राति १ः३० बजेदेखि बिहान ४ बजेसम्म दोस्रो चरणको

Breaking News  संग सबंधीत छ |

मधेश प्रदेशमा उपनिर्वाचनका लागि १११ उम्मेदवार दर्ता

 Krishna Shrivastav

वीरगञ्ज । मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि मधेश प्रदेशका सप्तरी, धनुषा, महोत्तरी र रौतहट जिल्लाका सात स्थानमा १११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुई वडामा २५ उम्मेदवार छन्। वडा नम्बर १ मा ९ र वडा नम्बर ४ मा ८ जनाले उम्मेदवारी दिएका छन्। धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर १ मा २१ जना प्रतिस्पर्धामा छन्। त्यसमध्ये १२ वटा राजनीतिक दलका प्रतिनिधिहरू र ९ जना स्वतन्त्र उम्मेदवार छन्। महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का लागि २० उम्मेदवार छन्, जसमध्ये ८ दलका उम्मेदवार र १२ जना

Breaking News  संग सबंधीत छ |

जनकपुरधाममा निजी विद्यालयहरु अनिश्चितकालका लागि बन्द

 Krishna Shrivastav

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा सञ्चालन भइरहेका सम्पूर्ण निजी विद्यालयहरु सोमबारदेखि अनिश्चितकालका लागि बन्द हुने भएका छन्। हिसान, प्याबसन र एनप्याबसनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यो निर्णय गरेका हुन्। विद्यालय संगठनहरुले कक्षा ११ र १२ का छात्रवृत्तिका सम्बन्धमा उपमहानगरपालिका र नेपाल विद्यार्थी संघबीच भएको सम्झौतामा सुधारको माग गर्दै पटक–पटक पत्राचार गरे पनि बेवास्ता गरिएको भन्दै विद्यालय बन्दको घोषणा गरेका हुन्। छात्रवृत्ति व्यवस्थापनको विवाद विद्यालय संगठनका अनुसार छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ अन्तर्गत भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन नपाइने व्यवस्था छ। तर, उपमहानगरपालिकाले यसप्रति बेवास्ता गर्दै

Breaking News  संग सबंधीत छ |

राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने

 Krishna Shrivastav

वीरगंज | नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ । केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभ/हानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो । गत कात्तिक २९ गते बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी बचत रकम रु ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । विसं

Breaking News  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न