Krishna Shrivastav
अबदेखि भने स्थायी र अस्थायी गरि दुई थरीका शिक्षक मात्रै
Krishna Shrivastav

काठमाडौँ | आम चासोका रूपमा हेरिएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ वर्षौ बितिसक्दा पनि जारी हुन सकेको छैन। वर्षौदेखि सिंहदरबारभित्रै घुमीफिरी अड्किएको शिक्षा विधेयक ०८० साल असोज २५ गते संसदबाट पारित भइ दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइयो। तर दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा समितिमा पठाइएको एक वर्ष बितिसक्दा पनि समितिले टुंगोमा पुर्याउन सकेको छैन। यो विधेयक टुंगोमा पुग्न नसक्नुको कारणमध्ये एउटा शिक्षकहरू बनेका छन्। पछिल्लो समयदेखि समितिले धेरै थरी शिक्षकहरूकै कारण विधेयक टुंगोमा पुर्याउन गाह्रो भएको बताउन थालिएको छ।