कारबाहीबाट जोगिन राजीनामा

 Krishna Shrivastav

वीरगंज । साझेदार संस्थासँग करिब ६ लाख रुपैयाँ घूस मागेको पुष्टि भएपछि विराटनगर महानगरपालिको सामुदायिक महाशाखा प्रमुख राजेन्द्र प्रधानले कारबाहीबाट जोगिन पदबाट राजीनामा दिएर हिँडेका छन् । उनले साझेदार संस्थाले कार्यक्रम सञ्चालन गर्न राखेको धरौटी रकम फिर्ता माग्दा ६ लाख रुपैयाँ घुस मागेका थिए । यससम्बन्धी अडियो रेकर्डसहितको प्रमाण महानगर प्रमुख नागेश कोइरालासमक्ष पुगेपछि उनले कारबाहीबाट जोगिन हतारहतार राजीनामा दिएको महानगर स्रोतले बताएको छ । घूस काण्डको खुलासालगतै उनलाई महाशाखाको जिम्मेवारीबाट मुक्त गरेर प्रमुखको सचिवालयमा सरुवा गरिएको थियो । स्रोतका अनुसार त्यसपछि छानबिन र कारबाही हुने डरमा प्रधानले प्रशासन सेवातर्फको वित्त अधिकृतको आठौं

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चितवनको रामपुरमा क्याम्पस प्रमुखको मिलेमतोमा बुथकब्जा – नेवीसंघका विद्यार्थीमाथि कुटपिट

 Krishna Shrivastav

चितवन । रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा स्ववीयू निर्वाचनमा निर्वाचन अधिकृत र क्याम्पस प्रमुखको मिलेमतोमा नेपाल विद्यार्थी संघ इकाइ सभापति एवम् स्ववीयू सभापति उम्मेदवार आशिष देवकोटामाथि मरणासन्न हुने गरी घाइते पारी बुथ कब्जा गरेर आफू सुहाउँदो नतिजा प्रकाशन गरिएको छ। नेपाल विद्यार्थी संघको उपस्थित बिना माओवादी निकट विद्यार्थी संघठन क्रान्तिकारी र एमाले निकट विद्यार्थी संघठन अनेरास्ववीयूबीच तालमेल गराई अखिल संयुक्त नाम राखी निर्वाचन गरिएपछि नेपाल विद्यार्थी संघ इकाइ सभापति एवम् स्ववीयू सभापति उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाइ सभापति सुरज यादवले रोक्न खोज्दा प्रहरी प्रशासनले मरणासन्न हुने गरी घाइते पारी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आईपीएलको उद्घाटन खेलमा गुजरात विजयी

 Krishna Shrivastav

वीरगंज । इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणमा साविक विजेता गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ । गए राति भएको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै गुजरातले अपराजित यात्रा थालेको छ । घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा चेन्नाईले दिएको १७८ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो ।


आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । बन्दव्यापारका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय व्यवस्थापन गर्न गारो होला र कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुद्वारा शपथग्रहण कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले शुक्रबार शपथग्रहण गरेका छन् । होटल क्लासिक रिसोर्टमा शुक्रबार साँझ आयोजित समारोहमा नविनिर्वाचित अध्यक्ष अनिल अग्रवाल पटवारी सहितका पदाधिकारी र ससदरुयहरुले प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । शपथ ग्रहण समारोहमा बोल्दै वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं वरिष्ठ उद्योगपति बाबुलाल अग्रवालले वीरन्ज तथा यस क्षेत्रले राष्ट्रिय राजस्वमा पु¥याइरहेको योगदानको सापेक्षमा सरकारले वीरगन्ज प्रति ध्यान नदिने गरेको बताए । उनले नेपालकै ठूलो औद्योगिक कोरिडोरको रुपमा रहेको वीरगन्ज पथलैया औद्योगिक कोरिडोरलाई भौतिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनुषाबाट मिटरब्याजीको आरोपमा ३ जना पक्राउ

 Krishna Shrivastav

धनुषा । धनुषाबाट मिटरब्याजीको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सबैला नगरपालिका २ कि पुनितादेवि यादव, बुद्धुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका २४ का श्रवण दास रहेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायल धनुषाले जनाएको छ ।


सिरहामा चट्याङ लागेर ट्रक चालकको मृत्यु

 Krishna Shrivastav

सिरहा । सिरहामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिललाको मिर्चैयामा चट्याङ लागेर ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । सौर्य सिमेन्ट इन्डिस्ट्रिजमा सिमेन्ट लिन पुगेको ना ५ ख ३७२१ नम्बरको ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका– ८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतमको चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । वर्षासँगै परेको चट्याङ लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

 Krishna Shrivastav

रौतहट । गएराति रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित चाँदी पुलमा पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २–२–००४ प ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही हरिपुर नगरपालिका– २ की ४० वर्षीया राजकुमारी चौधरीको घटनास्थलमै ज्यान गएको हो । मोटरसाइकलचालक धनुषा औरही– ४ का ४५ वर्षका अरुणकुमार मण्डल गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए । चाँदी पुलको साँघुरो मुखमा रातको समयमा भएको सो दुर्घटना कसरी भयो भन्ने विषयमा थप

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतमा मन्दिर भत्किँदा ३५ जनाकाे मृत्यु

 Krishna Shrivastav

वीरगंज । भारत मध्यप्रदेशको इन्दौरस्थित एक मन्दिर भत्किँदा भएको दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ । बिहीबार रामनवमीको अवसरमा इन्दौरको बेलेश्वर महादेव झुलेलाल मन्दिर भत्किँदा ३५ जनाको मृत्यु भएको हो । उक्त मन्दिर इनारमाथि निर्माण गरिएको थियो । अधिकारीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३५ पुगिसकेको छ भने १४ जनाको सकुसल उद्धार गरिएको छ । टेलिभिजन फुटेजमा आपत्कालीन कामदारले डोरी र भर्‍याङको प्रयोग गरेर मध्यप्रदेश राज्यमा इनारमा फसेकाहरूको उद्धार गरिएको देखिएको छ । अन्य भिडिओमा भत्किएको भुइँ र भाँचिएको फलामको बार प्रहरीले डोरीको सहायताले सिल गरेको देखिएको छ

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको ड्राइपोर्टमा सार्वजनिक जग्गा बनाइएका पक्कि भवनसहित १७ घर टहरा महानगरले भत्कायाे

 Krishna Shrivastav

वीरगंज । सार्वजनिक जग्गा अतिक्रमण गरेर विभिन्न व्यक्तिले निर्माण गरेका संरचना बिहीबार वीरगन्ज महानगरपालिकाले हटाएको छ । वीरगन्ज महानगरको वडा नम्वर २५ ड्राइपोर्ट चोक नजिकै करिब १७ कट्ठा जग्गा अतिक्रमण गरी निर्माण गरिएका पक्कि तथा कच्चि भवनहरु महानगरले डोजर लगाएर हटाएको हो ।महानगरका मेयर राजेशमान सिंहको निर्देशनअनुसार गएको टोलीले अतिक्रमित जग्गामा बनेको ४ वटा पक्की भवन र १७ वटा घर टहरा डोजर लगाएर हटाएको महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनुभयो । केही व्यक्तिले वषौँदेखि जग्गा अतिक्रमण गरेर व्यक्तिगत रुपमा प्रयोग गरिरहेको जानकारी पाए लगत्तै नक्सा सहित पुगेको महानगरको टोलीले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा प्रश्नपत्र बाहिरएपछि केन्द्राध्यक्षसहित २ निरीक्षकलाई कारबाही

 Krishna Shrivastav

बारा । रामनिवास पटेल । बाराको आदर्शकोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसईईकाे पहिलो दिन शुक्रबार अंग्रेजी विषयको प्रश्नपत्र, परीक्षा सुरू भएको केही मिनेटभित्रै बाहिरिएपछि त्यहाँ केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र २ निरीक्षकसहित ५ जनालाई कारबाही गरिएको छ । साथै एक परीक्षार्थीलाई पनि निष्कासित गरिएको छ । परीक्षा केन्द्रका केन्द्राध्यक्ष दिनेश साहको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको भन्दै त्यसको अनुसन्धान गर्न प्रमुख जिल्ला अधिकारीसहित परीक्षा समन्वय सिमिति समितिको पुगेको टोलीले उनीहरूलाई कारबाही गरेको हो । व्यवस्थापनको कमिले प्रश्नपत्र बाहरिएको थियो । सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएको थियो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीमा एसईई परीक्षाको सुरक्षाका लागि खटेका असईको मृत्यु

 Krishna Shrivastav

महोत्तरी । एसईई परीक्षाको लागि महोत्तरीको एक परीक्षा केन्द्रमा खटेका नेपाल प्रहरीका एक जना असईको मृत्यु भएको छ । महोत्तरीको बलवा नगरपालिका वडा नम्बर १० स्थित श्री राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रमा खटेका असई ललनकुमार राय पटेलको मृत्यु भएको हो । परिक्षा केन्द्रमा खटेका पटेलको अचानक स्वास्थ्य अवस्था बिग्रीएपछि उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको थियो । उपचारको क्रममा बिहान ९ बजेर २५ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए । रौतहटको गौर नगरपालिका २ घर भएका असई पटेल जिल्ला

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुईजना पक्राउ

 Krishna Shrivastav

जनकपुरधाम । स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुईजना धनुषामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–२ का ५५ वर्षीय जोगिन्द्र यादव र १९ वर्षीय कृष्ण साह छन् । बिहीबार अपराह्न ४ बजेको समयमा धनुषाको जनकनन्दनी गाउँपालिका ५ बनरझुल्लाबाट दुवैजनालाई रकमसहित पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार भारतको जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश नं. २–०२–००३ प ७०४५ नं. को मोटरसाइकल चेक गर्ने क्रममा दुवैजनाको साथबाट स्रोत नखुलेको १४ लाख रकम बरामद गरिएको हो । मोटरसाइकल चालक जोगिन्द्रको साथबाट १० लाख र पछाडि सवार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सरकार र मिटरब्याज पीडितको वार्ता ‘सहमति नजिक’

 Krishna Shrivastav

काठमाडौं । सरकार र मिटरब्याज पीडित बीचको वार्ता सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्यले बताएका छन् । शुक्रबार बिहान गृह मन्त्रालयमा भएको दोस्रो चरणको वार्तामा मिटरब्याज पीडितले राखेका मागमा सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्य संघर्ष दाहालले बताए । मिटरब्याज पीडितको तर्फबाट वार्तामा सहभागी दाहालका अनुसार पीडितलाई न्याय दिलाउन विद्यमान कानुन संशोधन गर्न, मिटरब्याज विरुद्धको कारबाही तथा गुनासो व्यवस्थापनका लागि प्रत्येक जिल्लामा अलग्गै शक्तिशाली समिति बनाउन दुवै पक्ष सहमत भएका छन् । ‘आगामी दिनमा सरकारले चाल्ने कदमबारे दुवै पक्ष सहमत भएका छौं,’ दाहालले भने । अहिले खाना खानका

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

संकटमा परेका वित्तिय संस्था र ऋणीको लागि सुनौलो अवसर

 Krishna Shrivastav

वीरगञ्ज । मूलुकमा देखा परेको आर्थिक मन्दिको कारण संकटमा परेका बैंक तथा वित्तिय संस्था र ऋणीहरु विच सहजीकरणका लागि नेशनल एकेडेमी फर फाइनान्सियल सर्मिसेजले परामर्श सेवा दिने भएको छ । बैक तथा वित्तिय संस्था र ऋणी वीचको असमझदारीलाई न्यूनिकरण गर्ने र खराव कर्जा व्यवस्थापनमा सहयोगिको भूमिका खेल्ने गरी नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रा.लि.ले २०८० बैशाखबाट कारोबार संचालन गर्न लागेको हो । बढ्दो खराव कर्जाको कारण नेपालको बैकिङ क्षेत्र तनावमा छ । आर्थिक मन्दिको कारण उद्योग व्यवसाय चल्न सकेको छैन । बढ्दो महंगिले जनताको क्रयशक्ति दिन पर दिन कमजोर हुदैछ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

केटाहरूसँग कुरा गर्न नपाएको झोकमा आमाबुवाको वीभत्स हत्या

 Krishna Shrivastav

वीरगञ्ज । उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् । हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन् । हत्या आरोपी कक्षा आठमा पढ्ने उनले केटाहरूको सङ्गत गर्न आमाबाबुले नदिएको झोकमा उनीहरूलाई मारेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । मृतक दम्पतिकी चार छोरीमध्ये जेठी उनले १५ दिन अघि आमाबाबुलाई मारेको स्वीकार गरेकी शिकारपुर प्रहरी कार्यालयले जनाएको छ । केटाहरूसँग कुराकानी गरेकामा आमाबाबुले गाली गर्दा रिसाएकी उनले दैनिक काम सकेर घर आएका आमाबाबुलाई चियामा निद्रा लाग्ने औषधि हालेर खुवाएकी थिइन् । औषधिको प्रभावले मस्त निदाएका आफ्ना बाआमाका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रामनवमी मनाउन मन्दिर गएका पच्चीस भक्त इनारमा खसे

 Krishna Shrivastav

वीरगञ्ज । रामनवमी पर्व मनाउन इन्दोरको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको आगँनमा रहेको पुरानो इनारमा खसेका छन् । यो समाचार तयार पार्दासम्म पाँच जनालाई उद्धार गरिएको छ भने हालसम्म हताहतीको खबर आएको छैन । सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति भक्तजन भेला भएका थिए । भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका प्रहरीले जनाएको छ । इनारमा खसेकामध्ये केही त्यहाँ रहेको फलामको डण्डीमा झुन्डिएका तथा उनीहरूको उद्धार भइरहेको इन्दोरका सुरक्षा प्रमुख इलयाराजा टीले बताएका छन् । मन्दिर क्षेत्रको वातावरण बिग्रन नदिन तथा दुर्घटना हुन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारा-२ मा रास्वपाबाट चुनाव लड्न रमेश खरेल तयार

 Krishna Shrivastav

बारा । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बारा-२ मा उपचुनाव लड्न तयार भएका छन् । बारा-२ मा वैशाख १० गते हुने उपचुनावका लागि रास्वपाभित्र हुने प्रारम्भिक निर्वाचन जिते खरेल उम्मेदवार हुने निश्चित छ । बारा-२ कै लागि युवराज न्यौपानेले पनि प्रारम्भिक निर्वाचनमा भाग लिने भएका छन् । प्रारम्भिक उम्मेदवारी उपरको दाबी विरोध गर्ने समय शुक्रबार बिहान ११ बजेसम्म निर्धारण गरिएको रास्वपाले जनाएको छ । रास्वपाबाट निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरू प्रारम्भिक निर्वाचन जितेर आउनुपर्नेछ उसको विधान छ । पूर्वडीआईजीसमेत रहेका खरेल अहिलेलाई रास्वपाको चुनाव चिह्न घण्टी मात्र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

News

नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

News

वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

News

सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

News

छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग