Krishna Shrivastav
एसइई परीक्षाको लागी पर्सामा आवश्यक तयारी पूरा
Krishna Shrivastav

वीरगंज । आगामी चैत १७ गतेबाट संचालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईको लागी पर्सा जिल्लामा आवश्यक तयारी पूरा भइसकेको जिल्ला शिक्षा समन्वय इकाई समितिले जनाएको छ । एसइई परिक्षामा यस पटक पर्साबाट ९ हजार १ सय ६५ जना विद्यार्थीले सहभागी हुने भएका छन् । पर्साबाट १ सय ८५ प्राविधिकतर्फका र ८ हजार ९ सय ८० गरी ९ हजार १ सय ६५ जना विद्यार्थीले एसइई परिक्षा दिने भएका छन् । परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन पर्सा जिल्लामा २५ वटा परीक्षा केन्द्र तोकिएको छ । प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष