Krishna Shrivastav
बिरगंजबाट प्रभु साहको गर्जन्, ‘बिरगंजलाई आर्थिक राजधानी घोषणा नगरिए आजपा चुप लागेर बस्दैन्
Krishna Shrivastav

बिरगंज । आम जनता पार्टी (आजपा)ले मुलुकमा बढदै गईरहेको भ्रष्टाचारका बिरुद्धमा बिरगंजमा बिरोधसभा गरेको छ । बिरगंजमा शनिबार शक्ति प्रदर्शन गर्दै आजपाले बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्न र भ्रष्टाचार बिरुद्ध बृहतसभा गरेको हो । सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग गरे । बिरगंजको ईतिहास, गौरब र सम्मान शासकबर्गले मेटन खोजेको आरोप लगाउँदै उनले यथाशिघ्र बिरगंजलाई आर्थिक राजधानी घोषणा गर्न माग गरेका छन् । ‘शासकबर्गले बिरगंजको ईतिहास, गौरब, सम्मान मेटन खोजिरहेका छन् । बिरगंज उनीहरुका लागि दुहुना गाईजस्तै भएको छ,