Krishna Shrivastav
मनहरीमा गाडी ठोक्किँदा दुईको मृत्यु, १४ घाइते
Krishna Shrivastav

वीरगंज | मकवानपुरको मनहरी गाउँपालिका–६ मा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र बा १६ च ८३२४ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा कार चालक हेटौँडा–४ का ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चितवन, राप्ती नगरपालिका–२ की ५० वर्षीया सुनिता श्रेष्ठको उपचारका क्रममा ज्यान गएपछि मृतकको सङ्ख्या दुई पुगेको छ। स्कार्पियो चालक रौतहटका किशन जयसवाल फरार रहेको र उनको खोजी भइरहेको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए। घाइतेहरूमध्ये