पाइपलाइन परियोजनासँगै एक सय चारवटा ट्र्याङ्कर विस्थापित हुने

 Krishna Shrivastav

वीरगञ्ज । मोतिहारी अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमलेखगञ्जमा पेट्राल तथा मट्टितेल ढुवानी गर्दै आइरहेका एक सय चारवटा ट्र्याङ्कर विस्थापित हुने भएका छन् । आयल निगमले पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै ल्याउने भएसँगै एक सय चार टैक–ट्र्याङ्करको व्यवस्थापनको विषय पेचिलो बन्दै गइरहेको छ । सम्भवत पाइपलाइनबाट नियमित रुपमा पेट्रोल र मट्टितेल ल्याउने कामको सुरुवात पनि यही पुस महिनाभित्रै हुने जनाइएको छ । बरौनीदेखि अमलेखगञ्जसम्म पेट्रोल तथा मट्टितेल ढुवानी गर्दै आइरहेका तीन सङ्गठनले तत्कालै आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग राख्दै आइरहेका छन् । बरौनीबाट अमलेखगञ्ज पेट्रोलियम पदार्थ ढुवानी

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

सरकारको मापदण्डअनुसार स्वास्थ्यकर्मीको सेवा सुविधा वृद्धि गर्न वीरगञ्ज महानगरको निर्देशन

 Krishna Shrivastav

वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाले स्वास्थ्यकर्मीहरूको सेवा र सुविधामा सुधार ल्याउनका लागि ठोस कदम चालेको छ। विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले पारिश्रमिक र सेवा सुविधामा असन्तुष्टि जनाएपछि महानगरले सुधारात्मक निर्देशन जारी गरेको हो। निर्देशनअनुसार, कार्यरत स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारले तोकेको मापदण्डभन्दा कम हुनु नपर्ने बताइएको छ। यसका साथै, स्वास्थ्यकर्मीहरूको नियुक्ति विधिवत सम्झौतामा आधारित हुनुपर्ने, ज्यालादारी प्रणालीमा काम गराउन नपाइने, अनुभव पत्र उपलब्ध गराउनुपर्ने, र पारिश्रमिक बैंकिङ प्रणालीमार्फत मात्र दिनुपर्ने व्यवस्था लागू गर्न निर्देशन दिइएको छ। यो निर्देशन पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई केही दिनअघि स्वास्थ्यकर्मीहरूले ज्ञापन

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

गलत यौन गतिविधिमा संलग्न रहेको आरोपमा रौतहटका चौधरीसहित तिन जना पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज | पर्सा जिल्लामा अवैध यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका-५, बडहर्वा निवासी वीरेन्द्र चौधरी र दुई महिला रहेको प्रहरीले जनाएको छ। प्रहरीको टोलीले ती तीन जनालाई वीरगञ्जको बस पार्कस्थित एक होटेलबाट गलत यौन गतिविधि गरिरहेको आरोपमा नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ र ती व्यक्तिहरूलाई हाल जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गतको वडा प्रहरी कार्यालय बिर्ताको हिरासतमा राखिएको छ। आइतबार पर्सा प्रहरीले अनुसन्धान गर्न म्याद थप गरेको छ। स्रोतका अनुसार, वीरेन्द्र चौधरीले पैसा र आफ्नो

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

पर्सा जिल्लामा १६० केजी गाँजा सहित ट्रक बरामद, चालक नियन्त्रणमा

 Krishna Shrivastav

वीरगञ्ज | पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-१८ स्थित भवानिपुर विस्ताराम चोकमा प्रहरीको टोलीले १६० केजी गाँजा सहितको ट्रक बरामद गरेको छ। विशेष सुराकीका आधारमा गरिएको उक्त कारवाहीमा ट्रकमा ठूलो मात्रामा लागुऔषध गाँजा फेला परेको हो। राति करिब ९:३० बजे प्रहरीको टोलीले भवानिपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ना.३ ख ४२१२ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा ट्रकको हुडमा लुकाइ छिपाइ राखिएको गाँजा फेला परेको हो। गाँजा १६ वटा पोका मध्ये राखिएको थियो, जसमा प्रत्येक पोका १० केजीको थियो। सबै पोका रातो प्लास्टिकमा बेरेका थिए। प्रहरीले ट्रक, गाँजा र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको निधन

