नवजन्म पुन:स्थापना केन्द्र हत्या प्रकरण : मुर्गा बन्न अस्वीकार गरेपछि सामूहिक कुटपिटबाट मण्डलको मृत्यु

 Krishna Shrivastav

वीरगंज | बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ स्थित नवजन्म पुन:स्थापना केन्द्रमा २ साताअघि भर्ना गरिएका प्रदीप प्रसाद मण्डलको सामूहिक कुटपिटका कारण मृत्यु भएको पुष्टि भएको छ। प्रहरी अनुसन्धानका अनुसार मण्डलले सुधार केन्द्रमा दिइएको सजाय अस्वीकार गरेपछि उनीमाथि कुटपिट भएको थियो। मण्डललाई अनुशासन उल्लङ्घनको आरोपमा सुधार केन्द्रका केही व्यक्तिहरूले बिहीबार राति ‘मुर्गा बन्न’ सजाय दिन खोजेका थिए। यद्यपि मण्डलले यो सजाय अस्वीकार गरेपछि उनीमाथि सामूहिक कुटपिट गरिएको थियो। कुटपिटका कारण मण्डल गम्भीर घाइते भएका थिए र उनको मृत्यु केही समयपछि भएको थियो। प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार, कुटपिटपछि मण्डललाई सुरुमा कलैया सिटी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

 Krishna Shrivastav

वीरगंज | नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ। निगमको सञ्चालक समितिको बैठकले गत राति लागू हुने गरी पेट्रोलको मूल्यमा एक रुपैयाँको वृद्धि गरेको हो। यसैगरी, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँको घटोत्तरी भएको छ। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य देशभरका विभिन्न स्थानहरूमा फरक पर्नेछ। निगमले पेट्रोलियम पदार्थको मूल्य निर्धारणको लागि तीन वर्गमा बाँडेको छ। पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रका लागि पेट्रोलको मूल्य १ सय ६५ रूपैयाँ ५० पैसा, डिजेल र मट्टीतेलको मूल्य १

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नारायणी अस्पतालमा चिकित्सक अभाव, काजमा गएकाहरू फिर्ता नहुँदा सेवा प्रभावित

 Krishna Shrivastav

वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू अन्य अस्पतालमा काजमा गई कार्यरत रहेकाले सेवा प्रवाहमा गम्भीर असर परेको छ। अस्पताल प्रशासनका अनुसार हालसम्म ३४ जना चिकित्सक तथा स्वास्थ्यकर्मी काजमा गएर अन्य अस्पतालमा कार्यरत छन्, तर स्वास्थ्य मन्त्रालयले उनीहरूलाई फिर्ता पठाउन आनाकानी गरिरहेको छ। नारायणी अस्पतालमा रेडियोलोजिस्ट, ग्यास्ट्रोलोजिस्ट, नेफ्रोलोजिस्ट, डेन्टल सर्जन, छालारोग विशेषज्ञ, ईएनटी सर्जन, ट्रपिकल फिजिसियन, एनेस्थेसियोलोजिस्ट लगायतका विशेषज्ञ चिकित्सकहरूको अभावले बिरामीहरू मर्कामा परेका छन्। अस्पतालमा बिरामीहरूको चाप बढ्दो भए पनि आवश्यक चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ। हाल रेडियोलोजिस्ट डा. पुष्पराज अधिकारी बिरामी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनयुद्ध दिवसको अवसरमा पर्साका विभिन्न स्थानमा दीप प्रज्वलन

 Krishna Shrivastav

वीरगञ्ज । ३०औँ जनयुद्ध दिवसको अवसरमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–२, औराहा पचगावामा तथा वीरगञ्जमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । सखुवा प्रसौनीमा आयोजित कार्यक्रम नेकपा (माओवादी केन्द्र) पर्साका नेता शिवकुमार साह तेलीको प्रमुख आतिथ्ययतामा तथा मधेस मुक्ति मोर्चा पर्साका संयोजक विद्या सागर यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । यस्तै वीरगञ्जमा योङ कम्युनिस्ट लिग (वाइसीएल) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सन्तोष पटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य शेख चाँद तारालगायत नेताहरूको उपस्थिति कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका वक्ताहरूले जनयुद्धले ल्याएका परिवर्तन, प्राप्त उपलब्धिहरू र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साका ७ पालिका लक्षित पोखरियामा मालपोत र नापी कार्यालय फागुन १२ गतेदेखि सञ्चालन हुँदै

 Krishna Shrivastav

वीरगञ्ज । पर्सा जिल्लाका ग्रामीण भेगका सेवाग्राहीलाई लक्षित गर्दै पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय फागुन १२ गतेदेखि सञ्चालन हुने भएको छ। सङ्घीय मन्त्रिपरिषद्को पुस ९ गतेको निर्णयअनुसार उक्त कार्यालय सञ्चालन गर्न लागिएको नापी कार्यालयका प्रमुख राकेशकुमार झाले जानकारी दिएका छन्। उनले भने, “अब पर्सा जिल्लाका सात पालिकाका सेवाग्राहीलाई कार्यालयको सेवा पहुँचमा ल्याइनेछ।” यस निर्णयले वीरगन्ज शहरमा जानुपर्ने बाध्यता हटाउने र ग्रामीण क्षेत्रका सेवाग्राहीलाई सुविधा पुर्याउने अपेक्षा गरिएको छ। पोखरिया नगरपालिकासहित बिन्दबासिनी, कालिकामाई, धोबिनी, छिपहरमाई, जगरनाथपुर, र पकहाँमैनपुर गाउँपालिकाका सेवाग्राहीहरू यस कार्यालयबाट लाभान्वित हुनेछन्। राकेशकुमारले थपे, “अब सेवाग्राहीहरूलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अनधिकृत रूपमा सञ्चालित मधेसका २१ निजी अस्पतालका सञ्चालकलाई कारबाही गर्न सरकारको निर्देशन

 Krishna Shrivastav

वीरगंज । मधेस प्रदेश अन्तर्गत २१ वटा निजी अस्पताल अनधिकृत रूपमा सञ्चालनमा रहेको पाइएको छ । केही दिनअघि मात्र मुख्यमन्त्री सतिशकुमार सिंह सहितको टोलीले अनुगमन गर्ने क्रममा जनकपुरधामका २१ वटा निजी अस्पताल अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका पाइएको थियो । अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अस्पताल बन्द गरी त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिएका थिए । यसरी सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन समेत दिए । तीमध्ये केही अस्पताल सञ्चालकले आफैँले बन्द गरेका छन् भने केही अस्पतालले निर्देशन अटेर गरी सञ्चालन गरिरहेका छन् ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पोखरिया नगरपालिकामा विरोध प्रदर्शन, माग पूरा नभएसम्म सङ्घर्ष जारी राख्ने नेता समानीको चेतावनी

 Krishna Shrivastav

वीरगञ्ज । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा बिहीबार स्थानीयवासी र राष्ट्रिय मुक्ति पार्टीका नेतृत्वमा विरोध प्रदर्शन गरिएको छ। कात्तिक ५ गते नगरपालिकालाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाइएता पनि प्रशासनले कुनै सुनुवाइ नगरेपछि विरोध प्रदर्शन गरिएको हो। राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य निजामुद्दीन समानीले नगरपालिकाले स्थानीयको मागलाई बेवास्ता गरेको भन्दै सङ्घर्षलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। उनका अनुसार, हालै बढाइएको सम्पत्ति कर फिर्ता गर्नुपर्ने, नगरपालिकाका कर्मचारीलाई समयमै पारिश्रमिक उपलब्ध गराउनुपर्ने, नगरपालिकाभित्र भइरहेको ठगी र अनियमितता तत्काल बन्द गर्नुपर्ने, निर्माण सम्पन्न योजनाहरूको भुक्तानी दिनुपर्ने, नगर विस्तारको क्रममा उचित सम्पत्ति व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्य

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेस सरकारको नयाँ स्टन्ट : एसइई परीक्षा आउन एक महिना बाँकी रहँदा शिक्षक भर्ना गर्दै

 Krishna Shrivastav

वीरगञ्ज । मधेस प्रदेश सरकारले विद्यालय शिक्षाको गुणस्तर सुधार्ने भन्दै १३२ जना प्रदेश स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सरकारका अनुसार, शिक्षक अभावका कारण कक्षा ९ र १० को पठनपाठन प्रभावित भई माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यार्थीको नतिजा कमजोर आउन थालेपछि स्वयंसेवक शिक्षक नियुक्त गर्न थालिएको हो । बिहीबार दरखास्त खुला गरेसँगै, सरकार नेतृत्व गरिरहेको जनमत पार्टी र सत्ता साझेदार दलहरूले यसलाई उपलब्धिका रूपमा सामाजिक सञ्जालमा प्रचार गरेका छन् । तर, चैत ७ गतेदेखि सुरु हुन लागेको एसइई परीक्षाको एक महिना मात्रै बाँकी रहेको अवस्थामा हतारमा गरिने शिक्षक नियुक्ति कति

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा लागूऔषध अफिम र गाँजासहित दुई युवक पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । बारा प्रहरीले पाँच किलो अफिम जस्तो देखिने लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले बारा, जीतपुरसिमरा उप-महानगरपालिका – २१ स्थित अमलेखगञ्ज चोकमा चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद गरेको हो । प्रहरीका अनुसार, बिहीबार बिहान इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) टेक बहादुर कार्कीको कमान्डमा गएको टोलीले हेटौडाबाट वीरगञ्जतर्फ गइरहेको बा ३६ प २७१४ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा सिट मुनी लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला परेको थियो । घटनामा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

फेरी ह्वातै बढ्यो सुनको मूल्य

 Krishna Shrivastav

वीरगञ्ज । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधवार सुन एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो । महासङ्घको अनुसार आज चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज जनयुद्ध दिवस, माओवादी केन्द्रद्वारा विशेष कार्यक्रमको आयोजना

 Krishna Shrivastav

वीरगंज | जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। यस वर्ष पनि पार्टीले आज केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ। वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। यो जनयुद्ध नेपालका लागि ऐतिहासिक महत्व राख्छ, जसले देशमा प्रमुख राजनीतिक परिवर्तन ल्याएको हो। जनयुद्धको परिणामस्वरूप नेपालमा गणतन्त्रको स्थापना, संघीय प्रणालीको कार्यान्वयन, समावेशी लोकतन्त्र र सामाजिक न्यायजस्ता महत्वपूर्ण उपलब्धिहरू हासिल भएका थिए। यी सबै उपलब्धिहरू जनयुद्ध र जनआन्दोलनको बलमा सम्भव भएका थिए,

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज विश्व रेडियो दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

 Krishna Shrivastav

वीरगंज | आज विश्वभर विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै विश्व रेडियो दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) को आह्वानमा यो दिवस मनाइँदैछ, जसमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरिने छ। सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रहरूले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसको रूपमा मनाउने प्रस्ताव गरेका थिए। त्यसपछि २०१२ मा राष्ट्रसंघीय महासभाले यसलाई अनुमोदन गरेपछि यो दिवस मनाउन सुरु भएको हो। रेडियो लोकतान्त्रिक बहसका लागि शक्तिशाली माध्यम मानिन्छ। यसले समाजका विविध पक्षलाई प्रतिनिधित्व गर्दै, आवाजविहीनको आवाज उठाउन महत्त्वपूर्ण भूमिका निभाउँछ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल:

 Krishna Shrivastav

मेष :-साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । वृष टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । मिथुन व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ । कर्कट सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बबरमहलमा पाइप फुट्दा जलमग्न, खानेपानी आपूर्तिमा समस्या

