अप्ठेरो सडकका कारण सर्लाहीको चुरे क्षेत्रमा बस दुर्घटना

 Krishna Shrivastav

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१५ को चुरे क्षेत्रमा बस दुर्घटनामा परेको छ। सर्लाही र सिन्धुलीको सीमा क्षेत्रमा पर्ने चुरेमा मंगलबार साँझ बस दुर्घटनामा परे पनि कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । ‘लालबन्दीबाट १२ जना यात्रु लिएर सिन्धुलीको मरिण कपिलाकोटतर्फ जाँदै गरेको बा २ ख ६४३३ नम्बरको बस बिपरित दिशाबाट आउँदै गरेको जन्ती बोकेको अर्को बसलाई साइट दिने क्रममा चिप्लिएर सडकबाट झण्डै १० मिटर तल खसेको हो,’ इन्सपेक्टर पाठकले नेपालखबरसँग भने, ‘दुर्घटनामा बस चालकलाई सामान्य चोट लागे पनि अरु यात्रु सुरक्षित

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

प्रहरीमा अब ३० वर्षे सेवा अवधि नरहने, के–के छन् विधेयकमा ?

 Krishna Shrivastav

वीरगञ्ज । सरकारले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारेको नयाँ विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । गृहमन्त्री रमेश लेखकले मङ्गलवार विधेयक प्रतिनिधिसभामा दर्ता गराएका हुन् । यसअघि प्रहरीमा ३० वर्षे सेवा अवधि थियो । विधेयकमा सेवा अवधि हटाइएको छ । प्रहरीमा पहिले ३२ र पछि ३० वर्षे सेवा अवधि लागू गरिएको थियो । अब उमेर हद र पदावधि अनुसार प्रहरीमा तल्लोदेखि माथिल्लो दर्जासम्म अवकाशको प्रावधान बनाइने भएको छ । प्रस्तावित विधेयक अनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदका लागि आवेदन दिन सकिने उमेरसमेत बढाइएको छ । अहिले इन्स्पेक्टर पदका

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

एक हजार चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

 Krishna Shrivastav

वीरगञ्ज । सुनको मूल्य बुधवार तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेर १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको हो । अघिल्लो छापावाल सुन तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो । यसै गरी चाँदीको मूल्य पनि बढेको छ । मङ्गलवार तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार बढेर तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


सहिद दिवसमा कांग्रेसद्वारा वीरगन्जमा १० जना सम्मानित

 Krishna Shrivastav

वीरगंज | सहिद दिवसकाे अवसरमा नेपाली कांग्रेसले वीरगन्जमा १० जना अग्रजहरुलाई सम्मानित गरेकाे छ।वीरगन्ज-१४ गण्डक चाेकमा अवस्थित सहिद तेजबहादुर अमात्यकाे शालिक परिसरमा बुधबार नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले आयाेजना गरेकाे कार्यक्रममा लोकतन्त्र, मानव अधिकार र समाज सेवामा महत्वपूर्ण योगदान पुर्‍याएका १० जना व्यक्तिहरूलाई सम्मानित गरेकोे हाे। कार्यक्रममा मधेस प्रदेशका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीले नगेन्द्र पटेल, याकुब अन्सारी, लालबहादुर राउत कुर्मी, शान्ति कार्की, लक्ष्मण प्रसाद कुर्मी, लाल महमद मियाँ, जमिला खातुन, पार्वती देवी, नेत्र बहादुर केसी र हिराकान्त चौधरीलाई दाेशल्ला ओढाएर सम्मानित गरे। कांग्रेसका क्षेत्रीय सभापति मोहम्‍मद सहाबुदिनको अध्यक्षता तथा मन्त्री

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

महाकुम्भ मेलामा भागदौड, १४ को मृत्यु, ५० भन्दा बढी घाइते

 Krishna Shrivastav

प्रयागराज, माघ १६ – भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा आज बिहान भागदौड मच्चिँदा कम्तीमा १४ भक्तजनको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। प्राप्त प्रारम्भिक विवरण अनुसार, बिहान स्नान गर्न भक्तजनको भीड अत्यधिक भएपछि स्थिति नियन्त्रणबाहिर गएको थियो। अचानक भागदौड सुरु हुँदा दर्जनौँ मानिस लडेर किचिएका थिए। उद्धार कार्य जारी छ भने घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा लगिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महाकुम्भ मेलामा लाखौँ श्रद्धालुहरू उपस्थित हुने भएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको भए पनि भीड नियन्त्रणमा चुनौती देखिएको छ। थप विवरण

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

कुलदेवी र कुलदेवताको महत्त्व: पूजा र संरक्षणको रहस्य

 Krishna Shrivastav

नेपाली समाजमा कुलदेवता मानिँदै आएको छ। यसको साथसाथै पितृदेव पनि हुन्छन्। नेपालीहरु वर्षौंदेखि कु्लदेवीको पूजा गर्दै आएका छन्। कुलदेवी र देवता पुज्नेको पछाडि एक गहिरो रहस्य छ। कुलदेवी र देवताको फरक के हो र किन पुज्न आवश्यक छ? त्यसको बारेमा जानकारी लिन आवश्यक छ। जन्म, विवाह आदि मांगलिक कार्यमा कुलदेवी वा देवता भएको स्थानमा गएर उनकै स्तुति गरी पूजा गरिन्छ। उक्त दिन कुलका सदस्यहरु देवी र देवीको स्थानमा भेला हुन्छन्। जसले अन्य दिन बिर्सेका भए पनि उक्त दिन सम्झने गर्छन्। जसले आफ्नो कुलदेवतालाई बिर्सन्छन् उनीहरु कुलबाट छुट्टिएर जान्छन्। कुल देवता

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को कार्यान्वयन र भविष्यतर्फको कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

 Krishna Shrivastav

वीरगञ्ज । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को कार्यान्वयन र क्षेत्रगत लक्ष्य प्राप्तिका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका जलस्रोत तथा सिचाई मन्त्री प्रदीप यादवले दातृ निकाय र विकास साझेदार संस्थाहरूसँग वाश क्षेत्रका लागि अधिकतम लगानी गर्न आग्रह गरेका छन्। मन्त्री यादवले कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै भने, “नेपालको संविधानले स्वच्छ खानेपानी र सरसफाइको पहुँचलाई नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। यसका आधारमा, २०७९ मा खानेपानी तथा सरसफाइ ऐन लागू भएको थियो र माघ १० गतेदेखि खानेपानी तथा सरसफाइ नियमावली पनि कार्यान्वयनमा आएको छ।” कार्यक्रममा उनले, खानेपानी तथा सरसफाइ

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

पर्साका ३७ विद्यालयका १२ सय ७४ जना विद्यार्थीले दिए प्याब्सन प्रि–एसइई परीक्षा

 Krishna Shrivastav

वीरगञ्ज । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन प्याब्सनद्वारा आयोजित प्याब्सन प्रि–एसइई परीक्षा २०८१ आज शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। माघ ६ गतेदेखि सुरु भएको यो परीक्षा निर्धारित तालिका अनुसार आज माघ १५ गते सम्पन्न भएको हो। प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीका अनुसार पर्सा जिल्लाका ३७ विद्यालयका १२ सय ७४ जना विद्यार्थी सहभागी रहेको यो परीक्षा पाँच परीक्षा केन्द्रमार्फत सञ्चलन गरिएको थियो । परीक्षा केन्द्रहरूमा साउथ जोन मावि, सिद्धार्थ नेशनल स्कूल, गोल्डेन फ्युचर मावि, मुनलाईट मावि र वीरगञ्ज पब्लिक इंग्लिस स्कूल समावेश थिए। प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले परीक्षा शान्तिपूर्ण

Breaking News, Mobile Phones, Video, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, मधेश, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आमाको नामबाट मात्रै नागरिकता लिन बाबु सम्पर्कमा नरहेको भनी स्वघोषणा गर्नुपर्ने

 Krishna Shrivastav

वीरगंज | सरकारले एकल आमाले हुर्काएका सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन सहज हुने गरी नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ। गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधि सभामा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दर्ता गराएका हुन्। उक्त विधेयकले आमाको नामबाट नागरिकता लिने प्रक्रियालाई केही हदसम्म सहज बनाउने प्रस्ताव गरेको छ। विधेयकअनुसार नागरिकता लिने व्यक्तिले बाबुको पहिचान नखुलेको भनी स्वघोषणा गर्नुपर्नेछ। यस विधेयकमा कुनै व्यक्तिको जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य प्रमाणमा बाबुको नाम भए पनि ती बाबु सम्पर्कमा नरहेको अवस्थामा सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन पाउने

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

नेशनल मेडिकल कलेजलेमा मनाइयो नेपाल नर्सिङ दिवस जोतीलाल पंडित

 Krishna Shrivastav

नेपालमा आज ६३ औँ नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी देशैभर मनाइँदै छ। नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । संघकै स्थापना दिनको अवसर पारेर यो दिवस मनाउन थालिएको हो । नेपाल नर्सिङ दिवस नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पनि मनाईएको छ । दिवसको अवसर पारेर मेडिकल कलेजले नर्सिङ दिवस बिशेष कार्यक्रम गरेको हो । कार्यक्रमको प्रमुख अतिथि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका एकेडेमीक डाइरेक्टर डा. नुसरत जहाँ अन्सारीले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीलाई आफन्त जस्तो सम्झेर

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

युनाइटेड नेपाल फाउन्डेसन द्वारा वीरगन्ज कपडा बैंकलाई कम्बल सहयोग

 Krishna Shrivastav

वीरगन्ज । सामाजिक सेवाको क्षेत्रमा सेवारत युनाइटेड नेपाल फाउन्डेसन वीरगन्जले मंगलबार वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग प्रदान गरेको छ । वीरगन्ज कपडा बैंकको कार्यालय वीरगन्ज -८ मा पुगेर फाउन्डेसनका अध्यक्ष आकाश दास,सचिव पीयूष अग्रवाल र कार्यक्रम संयोजक कुनाल श्रीवास्तवले ३ बोरा र २ झोला कपडा सहयोग बैंकका अध्यक्ष लालबाबु सिंहलाइ हस्तान्तरण गर्नुभयो । सो अवसरमा वीरगन्ज कपडा बैंकका कोषाध्यक्ष मनोज मिश्रा र कर्मचारी शोभा देवि लगायतको सहभागीता रहेको थियो । सो अवसरमा फाउन्डेसनका अध्यक्ष दासले वीरगन्ज कपडा बैंकले विगत लामो समय देखि बिपन्न दुखी असहायहरु को साथै आगलागी, बाढी पिडितहरुको

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

पूर्वपश्चिम राजमार्गको बागमती पुलको स्पर भाँसिएपछि दुर्घटना जोखिम बढ्यो

 Krishna Shrivastav

वीरगंज | पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाको सिमानामा पर्ने बागमती पुलको एउटा स्पर भाँसिएपछि दुर्घटनाको जोखिम बढेको छ। दैनिक हजारौं सवारीसाधन गुड्ने यस पुलको पुरानो स्पर भाँसिएपछि स्थानीयहरूले तुरुन्त मर्मत गर्न आग्रह गरेका छन्। सर्लाहीबाट आउँदा पाँच नम्बर र रौतहटतर्फ जाँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटर भाँसिएको छ। सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका अनुसार पुलको बेरिङ फुटेकाले जोडिएका दुई स्परहरू बीचको अन्तर बढेको छ, जसका कारण सवारी साधनका चालकहरूले उच्च सावधानी अपनाउनु पर्ने अवस्था आएको छ। पचास वर्षअघि तत्कालीन सोभियत संघ सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको यो पुल समयसँगै

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

विभिन्न दल परित्याग गर्दै २ सयभन्दा बढीले गरे जनमत पार्टीमा प्रवेश

 Krishna Shrivastav

वीरगंज । जनमत पार्टीको युवा जनमत संघ पर्साले सोमबार बीरगञ्जमा आयोजना गरेको विशेष कार्यक्रममा २ सयभन्दा बढी युवाहरूले विभिन्न दल परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका छन्। पर्सा जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा नवप्रवेशी युवाहरूलाई पार्टीका वरिष्ठ नेताहरूले माला, गम्छा र टीका लगाएर स्वागत गरे। कार्यक्रममा पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मिया, पार्टीका केन्द्रीय सदस्य सिपु तिवारी, नेताहरू अनुराग द्विवेदी, माधव सिंह र युवा नेता राजुराज गिरीको विशेष उपस्थिति थियो। नवप्रवेशी युवाहरूले जनमत पार्टीमा आबद्ध भई मधेसको विकास र युवाहरूको हकहितका

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

प्रेस सेन्टर नेपाल २१ औँ वर्षमा, यस्तो छ इतिहास

 Krishna Shrivastav

वीरगंज | क्रान्तिकारी पत्रकारहरूको संस्था प्रेस सेन्टर नेपाल आजबाट २० वर्ष पूरा जरी २१ औँ वर्षमा प्रवेश गरेको छ । माओवादी जनयुद्धको क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार सङ्गठन विभिन्न आरोह अवरोह तथा सङ्गठनहरूबिच एकता, विभाजनका प्रक्रियाहरूपछि अहिले प्रेस सेन्टर नेपालको रूपमा क्रियाशील छ । प्रेस सेन्टर नेपालले स्थापना दिवसको अवसरमा देशव्यापी कार्यक्रमहरूसहित मनाउन लागेको छ । सो अवसरमा सङ्घीय राजधानी काठमाडौँमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ भने विभिन्न जिल्लाहरूमा रक्तदान, अन्तरक्रिया, सहिद परिवार भेटघाट, सरसफाइ लगायतका गतिविधि र कार्यक्रमहरू आयोजना गरिएको केन्द्रीय महासचिव

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

मधेश केन्द्रित आठ दल मोर्चा बनाउन छलफलमा जुटे

 Krishna Shrivastav

वीरगंज | काठमाडौंको अनामनगरमा सोमबार मधेश केन्द्रित आठ राजनीतिक दलबीच मोर्चा गठनको विषयमा छलफल भइरहेको छ। बैठकमा जसपा अध्यक्ष अशोक राई, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी अध्यक्ष सीके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, राष्ट्रिय मुक्ति पार्टी नेपाल अध्यक्ष राजेन्द्र महतो, जनता प्रगतिशील पार्टी अध्यक्ष हृदयश त्रिपाठी र तमलोपा अध्यक्ष वृषेशचन्द्र लाल सहभागी छन्। पछिल्लो समय यी दलहरूले मोर्चा निर्माणका लागि आन्तरिक तयारी तीव्र बनाएका छन्। संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेदेखि सुरु हुँदैछ। संसद्मा मधेशी दलहरूको भूमिका र मोर्चाका भावी गतिविधि

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

विद्रोहीले आक्रमण गर्दा नाइजेरियामा २२ सैनिकको मृत्यु

 Krishna Shrivastav

वीरगंज । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोको दुर्गम शहरमा सशस्त्र विद्रोहीले गरेको आक्रमणमा कम्तीमा २२ नाइजेरियाली सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको सेनाले जनाएको छ। सेनाका प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा सोमबार सशस्त्र विद्रोहीहरूले आक्रमण गरेको पुष्टि गरे। उनले सशस्त्र विद्रोहीहरूले आक्रमणको योजना बनाएको बताए। सेनालाई रोक्नको लागि सशस्त्र विद्रोहीहरूले विस्फोटक उपकरणहरू तैनाथ गरेका थिए । सेनामाथि हालै बोर्नोमा धेरै सशस्त्र विद्रोहीहरूको प्रयासहरूलाई विफल पारेको थियो। सशस्त्र सशस्त्र विद्रोहीहरू नाइजेरियाको उत्तरी र मध्य क्षेत्रहरूमा प्राथमिक सुरक्षा खतरा भएको छ।


समाजवादी मोर्चाले आज बृहत् अन्तरक्रिया गर्दै

 Krishna Shrivastav

वीरगंज । समाजवादी मोर्चाले मंगलबार बृहत् अन्तरक्रिया गर्ने भएको छ। ‘वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ विषयक अन्तरक्रिया प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे शुरु हुने नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । २०८० असार ४ गते नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र विप्लवनेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा गठन भएको थियो । पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल असन्तुष्टि जनाउँदै मोर्चामा सक्रिय छैन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका वेला आफ्नो पार्टी फुटाइदिएको आरोप यादवले् लगाउँदा आएका

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

हुस्सु र कुहिरोले तराई मधेशको जनजीवन प्रभावित

 Krishna Shrivastav

वीरगञ्ज । तराई मधेशका विभिन्न जिल्लामा हुस्सु र शीतलहरले चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ । महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ । तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको छ । चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएको वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले बताए ।

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

समाचार
News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

News

नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

News

वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

News

सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

News

छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग