Krishna Shrivastav
शिवम् लेयर्स बन्द गर्न पटेर्वासुगौली गाउँपालिकाको १५ दिने अल्टिमेटम
Krishna Shrivastav

वीरगञ्ज । शिवम् लेयर्स फार्म प्रालि. उद्योग बन्द गर्न गाउँपालिकाले अल्टिमेटम जारी गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ गादीस्थित कुखुराको अण्डा उत्पादन गर्ने उद्योगले फैलाएको दुर्गन्धको कारण ५ वटा बस्तीका हजारौँ मानिसहरु महामारीको उच्च जोखिममा रहेको समाचारहरु प्रकाशन भएपछि १५ दिनभित्र उद्योग बन्द गर्ने अल्टिमेटम दिएको हो । गत चैत्र ८ गते कार्यपालिकामा बसेको बैठकले सो सो निर्णय गरेको बताईएको छ । सोही क्षेत्रका वडा नं. २ र ३ का १ सयभन्दा बढि स्थानियले शिवम् लेयर्स फार्म उद्योगलाई आवश्यक कारवाहीको गर्न उजुरी दिएको र सोही उपर छलफल