 Krishna Shrivastav

काठमाडौं | आज दिउँसो नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलस्थित खानेपानी थोक वितरण प्रणालीको पाइप फुट्दा क्षेत्र जलमग्न भएको छ। घटनाको खबर पाएलगत्तै सम्बन्धित निकायका अधिकारीहरू घटनास्थलमा पुगेका छन्। खानेपानी मन्त्रालयका सचिव इ. प्रमिला देवी शाक्य, बज्राचार्य, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सिइओ अशोक कुमार पौडेल, पिआइडीका प्रमुख टिकाबहादुर चौधरीसहितको टोली अहिले घटनास्थलमा रहेको छ। घटनास्थलमा पुगेका एक अधिकारीका अनुसार, “पाइप फुटेर पानी बगिरहेको खबर पाउने बित्तिकै मैले काठमाडौ उपत्यका खानेपानी लिमिटेड, पिआइडी प्रमुखलाई पानी बन्द गर्न निर्देशन दिएको छु। हाल

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भायानेटले सबै बक्यौतासहित पछिल्लो आ. व. को रोयल्टी र आरटीडीएफ गरी एकैपटक बुझायो ५५ करोड रुपैयाँ

 Krishna Shrivastav

वीरगंज । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन्स लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विवादित बक्यौतासहित २०८०/८१ सम्मको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) गरी कुल ५५ करोड रुपैयाँ बुझाएको छ। दूरसञ्चार ऐन, २०५३ अनुसार इन्टरनेट सेवा प्रदायकले आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क तिर्नुपर्ने प्रावधान छ। यो शुल्क इन्टरनेट बिक्री मात्रमा लाग्ने कि मर्मत सम्भार खर्चमा पनि लाग्ने भन्ने विषयमा सरकार र आईएसपीहरूबीच विवाद रहँदै आएको थियो। आईएसपीहरूले मर्मत सम्भार खर्चमा शुल्क नलगाउनुपर्ने अडान लिएका थिए। तर सर्वोच्च

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल:

 Krishna Shrivastav

मेष :साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ । वृष प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ । मिथुन सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । कर्कट बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार दुई आरोपित वीरगञ्जबाट पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । पर्सा प्रहरीले झन्डै १६ वर्षदेखि फरार रहेका सवारी ज्यान मुद्दाका दुई आरोपितहरूलाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट पर्सा प्रहरीले छठु साह तेली र चन्दु राउत कुर्मीलाई पक्राउ गरेको हो। २०६४ सालको जनवरी १४ गते छठु साह तेलीद्वारा चलाइएका ना. १ ह ९०७ नम्बरको ट्याम्पोले राजेन्द्र साह सोनारलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो। दुर्घटनापछि छठु साह तेली घटनास्थलबाट फरार भएका थिए। उनलाई पर्सा प्रहरीले माघ २७ गते वीरगञ्ज महानगरपालिका – १७ बाट पक्राउ गरेको हो। उनलाई सवारी ज्यानको आरोपमा ७ दिनको म्याद अनुमति प्राप्त गरी थप

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

आजको राशिफल:

 Krishna Shrivastav

मेष सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । वृष नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । मिथुन परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ । कर्कट Cancer सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ

Breaking News, Mobile Phones, Tech News, Video, अन्तर्वार्ता, कर्णाली, गण्डकी, जीवनशैली, देश, दैनिक पत्रिका, दैनिक राशिफल - Daily Horoscope, प्रदेश नं.१, बागमती, मधेश, मुख्य समाचार, राजनीति, लुम्बिनी, विचित्र संसार, विश्व, वीरगंज संजाल TV, वीरगंज संजाल बिशेष, समाचार, सुदूरपश्चिम  संग सबंधीत छ |

समाचार
News

साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

News

बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

News

बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

News

नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

News

बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द