Krishna Shrivastav
मधेश सरकारद्वारा स्थानीय तहलाई दुई अर्ब बजेट
Krishna Shrivastav

वीरगंज | मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि प्रस्ततु बजेटमा स्थानीय तहका लागि रु. दुई अर्ब विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आव ०८२/८३ का लागि ल्याएको बजेटमार्फत प्रदेशभित्रका स्थानीय तहलाई लक्षित गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सहिद परिवार, पूर्वाधार निर्माणलगायत शीर्षकमा करिब रु. दुई अर्बको बजेट विनियोजन गरेको हो । प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने गरी रु. ३८ करोड १० लाख विशेष अनुदान शीर्षकमा छुट्याइएको जानकारी दिए । उनका अनुसार उक्त अनुदान स्थानीय तहले शिक्षाको गुणस्तर सुधार, आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण, खानेपानीको पहुँच