Krishna Shrivastav
डा.ओम फाउन्डेसनद्वारा विद्यार्थीलाई २० लाखको छात्रवृत्ति प्रदान गर्ने घोषणा
Krishna Shrivastav

वीरगञ्ज । सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा निम्न आय भएका विद्यार्थीहरूको शैक्षिक विकासका लागि डा. ओम फाउन्डेसन ले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिल ले देशव्यापी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। फाउन्डेसनले यस वर्षका लागि २० लाख रुपैयाँ छात्रवृत्तिका रूपमा प्रदान गर्नेछ। उक्त छात्रवृत्तिको रकम डा ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ को बिक्रीबाट प्राप्त आम्दानीबाट व्यवस्था गरिएको हो। छात्रवृत्तिका लागि माघ १६ देखि फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ। कक्षा ६ देखि कक्षा ९ सम्मका सरकारी विद्यालयमा