Krishna Shrivastav
बायोग्राफी लेख्दै महावीर पुन
Krishna Shrivastav

वीरगंज । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुन यतिबेला बायोग्राफी लेख्न व्यस्त छन् । उनी बायोग्राफीबाट प्राप्त पैसालाई आविस्कार केन्द्रमै खर्च गर्नका लागि बायोग्राफी लेख्न व्यस्त भएका हुन् । उनले आफूले बायोग्राफी लेख्ने भन्ने कहिल्यै नसोचेको बताए । ‘मैले मेरो जीवनी लेख्ने सोचेकै पनि थिइनँ । मेरो बायोग्राफी लेख्नका लागि कति मान्छेहरु मलाई नसोधी भेट्न आए । मैले त्यो बेला मेरो जीवनी नलेख्नु, मलाई चाहिँदैन नै भनिदिएँ’, महावीरले भने, ‘अहिले आएर केन्द्रका लागि दुई चार पैसा आउँछ भने किन नलेख्ने भनेर केही समययता दैनिक रुपमा बायोग्राफी लेखिरहेको छु । बायोग्राफी