बाराको बिश्रामपुर गाउँपालिकाको कार्यालय घेराउ

 Krishna Shrivastav

कलैया । बाराको बिश्रामपुर गाउँपालिकाको कार्यालय घेराउ गरिएको छ । गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा गएका टोलीले आज कार्यालय घेराउ गरेका हुन् । गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटोले एकलौटी ढंगले पालिका चलाएको, लुकेर चैत्र १ गतेको मितिमा गाउँ परिषद गरेको आरोप लगाउँंदै उपाध्यक्ष प्रियंका देवी सहित चारजना वडाध्यक्ष र बहुमत पालिका सदस्यहरुले बिहान ११ बजेदेखि कार्यालय घेराउ गरेका वडा नम्बर–३ का अध्यक्ष शिवाशंकर यादवले बताउनुभयो ।


बारामा ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम संचालन

 Krishna Shrivastav

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम संचालन भएको छ । जितपुरसिमरा–१ पथलैयास्थित पूर्व पश्चिम लोकमार्गमा कार्यक्रम संचालन भएको हो । जितपुरसिमराका प्रहरी सहायक निरिक्षक दिपक कुमार बस्नेत सहितको ट्राफिक प्रहरीको टोलीले ३ सयजना कार, बस र जिप चालक एवम् सहचालकहरुका साथसाथै यात्रुहरुलाई समेत ट्राफिक नियम सम्बन्धि सचेत गराईएको थियो ।


वीरगञ्जको भाटभटेनी सुपरमार्केट सञ्चालनमा

 Krishna Shrivastav

वीरगञ्ज । नेपालकै सबैभन्दा ठूलो चेन सुपरमार्केट भाटभटेनीले देशकै आर्थिक राजधानी वीरगञ्जमा पनि आफ्नो स्टोर सञ्चालनमा ल्याएको छ । मधेश प्रदेशकै पहिलो स्टोरका रुपमा भाटभटेनीले बिहिबारदेखि वीरगञ्जमा आफ्नो २४ औँ शाखाका रुपमा स्टोर सञ्चालनमा ल्याएको हो । स्टोर वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा वीरगञ्ज हेल्थ केयर अस्पतालको छेउमै खुलेको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले आजै एक कार्यक्रम बीच हिन्दू धर्म संस्कृति अनुसार पूजा गर्दै स्टोरको उदघाटन गरेका छन् । पर्सा, बारा, रौतहट र मधेश प्रदेशका अन्य जिल्लासँगै सीमावर्ती भारतीय शहरका उपभोक्तालाई समेत लक्षित गर्दै

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जन्म दिनको अवसरमा दलित बालबालिकाको लागि भोजन खाना खुवाउने कार्यक्रम

 Krishna Shrivastav

वीरगंज | पिसफोर दलितस फाउन्डेसन नेपाल , मधेश प्रदेश , पर्साको आयोजना तथा अमेरीका बस्ने प्रकाश आचार्यको आर्थिक सहयोगमा जन्मोत्सवको अवसरमा पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा-१९ , बिन्दबासनी केहुनिया गाउँको दलित बस्तीमा संचालित दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्रको १६५ जना बालबालिका तथा दलित टोलको अन्य व्यक्ति गरि जम्मा २१० जनाहरु भोजन खाना खुवाईएको छ। खानामा भात , दाल , मासु ,तरकारी , पापड , सलाद रहेकोे छ। यस बिन्दबासनी केहुनियाको दलित बालबालिका संग प्रेरीत आचार्यको जन्म दिन केक काटेर एक आपसमा बालबालिकाले बनाएको छ्न। बालबालिका तथा समुदायले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सुजलले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

 Krishna Shrivastav

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका नियमित सदस्य सुजल श्रेष्ठले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने यो नै उपयुक्त समय भएको बताएका छन् । पूर्वकप्तानसमेत रहेका सुजलले नेपालका लागि ४५ क्याप जितेका छन् । उनको अन्तिम खेल पाकिस्तानविरुद्ध काठमाडौंमा सन् २०२२ मा भएको मैत्रीपूर्ण खेल रह्यो । उनले सन् २०११ मा भुटानविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण खेलबाटै नेपालका लागि डेब्यु गरेका थिए । उनले सन् २०१९ मा म्यानमारविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाली टिमको नेतृत्व पनि गरेका थिए । उनले सामाजिक सञ्जालमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पायक पर्ने ठाउँमा परीक्षा केन्द्र राख्न तीन विद्यार्थी संगठनको माग

 Krishna Shrivastav

काठमाडौं । तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लिने परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्‍न माग गरेका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याइ पायक पर्ने ठाउँमा राख्‍न माग गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र नेकपा(एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संयुक्तरुपमा तथा नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले छुट्टै विज्ञप्ति जारी गरी विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोक्न माग गरेका छन् । विद्यार्थी सङ्गठनले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

२०८० सालमा बैंकका कर्मचारीलाई ३५ दिन बिदा, कुन महिनामा कति ?

 Krishna Shrivastav

वीरगंज । २०८० सालमा बैंकका कर्मचारीहरुले ३५ दिन बिदा पाउने भएका छन् ।नेपाल राष्ट्र बैकले २०८० सालमा वैशाखदेखि चैतसम्मको लागि बैंक बिदा हुने सूची सार्वजनिक गरे अनुसार ३५ दिन पाउने भएका हुन । नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुने राष्ट्र बैंकले जनाएको छ । उक्त सूची अनुसार दशैँमा ६ दिन र तिहारमा ५ दिनसहित १५ दिन भने पूर्ण रुपमा बैंकिङ सेवा बन्द हुनेछ । २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुनेछ । जसमध्ये २० दिन भने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रोकिएन फुटबलरको पलयान, सुजल र रञ्‍जित पनि अस्ट्रेलिया जादै

 Krishna Shrivastav

काठमाडौँ । नेपाली फुटबल खेलाडी विदेशीने क्रममा थप दुई नाम जोडिएका छन् । पछिल्लो पटक सुजल श्रेष्ठ र रञ्‍जित धिमाल अस्ट्रेलिया जाने भएका हुन् । सुजल र रञ्‍जित अष्ट्रेलियामा फुटबल खेल्ने गरी जान लागेका हुन् । अष्ट्रेलिया जाने तय भएपछि सुजलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । सुजलले नेपालको राष्ट्रिय टीमबाट ३७ खेल खेल्दै ३ गोल गरेका छन् । उनले नेपालका लागि सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यू गरेका थिए । सुजलकै कप्तानीमा मछिन्द्र फुटबल क्लबले लगातार दुई पटक सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको थियो । २०७३

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

साढे ६४ किलो गाँजा बरामद

 Krishna Shrivastav

काठमाडौं । सप्तरीको सीमा क्षेत्रबाट साढे ६४ किलो अवैध गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीको गस्ती टोलीले नेपाल भारत सीमा क्षेत्रबाट टाउकोमा बोकेर ल्याउँदै गरेको उक्त गाँदा बरामद गरेको हो। सशस्त्र प्रहरीको टोलीले बिहीबार ४ बजे ३-४ जनाले ल्याउँदै गरेको गाँजा बरामद गरेको जनाएको छ। ती मानिसहरू गाँजा फालेर भारततर्फ नै भागेको बताइएको छ।


शेयर बजारमा भित्री कारोबार गरेको आरोपमा गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर

 Krishna Shrivastav

काठमाण्डाै । शेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । भित्री कारोबार गरेको आरोपमा नेपाल धितोपत्र बोर्डले न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको हो । न्यौपानेले पदमा बहाल रहेको अवस्थामा शेयर खरिद/बिक्री गरेको विषयमा अनुसन्धान गर्दा भित्री कारोबार भएको पुष्टि भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डले न्यौपानेविरुद्ध तीन करोड २३ लाख रुपैयाँ बिगो र एक वर्षसम्म कैद सजायको माग दाबी गरेको छ । बोर्डले उनलाई यसअघि नै कारबाही गरिसकेको छ ।


चेम्बर पदाधिकारीले राष्ट्रपतिसमक्ष गरे उच्च ब्याजदरबारे गुनासो

 Krishna Shrivastav

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर उच्च ब्याजदर तथा अर्थतन्त्रका समस्याबारे जानकारी गराएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले शितल निवासमा पौडेललाई भेटेर उच्च ब्याजदरका कारण उद्योगी व्यवसायी मर्कामा परेको गुनासो गरेको छ । ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन । उच्च ब्याजदरका कारण उद्यमी व्यवसायीमा गम्भीर असर परेको छ’ भेटवार्तामा अध्यक्ष मल्लले भने । आर्थिक समृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको प्रभावकारी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासलाई ‘निक साइमन्स अवार्ड’

 Krishna Shrivastav

काठमाडौँ । लामो समयदेखि ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवामा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने मानेडाँडा आधारभूत अस्पतालका जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासलाई यो वर्षको ‘निक साइमन्स अवार्ड २०२२’ प्रदान गरिएको छ । स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा बुधबारदेखि राजधानीमा सुरु भएको तीनदिने ‘एघारौं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन’ मा उक्त एवार्ड प्रदान गरिएको हो । ग्रामीण क्षेत्रमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई सम्मान र उनीहरूले भोगिरहेका समस्यालाई केही हदसम्म समाधान गर्ने उद्देश्यले यो सम्मेलन गत १४ वर्षदेखि निक साइमन्स इन्स्टिच्युटले आयोजना गर्दै आएको छ । सम्मेलनको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तिलोत्तमामा गट्खा बेच्न नपाइने, जबर्जस्ती गरे जरिवाना

 Krishna Shrivastav

वीरगंज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । नगरपालिकाले गुट्खाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै यसबाट निस्कने फोहोरले नगर क्षेत्रको सौन्दर्यतामा समेत प्रतिकूल असर पारेको भन्दै बिक्री वितरणमा रोक लगाएको हो । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाको हरियाली प्रवद्र्धन तथा नगर सरसफाई अभियानको १०० औं श्रृंखलाको मूल समारोहबाट नगरक्षेत्रभित्र गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय भएको जानकारी दिए । निर्णयको कार्यान्वयनका लागि चैत ७ गतेदेखि १५ दिनसम्मको समय दिएको बताउँदै उनले कुनै पसल वा डिलरहरुले गुट्खाजन्य पदार्थको बिक्री वितरण गरेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रचण्डकै अगाडि गगन थापाले भने, ‘प्रधानमन्त्री नडाराएसम्म जनता डरमुक्त हुँदैनन्’

 Krishna Shrivastav

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन्। बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन्। महामन्त्री थापाले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए। उनले प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको बताए। महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए। आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको उनले बताए।


आखिर किन हराउँछन् चिनियाँ उद्योगपति

 Krishna Shrivastav

वीरगंज । शून्य कोभिड नीतिको असफलताका कारण चिनियाँ शक्तिको पुनः मूल्यांकन भइरहेको छ। चीनको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ले सन् २०३० सम्म वा त्यसको केही समयपछि अमेरिकालाई उछिन्‍ने धेरैले विश्‍वास गरेका थिए। तर चीन कहिल्यै अमेरिकालाई उछिन्‍न सक्ने अवस्थामा छैन। कतिपयले त चीन आफ्नो चरम अवस्थामा पुगिसकेको र अब यस भन्दा अझबढी विकास गर्न नसक्ने विश्‍लेषण पनि गरिदैछ। कोभीड–१९ को संक्रमणबाट उत्पन्‍न परिस्थिति, बीआरआई अन्तरगतको ऋण उठन नसक्ने अवस्था र लोकतन्त्रप्रतिको उसको विपरीत नीतिका कारण विश्‍वसमुदायबाट चीन एक्लिएको अवस्था छ। जापान–अमेरीका र युरोपेली राष्ट्र आफ्नो ठूला–ठूला कम्पनीलाई चीनबाट हटाएर अन्य

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

डिजिटल मार्केटिङका लागि निःशुल्क ७ एप्लिकेसन

 Krishna Shrivastav

काठमाडौँ । डिजिटल मार्केटिङ आधुनिक व्यवसायका लागि अत्यावश्यक बनेको छ । नयाँ प्रविधिको प्रयोग गरी आफ्नो व्यवसाय वृद्धि गर्ने चाहना सबैको हुन्छ । तर, हामी त्यस्ता टुलसँग मात्र परिचित हुन्छौँ, जुन प्रयोग गर्न शुल्क तिर्नु पर्दैन । १. फोटो एडिटिङ तथा डिजाइनिङः विशेषगरि जब कन्टेन्ट डिजाइनको कुरा आउँछ, त्यसबेला हामीसँग थुप्रै विकल्प हुन्छन् । जसमा फोटोशप पहिलो रोजाइमा पर्छ । फोटोशपमा थुप्रै फिचरहरू हुने भएकाले त्यसको प्रयोगका लागि शुल्क तिर्नुपर्ने हुन्छ । क्र्याक तथा पाइरेटेड सफ्टवेयर प्रयोग गर्नु बेग्लै कुरा हो । तर, निःशुल्क फोटोशप जस्तै टुलहरू पनि रहेका छन्

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दैनिक जीवनमा उपयोगी ५ वेबसाइट

 Krishna Shrivastav

काठमाडौं । विश्वमा हरेक दिन लाखौं संख्यामा विभिन्न वेबसाइटहरु लञ्च (सार्वजनिक) हुने गर्छन् । वेबसाइटसेटअपका अनुसार दिनमा ‌‍औसत पाँच लाख वेबसाइट लञ्च हुन्छन् । तर सबै वेबसाइट हाम्रा लागि उपयाेगी नहुन सक्छन् । तर हामी त्यस्ता वेबसाइटकाे कुरा गर्दैछाैँ, जसबाट हामीले मनोरञ्जनसँगै ज्ञान लिन सक्छाैं । यी वेबसाइटमा हाम्राे दैनिक जीवनमा निकै उपयाेगी हुनसक्छन् रेडियो गार्डेन नाम जस्तै यस वेबसाइटमा विश्वभरका धेरैजसो रेडियो एकै ठाउँमा सुन्न सकिन्छ । यसको विशेषता भनेको तपाईंले ग्लोबलाई चलाएर फरक फरक रेडियो सुन्न सक्नुहुन्छ । ग्लोबमा हुने हरियो डटले सहरलाई जनाउँछ । तपाईंले ग्लोबलाई घुमाउँदै

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कम्प्युटरका लागि ह्वाट्सएपको नयाँ एप, इन्क्रिप्सनसहित अडियो/भिडिओ कल

 Krishna Shrivastav

काठमाडौं । मेटाले विन्डोज पीसी प्रयोगकर्ताका लागि नयाँ संस्करणको ह्वाट्सएप एप सार्वजनिक गरेको छ । कम्पनीले माेबाइल संस्करणकाे जस्तै युजर इन्टरफेसका साथ यो डेस्कटप संस्करणकाे एप उपलब्ध गराएको हो । यसअन्तर्गत जस्तै विन्डाेज एप पनि छिटो लोड हुने मेटाको दाबी छ । साथै यस एपबाट आठ जनासम्मकाे इन्ड-टु-इन्ड इन्क्रिप्टेड भिडिओ कल र ३२ जनासम्मकाे अडियो कल हाेस्ट गर्न सकिने कम्पनीले जनाएकाे छ । यसमा मल्टी-डिभाइस सिंक गर्न पनि सजिलो हुने बताइएकाे छ । विन्डोजका लागि ह्वाट्सएपको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । मेटाले म्याक डेस्कटपका लागि पनि ह्वाट्सएपको नयाँ

Breaking News, देश, मधेश, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला