Krishna Shrivastav
वीरगञ्जको आर्दशनगरमा भन्सार छलिका सामान बरामद
Krishna Shrivastav

वीरगञ्ज । आर्दशनगरस्थित जय बजरगंबली ट्रान्सपोर्टमा सशस्त्र प्रहरीले छापा मारेर ठूलो परिमाणमा भन्सार छलिका सामान बरामद गरेको छ। छापामारीका क्रममा चिनी, चना, मटर, बदाम, मिश्री र कपडालगायतका सामग्री बरामद भएका छन्। यो ट्रान्सपोर्ट व्यवसाय अजय साहले सञ्चालन गर्दै आएका थिए। सशस्त्र प्रहरी र जनपद प्रहरीले संयुक्त रूपमा छापामारीको नेतृत्व गरेका थिए। सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाका अनुसार बरामद सामग्री आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। अहिले बरामद सामानहरूको परिमाण र आर्थिक मूल्यांकन भइरहेको जानकारी छ। उक्त घटनाले वीरगञ्जको व्यापारिक क्षेत्रमा भन्सार छलिका गतिविधि बढ्दै