 Krishna Shrivastav

वीरगञ्ज । अमेरिकाका ३९औँ राष्ट्रपति तथा मानवतावादी व्यक्तित्व जिमी कार्टरको सय वर्षको उमेरमा निधन भएको छ । विश्वभर आफ्नो योगदानका लागि परिचित कार्टरको निधन गए राति जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा भएको हो । कार्टरलाई करिब २२ महिनाअघि होस्पिस केयरमा राखिएको थियो । कार्टरले १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति पद सम्हालेका थिए । आफ्नो कार्यकालपछि उनले मानव अधिकार, रोग उन्मूलन, शान्ति स्थापना, र निष्पक्ष निर्वाचनको प्रवर्द्धनमा विश्वव्यापी योगदान गरेका थिए । कार्टर सेन्टरमार्फत उनले नेपालमा समेत सहयोग गरेका थिए । उनले २०६४ सालमा नेपालको संविधान सभाको निर्वाचन अनुगमन गरेका थिए

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

घट्यो सुनचाँदीको मूल्य

 Krishna Shrivastav

वीरगञ्ज । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । शुक्रवार एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


वीरगञ्जमा टाँगाको बढ्दो समस्या: ट्राफिक व्यवस्थापनमा चुनौती

 Krishna Shrivastav

वीरगञ्ज। वीरगञ्जको मुख्य बजार क्षेत्रमा जथाभाबी ढंगले चलिरहेका टाँगाले ट्राफिक व्यवस्थापनमा थप चुनौती प्रस्तुत गरेका छन्। टाँगाका कारण सडकमा सवारी दुर्घटनामा पर्ने समस्या मात्र होइन, घोडाको मलमूत्रका कारण दुर्गन्धसमेत फैलिरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर लोकराज भट्टका अनुसार, टाँगाले मुख्य सडकमा चल्दा अत्यधिक सवारी चाप हुने स्थानहरूमा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ। “घण्टाघर र अन्य चोकमा टाँगाले समस्या पुर्याइरहेका छन्। हामीले टाँगालाई बसपार्कदेखि रजतजयन्ती चोक र मितेरीपुलसम्म मात्र चलाउन आग्रह गर्दै आएका छौँ,” उनले भने। वीरगञ्जको मुख्य सडकमा टाँगाका कारण सवारी व्यवस्थापनको समस्या थपिँदै गएको छ। सीमा

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

जगरनाथपुरमा निशुल्क आँखा तथा कान शिविर सम्पन्न

 Krishna Shrivastav

वीरगञ्ज । जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ स्थित सुहपुर गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको प्रांगणमा निशुल्क आँखा तथा कान शिविर सम्पन्न भएको छ। केडिया आँखा अस्पतालको आयोजना र दाइजो तथा सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको सहकार्यमा आयोजित उक्त कार्यक्रम जनमत पार्टीका नेता बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि केडिया आँखा अस्पतालका कार्यक्रम संयोजक डा. रासदेव साह रहेका थिए। स्वागत मन्तव्य युवा नेता अमर सिंह राठौरले दिएका थिए भने विशिष्ट अतिथिमा विद्यालयका प्रधानाध्यापक मणिभूषण दुबे, युवा नेता केदार पटेल, वडा नम्बर ४ का सचिव सुभाष मियाँलगायतका स्थानीय

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

गढीमाई मेलामा करोडौं अनियमितता गरिएको आरोप

 Krishna Shrivastav

वीरगंज | बाराको गढीमाईमा यसपालि लागेकाे पञ्चवर्षीय मेलामा करोडौं अनियमितता भएको भन्दै प्रश्न उठेको छ। प्रसिद्ध गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा एक पटक पशु चौपाया बलि दिने मेला लाग्छ। यस पटक मंसिरमा गढीमाईमा मेला लागेको थियो। यस पटकको मेलाका अवसरमा सञ्चालन हुने मनोरञ्जनका साधनको टिकट शुल्क, व्यावसायिक प्रयोजनका लागि लगाइने जमिन भाडा, स्टल भाडालगायतको आम्दानीमा अनियमितता भएको मेला समितिकै पदाधिकारीले आरोप लगाएका छन्। मेला मूल समितिले २०७६ मा लागेको मेलाको भन्दा यसपालिकाे मेलामा भएकाे कारोबारभन्दा निकै कमको आयव्यय विवरण सार्वजनिक गरेपछि समितिभित्रका पदाधिकारीले अनियमितता भएको भन्दै प्रश्न उठाएका हुन्। महागढीमाई

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

टर्किएको पहिलो घरेलु सञ्चार उपग्रह सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो

 Krishna Shrivastav

वीरगंज । टर्किएको पहिलो घरेलु सञ्चार उपग्रह सफलतापूर्वक आफ्नो कक्षमा पुगेको छ । यो देशको अन्तरिक्ष कार्यक्रममा महत्वपूर्ण कोसेढुङ्गा भएको यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले बताउनुभएको समाचारसंस्था एएफपीले जनाएको छ । ‘टर्कस्याट सिक्स ए’ ४२ डिग्री पूर्वी कक्षामा पुगेको मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गर्नुभएको छ । उपग्रह ३५ हजार सात सय ८६ किलोमिटरमा आफ्नो अन्तिम ‘जियोसिंक्रोनस अर्बिट’ मा पुग्यो । कक्षामा थप परीक्षण गरिसकेपछि टर्कएस्याट सिक्स ए सन् २०२५ को पहिलो त्रैमासिक सम्म सञ्चालन हुने अपेक्षा छ । ‘टर्कस्याट ६ए’ जुलाई ९ मा फ्लोरिडामा स्पेस एक्स केप

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

फोनिज पर्साको चौथो जिल्ला अधिवेशन सम्पन्न: नयाँ नेतृत्व चयन

 Krishna Shrivastav

वीरगञ्ज। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको चौथो जिल्ला अधिवेशन आज वीरगञ्जस्थित होटल गेटवेमा सम्पन्न भएको छ। यस अधिवेशनबाट सर्वसम्मत रूपमा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ। नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष मुनेश लायो मगर, उपाध्यक्ष ओमप्रकाश चौधरी, सचिव एन्जल चौधरी, सहसचिव रामकिशोर चौधरी, कोषाध्यक्ष सञ्जय दास थारु र सदस्यहरू मेघराज राय र अर्जुन चौधरी चयन भएका छन्। फोनिज मधेस प्रदेशका इञ्चार्ज निरज पिठाकोटे मगरले नयाँ नेतृत्वको चयन जानकारी दिँदै संगठनको आगामी कार्ययोजना र उद्देश्यलाई सुदृढ गर्दै फोनिजको सशक्तिकरणमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरे। अधिवेशनको दौरान पर्सा र बारा

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

सशस्त्र प्रहरी र एसएसबीबीच डीआईजीस्तरीय बैठक सम्पन्न

 Krishna Shrivastav

वीरगञ्ज। सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीचको नियमित समन्वयात्मक बैठक शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सम्पन्न भएको छ। बैठकमा सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालीदास धौवजीको नेतृत्वमा सहभागिता जनाइएको थियो भने भारतीय एसएसबीका तर्फबाट सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डीआईजी दीपक कुमार (आईपीएस), पुरेनिया सेक्टर कमाण्डर डीआईजी राजेश टिकु, र बेतिया सेक्टर कमाण्डर डीआईजी एस. सुर्बमेनियमको उपस्थिति रहेको थियो। यस बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण र सीमामा हुने अन्य आपराधिक गतिविधि रोकथामका

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

दक्षिण कोरिया विमान दुर्घटना अपडेट: १७९ मृत, २ जीवित उद्धार

 Krishna Shrivastav

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको भयानक विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ। योनहाप समाचार संस्थाका अनुसार, दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक अन्य सबै यात्रु र चालक दलका सदस्यहरूको ज्यान गएको हो। जेजु एयरको बोइङ ७३७–८०० विमान थाइल्याण्डको बैंककबाट फर्केर मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। विमानमा १ सय ७५ यात्रु र ६ चालक दलका सदस्य सवार थिए। १ सय ७३ कोरियाली र २ जना थाई नागरिक विमानमा थिए। विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो। दुर्घटनापछि विमानमा आगो लागेको थियो र धुवाँको ठूलो मुस्लो फैलिएको

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

नेपालमा पुनः ऊर्जा संकट : समाधानको खोजी जारी

 Krishna Shrivastav

वीरगंज | नेपालमा ऊर्जा संकट फेरि उठेको छ। केही वर्षअघि लोडशेडिङमुक्त घोषणा गरेको नेपाल विद्युत् प्राधिकरण अहिले समस्यामा परेको छ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजना असोज महिनामा आएको बाढीले प्रभावित भइ मर्मतसम्भार नगरेको कारण विद्युत् आपूर्ति प्रभावित भएको हो। अहिले देशका प्रमुख औद्योगिक क्षेत्रहरू जस्तै बारा–पर्सामा विद्युत् कटौती भइरहेको छ। उद्योगीहरूका अनुसार, नियमित र गुणस्तरीय विद्युत् आपूर्तिको अभावले उत्पादनमा ठूलो गिरावट ल्याएको छ। सिमेन्ट र निर्माण क्षेत्रका लागि पनि यो संकट गम्भीर बनिरहेको छ। यसले अर्थतन्त्रको वृद्धिमा नकारात्मक असर पार्नसक्ने संकेत गर्दछ। नेपालमा ८४ हजार मेगावाट विद्युत् उत्पादन क्षमता भए पनि

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

नेपाली सेनाले ब्रिटिस सेनालाई पराजित गरेको ऐतिहासिक पर्सागढीमा ‘पर्सागढी विजय महोत्सव’ मनाइँदै

 Krishna Shrivastav

वीरगञ्ज । भारतको इस्ट इन्डिया कम्पनीको ब्रिटिस सेनालाई पराजित गरेको ऐतिहासिक युद्ध स्थल पर्साको पर्सागढीमा पुस १९ गते ‘पर्सागढी २१० ओं विजय महोत्सव’ मनाइने भएको छ । नेपाली सेना र पर्सागढी नगरपालिकाको सहकार्यमा पर्सागढी मन्दिर व्यवस्थापन समितिले हरेक वर्ष झैँ यस वर्ष पनि पुस १९ गते ‘पर्सागढी विजय महोत्सव’ मनाउन लागेको हो । विक्रम संवत् १८७१ पुस १९ गते पर्सागढीमा स्थानीय रञ्जित चौधरीको कुशल युद्ध नीति तथा स्थानीयवासीको सक्रियतामा आधुनिक हतियारले सुसज्जित ब्रिटिस भारतका विशाल सेनालाई पराजित गरेर नेपाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको सम्झनामा यसपालि पनि महोत्सवको आयोजना गर्न

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता आयव्यय सार्वजनिक

 Krishna Shrivastav

वीरगंज | सिमरा भेट्रान क्लबले आयोजना गरेको चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको आयव्ययको विवरण सार्वजनिक गरेको छ। क्लबले शनिबार पत्रकार सम्मेलनमा तीन महिना पछी खर्च र आम्दानीको खुलासा गरेको हो। सचिव हरि चौधरीका अनुसार, प्रतियोगिता सञ्चालन गर्न कुल १५ लाख ६५ हजार रुपैयाँ खर्च भएको छ। प्रतियोगिता १ असोज देखि ५ असोजसम्म सम्पन्न भएको थियो। प्रतियोगिताको आयबाट १ हजार ७ सय ५० रुपैयाँ बचत भएको जानकारी पनि उनले दिए। चौधरीका अनुसार, जीतपुरसिमरा उपमहानगरपालिका, विभिन्न वडा कार्यालय र औद्योगिक प्रतिष्ठानबाट सहयोग रकम अझै प्राप्त नभएको छ। यस रकम प्राप्त भएपछि

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

आजको राशिफल:

 Krishna Shrivastav

मेष : योजना सफल बन्नेछन् । वैदेशिक क्षेत्रको योजनाबाट नाम र दाम मिल्ने योग छ । राज्यले गरेका विकृतिको चर्चा हुनेछ । संगठनको बलमा उत्तेजना बढ्ने भएकाले शान्त बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध शान्त बन्नेछ । वृष : सोचेको काम नबन्दा मन उदास हुनेछ । लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षाबाट लाभ हुनेछ । स्वास्थ्यको क्षेत्रमा झुकाब रहने दिन छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । मिथुन : सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । कला र गलाको माध्यमबाट तपाईंको चर्चा हुनेछ । खानपानमा ख्याल नगर्ने बानीले पुरानो

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, लुम्बिनी, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

मानवअधिकारसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सम्पन्न

 Krishna Shrivastav

बीरगंज । एमनेष्टी ईन्टरनेशनल ग्रुप १६ वीरगञ्जको आयोजनामा साउथ सिटी हिमाल नर्सिङ हस्पिटलमा मानवअधिकारसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भयो। कार्यक्रमको उद्घाटन वरिष्ठ समाजसेवी प्रकाश कुमार उपाध्यायले दिप प्रज्वलन गरी गर्नुभयो। कार्यक्रमको सुरूमा एमनेष्टीका पूर्व अध्यक्ष राजेश जैन बोथराले स्वागत मन्तव्य राख्दै एमनेष्टी ईन्टरनेशनलको इतिहास र यसका गतिविधिहरूको बारेमा जानकारी गराउनुभयो। कार्यक्रमका प्रमुख अतिथि प्रकाश कुमार उपाध्यायले संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८ मा पारित गरेको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र र मौलिक अधिकारका महत्त्वबारे प्रकाश पार्दै एमनेष्टी ईन्टरनेशनलले मानवअधिकार संरक्षणका लागि खेलेको भूमिकाबारे आफ्ना विचार प्रस्तुत गर्नुभयो। सो कार्यक्रममा समाजसेवी प्रेम

Tech News, अन्तर्वार्ता, कर्णाली, गण्डकी, दैनिक राशिफल - Daily Horoscope, बागमती, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला