ध्वनि प्रदूषण गर्न ग्यारेजमा मोटरसाइकल मोडिफाई गरिदिने आलम पक्राउ

 Krishna Shrivastav

चितवन |चितवनमा ध्वनि प्रदूषण गर्न मोटरसाइकल मोडिफाई गरिदिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा ध्वनि प्रदूषण गराउने पार्टपुर्जा हाल्दै गर्दा भरतपुर–९ स्थित ग्यासोलिन इन्फिल्ड मोटरसाइकल ग्यारेजमा काम गर्ने २५ वर्षीय अफसर आलमलाई प्रहरीले पक्राउ गरेको हो । भारतबाे मोतिहारी घर भई हाल भरतपुरकाे उक्त ग्यारेजमा काम गर्ने ऋलमलाई मोटरसाइकलमा ध्वनि प्रदूषण गराउने पार्टपुर्जा हाल्दै गरेको अवस्थामा पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । पक्राउ परेका आलममाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । मोटरसाइकलबाट चर्काे आवाज निकाली ध्वनि प्रदूषण गरेको जनगुनासोको आधारमा आलमलाई पक्राउ गरिएको

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

 Krishna Shrivastav

मेष : दिन सहज रहेको छ। साथीको सहयोग मिल्नेछ। मनमा राम्रा भावना उर्लने छन्। राजनिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। सामाजिक र धार्मिक क्षेत्रमा तपाईंको नाम र दाम बढ्नेछ। वृष : बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। आफूभन्दा सानाको आदर गरेमा तपाईंको नाम दाम दुवै रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। मिथुन : दिन राम्रो छ। आम्दानीका क्षेत्र सबल भएकाले सदुपयोग गर्नु राम्रो होला। परिवारमा ठुलो विश्वास गर्नाले धोका हुनसक्छ। कर्तव्य मात्र पूरा गरेर अगाडि बढेमा फाइदा हुनेछ। बन्धु र परिवारको

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

कास्की अदालतको आदेशमा रवि लामिछाने धरौटीमा रिहा

 Krishna Shrivastav

वीरगंज । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने कास्की जिल्ला अदालतको आदेशमा बिहीबार धरौटीमा रिहा भएका छन्। रू ६५ लाख धरौटी बुझाएर लामिछाने कास्की प्रहरीको हिरासतबाट रिहा भएका हुन्। अदालतबाट रिहाइपछि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई छाडिएको हो। लामिछानेसँगै उक्त मुद्दाका छ जना प्रतिवादी पनि धरौटीमा रिहा भएका छन्। न्यायाधीश नीतिज राईको इजलासले छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईँलाई रू ३७ लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरूङ र मीना गुरूङलाई रू पाँच–पाँच लाख,

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने

 Krishna Shrivastav

वीरगंज । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि खाता खोल्न सकिने भएको हो । नेपाल राष्ट्र बैङ्कले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोलिदिन बैङ्क तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ । राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार बैङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको होइन,आधिकारिकता दिइएको हो । यसअघि नागरिकताका आधारमा बैङ्क

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

थ्रेसहोल्ड बढाउने तयारीप्रति मधेश केन्द्रित दलको आपत्ति, आन्दोलनको चेतावनी

 Krishna Shrivastav

वीरगञ्ज । सत्तागठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको नाममा समानुपातिक निर्वाचन प्रणालीमा थ्रेसहोल्ड बढाउन गरेको तयारीप्रति मधेश केन्द्रित दलले आपत्ति जनाउँदै आन्दोलन थाल्ने चेतावनी दिएका छन् । मधेश केन्द्रित दलहरूले थ्रेसहोल्डको सीमा बढाउने मुद्दामा एकमत हुँदै संयुक्त रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । विद्यमान व्यवस्थाअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको सिट प्राप्त गर्न कुनै पनि दलले समानुपातिकमा खसेको कुल सदर मतको न्यूनतम ३ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । प्रदेश सभामा कुल सदर मतको १.५ प्रतिशत मत पु¥याउने दलको समानुपातिक उम्मेदवार मात्रै निर्वाचित हुने व्यवस्था रहेको छ

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

डढेलो सामू निरीह अमेरिका, किन भयानक भयो आगो ?

 Krishna Shrivastav

काठमाडौं । विश्वकै शक्तिशाली मानिने अमेरिका क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो सामू निरीह सावित भएको छ । प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको थियो । डढेलो भयावह बन्दा लसएन्जलस शहरको ठूलो क्षेत्र जलेर खरानी भएको बीबीसीले जनाएको छ । कयौं घर, पसल, स्कुल, प्रार्थनास्थल, होटलहरु जलेर नष्ट भएका छन् । हेलिकप्टर र दमकलबाट समेत आगो निभाउने प्रयास जारी रहे पनि प्रभावकारी देखिएको छैन । आगो नियन्त्रणका लागि गरिएका प्रयास लगभग पूरै विफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आगो फैलिएपछि निभाउने पानीको समेत अभाव हुन थालेको

Breaking News, Mobile Phones, Video, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, मधेश, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, समाचार  संग सबंधीत छ |

बारा प्रसौनीबाट १० किलो गाँजासहित भारत उत्तर प्रदेशका तीन जना नागरिक पक्राउ

 Krishna Shrivastav

बारा । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको नेतृत्वमा खटिएको टोलीले १० किलो गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रसौनी गाउँपालिका वडा नं. ५ स्थित प्रष्टोकाबाट बेलहिया जाँदै गरेको युपी ३२ बिएक्स ४७२६ नम्बरको भारतीय बोलेरो गाडीमा सेतो प्लास्टिकमा प्याक गरिएको गाँजा फेला परेको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको कुशीनगर, थाना पटेर्वा, ग्राम पंचायत जबरा बजार निवासी ३८ वर्षीय चालक धर्मेन्द्र गुप्ता, शिवान थाना नौतन, ग्राम पंचायत सेमरा निवासी ४८ वर्षीय चन्द्रभान कुशवाहा, र लखनऊ नगरपालिका, सरोजीनगर, ट्रान्सपोर्ट नगर निवासी ३२ वर्षीय चन्द्रभान श्रीवास्तव रहेका

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

चीनमा एमपक्सका पाँच सङ्क्रमित फेला

 Krishna Shrivastav

चीन । चीनमा एमपक्स स्ट्रेन क्लेड १ बी का पाँच जना सङ्क्रमित फेला परेका छन्। चिनिया स्वास्थ्य अधिकारीहरूले बिहीबार यो प्रकोप समूहगत भएको र डीआरसी (कङ्गो) मा बसोबास गरेको व्यक्तिबाट सङ्क्रमण फैलिएको विश्वास गरिएको जानकारी दिएका छन्। एमपक्सबाट सङ्क्रमित बिरामीसँगको नजिकको सम्पर्कका कारण चार व्यक्तिमा पनि संक्रमण देखिएको छ। ती व्यक्तिहरूमा अपेक्षाकृत हल्का लक्षणजस्तै डाबर र फोकाहरू मात्र देखिएको बताइएको छ। चिनिया रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार सङ्क्रमित र जोखिममा रहेका व्यक्तिहरूलाई चिकित्सा उपचार र निगरानीमा राखिएको छ। स्वास्थ्य अधिकारीहरूले प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको र हालसम्म अन्य सम्पर्कहरूमा

Tech News, अन्तर्वार्ता, कर्णाली, गण्डकी, देश, दैनिक राशिफल - Daily Horoscope, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

काठमाडौंमा मनाइयो ‘चाइना फिल्म डे’, चिनियाँ कलाकार, निर्देशक र निर्माता सहभागि

 Krishna Shrivastav

काठमाडौं । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा विहिबार एक दिवसीय ‘चीन चलचित्र दिवसको आयोजना गरिएको छ । पूर्वअर्थमन्त्री वर्षमान पुन प्रमुख अतिथि रहेको समारोहमा अभिनेता तथा निर्देशक नीर शाह, सुनिल थापा, केदार घिमिरेसहित नेपाली फिल्म र साहित्य क्षेत्रका व्यक्ति सहभागि थिए । कार्यक्रममा सहभागि हुन आएको चाइना फिल्म एडमिस्ट्रिेसनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङसहित १४ सदस्यीय फिल्मकर्मीको टोली पनि सहभागि थियो । कार्यक्रममा बोल्दै नेता पुनले नेपालमा पहिलो पटक आयोजित चीन चलचित्र दिवसमा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताए । उनले भने, ‘यो सांंस्कृतिक सम्बन्धको उत्सव हो ।

Tech News, अन्तर्वार्ता, कर्णाली, कला मनोरंजन, गण्डकी, दैनिक राशिफल - Daily Horoscope, बागमती, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

रौतहटमा कीटनाशक औषधि र गहुँ बोकेको गाडी बरामद

 Krishna Shrivastav

रौतहट । रौतहट प्रहरीले कीटनाशक औषधि र गहुँ बोकेको दुई गाडी नियन्त्रणमा लिएको छ। बिलबिजक र सामान फरक देखिएपछि प्रहरीको गस्ती टोलीले शंका जनाउँदै ती गाडीहरू रोक्का गरेको हो। जिल्ला प्रहरी कार्यालय गौरका अनुसार, सिया पैलेस होटल अगाडि ना २ त १६५० नम्बरको गहुँ बोकेको ट्याक्टर र ना २ त ७७६१ नम्बरको कीटनाशक औषधि बोकेको पिकअप गाडीलाई जाँच गर्दा बिलबिजक र सामानमा विसंगति भेटिएको थियो। प्रहरी सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादका अनुसार, दुवै गाडीलाई आवश्यक अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय, बारा पथलैया पठाइएको छ। गहुँ बोकेको ट्याक्टरका चालक गौर नगरपालिका–५ निवासी

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

सिरहामा चिसोले एकको मृत्यु

 Krishna Shrivastav

वीरगंज । चिसोको तीव्रताले सिरहामा एक व्यक्तिको मृत्यु भएको छ। गोलबजार नगरपालिका–८ निवासी ३५ वर्षीय मोहमद अक्तर अलीको कठ्याङ्ग्रिने जाडोका कारण ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार अक्तर मधुमेह रोगी थिए। परिवारका अनुसार गरिबीका कारण न्यानो कपडा र सुरक्षित वासस्थानको अभावले उनलाई चिसो सहन कठिन भएको थियो। उनका छोरा सलमानले भने, “न्यानो कपडाको अभाव र कठ्याङ्ग्रिने जाडोले बुबाको ज्यान गयो।” चिसोको प्रभावले सिरहाका विभिन्न स्थानीय तहहरूले एक सातासम्म विद्यालय बन्द गरेका छन्। कठ्याङ्ग्रिने चिसोका कारण तराईका बासिन्दा न्यानो कपडा र सुरक्षित आश्रयको अभावमा संघर्ष गरिरहेका छन्। थप मानवीय

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन

 Krishna Shrivastav

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन भएको छ । दर्ता भएर सर्वसम्मतरुपमा पहिलो कार्यसमिति पनि गठन भएको छ । अध्यक्षमा रामप्रसाद खनाल चुनिएका छन् । उपाध्यक्षमा अखण्ड भण्डारी, जीवराम भण्डारी, केदार कोइराला, टङ्क पन्त र सतिश चापागाईँ चयन भएका छन् । महासचिवमा टङ्क दाहाल, सचिवमा अनिल अधिकारी, कोषाध्यक्षमा अर्जुन दाहाल चयन छन् । बोर्ड अफ डाइरेक्टरमा विश्वराज थापा, नवराज कुँवर, दिनेश कार्की, कृष्णराज खनाल, सुमन दाहाल र सुरेन्द्र सापकोटा चयन भएका छन् । वरिष्ठ पत्रकार योगेश उपाध्याय, पुरुषोत्तम दाहाल, बालकृष्ण चापागाईँ, पुरु घिमिरे, विजय घिमिरे महासंघको सल्लाहकारको रुपमा छन्

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

टीकापुर जग्गा प्रकरणमा ८७ जना दोषी, अरुलाई सफाइ

 Krishna Shrivastav

काठमाडौं । विशेष अदालतले टीकापुर जग्गा अनियमितता प्रकरणमा ११ सार्वजनिक पदाधिकारी सहित ८७ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतले नगर विकास समितिका ११ जना पदाधिकारी अनि जग्गा पाउने ७६ जनालाई दोषी ठहर गरेको हो । दोषी ठहर भएका आरोपितहरुको संख्या ८७ पुगेको छ । टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललगायत सदस्यहरू श्याम खत्री, बमबहादुर बम, देवेन्द्रबहादुर कुँवर, पदमराज न्यौपाने, खडगबहादुर शाह, अम्बादत्ता जोशी, योजना प्रमुख बलबहादुर कडायत, नापी अधिकृत मानबहादुर चन्द, मालपोत अधिकृत जयबहादुर विष्ट लगायतलाई दोषी ठहर गरेको हो । विशेष अदालतका

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

व्यक्तिगत बचत खाताको व्यावसायिक कारोबार अब शंकास्पद कारोबार हुने

 Krishna Shrivastav

काठमाडौं । व्यक्तिगत बचत खातामा हुने व्यावसायिक कारोबार शंकास्पद वित्तीय कारोबार हुने भएको छ । व्यक्तिगत बचत खातालाई व्यावसायिक कारोबारका रूपमा प्रयोग गरे त्यसलाई शंकास्पद कारोबारका रूपमा बैंकहरूले वित्तीय जानकारी इकाइमा जानकारी गराउनुपर्ने भएको छ । यस्तै कुनै कम्पनीको व्यावसायिक कारोबारको रकम कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने भए त्यस्तो कारोबारलाई शंकास्पद कारोबारका रूपमा बैंकहरूले वित्तीय जानकारी इकाइमा जानकारी दिनुपर्ने छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन मार्फत उक्त व्यवस्था गरेको हो । कुनै पनि कानुन बमोजिम स्थापना भएको कम्पनी (कानुनी

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

अटोरिक्सामा बेहोस भएका पुरूषको मृत्युु, चालकसहित दुई जना पक्राउ

 Krishna Shrivastav

धनगढी । कैलालीको धनगढीमा अटो रिक्सामा चढेको बेला बेहोस भएका एक जनाको मृत्युु भएको छ । बिहीबार शहीदगेटदेखि चौराहातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८८७ नम्बरको अटोमा सवार धनगढी उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने ४६ वर्षीय भुवन खत्री एक्कासी बेहोस भएका थिए । उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उनको उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनकाअनुसार अटो चालक धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी–३ बस्ने ४२ वर्षीया मन्जुरी खानलाई

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

रवि संलग्न हुनसक्ने आधारबारे व्याख्या, धरौटी माग्नुको कारणबारे मौन

 Krishna Shrivastav

पोखरा । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेको ८४ दिनपछि रवि लामिछाने हिरासतमुक्त भएका छन् । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । लगत्तै धरौटी बराबरको बैंक जमानत बुझाएर उनी छुटेका हुन् । कास्कीबाट छुट्ने अवस्थामा लामिछानेलाई पठाइदिन भन्दै रुपन्देही, काठमाडौं, पर्सा र चितवन प्रहरीले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई पत्राचार गरेको थियो । तर, प्रहरीले उनलाई शुक्रबार आफैं जिल्ला अदालत, काठमाडौंमा हाजिर हुने सर्तमा छाडिदियो । ‘सरकारले प्रतिशोध राख्यो भन्ने टीकाटिप्पणी धेरैतर्फ

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

 Krishna Shrivastav

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र उनका नातेदार २० वर्षका निश्चल भट्टको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एनबीसी वाशिङ्गटन डटकमले जनाएको छ । खड्का सोही होटलमा हाउस किपिङमा काम गर्दथे । उनले आफ्नो भान्जा नाता पर्ने अर्का व्यक्तिलाई त्यही होटलमा काम लगाइदिने भनेर उनले होटलमा ल्याएका थिए

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

संविधान संशोधनको एजेन्डाबारे छलफलमा जुटे विपक्षी

 Krishna Shrivastav

काठमाडौं । विपक्षी दलहरू संविधान संशोधनको एजेन्डाबारे छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच बिहीबार मात्रै सिंहदरबारमा संवाद भएको छ । बिहीबार सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरूबीच भेट भएको थियो । भेट नियमित रहेको र बिहीबारको भेटमा समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका सम्बन्धमा छलफल भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । ‘सरकारले संविधान संशोधन गर्ने भनिरहेका छन् । यो विषयमा विपक्षी दलहरूका बीचमा छलफल हुन थालेको छ ।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला