Krishna Shrivastav
बारा पर्साका अधिकांश बालबालिकामा भाइरल ज्वरोको प्रकोप
Krishna Shrivastav

वीरगंज । मौसममा परिवर्तन आएसंगै अहिले बालबालिकामा भाइल ज्वरोको संक्रमण बढ्न थालेको छ। ६ महीनाको शिशुदेखि १०–१२ वर्षसम्मका बालबालिकामा भाइरल ज्वरोको संक्रमण देखिएको हो। नारायणी अस्पतालका बरिष्ठ बालरोग बिशेषज्ञ डाक्टर शैलेष ठाकुरले करिब दुई सातादेखि भाइरल जीवाणुको संक्रमणले गर्दा भाईरल ज्वरो आउने बालबालिकाको सङ्ख्या बढ्न थालेको बताउनुभयो। अस्पतालमा बहिरंग सेवा लिन आउने बालबालिकामध्ये ५० प्रतिशत बालबालिकामा अहिले भाइरल ज्वरो देखिएको छ । तीमध्ये १० जनामा दुई जनालाई अस्पतालमा भर्ना गर्नुपरेको डाक्टर ठाकुरले बताउनुभयो । भाइरल ज्वरोका बिरामी अहिले देशैभर देखिएको भन्दै अहिले नारायणी अस्पतालमा बारा, पर्सा, रौतहट, सर्लाही लगायत अन्य