Krishna Shrivastav
अर्घाखाँचीका सीडीओविरुद्ध कर्मचारी नै किन उत्रिए प्रदर्शनमा ?
Krishna Shrivastav

काठमाडौं । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको अवरोध हटेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) वेदप्रसाद खरेलविरुद्ध कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि कामकारबाही अवरुद्ध भएको थियो । आज कर्मचारी र सीडीओबीच भएको आन्तरिक छलफलपछि कार्यालय सञ्चालनमा आएको हो । बुधबार सीडीओ खरेलविरुद्ध कार्यालय परिसरमै कर्मचारीले तीन घण्टा नाराजुलुससहित प्रर्दशन गरेका थिए । के भएको थियो ? सीडीओ खरेलले मातहतका कर्मचारीप्रति हेपाहा व्यवहार देखाएपछि आफूहरू प्रदर्शनमा उत्रिएको एक कर्मचारी बताउँछन् । ‘‘जुनियर कर्मचारीप्रति सीडीओ सा’बले गर्ने व्यवहार सन्तोषजनक छैन । सिनियरको सम्मान गर्ने र निर्देशन पालना गर्नु हाम्रो कर्तव्य नै हो । तर,