बारामा ट्याम्पु दुर्घटना हुदाँ तीन वर्षिया बालिकाको मृत्यु , ५ जना घाइते

 Krishna Shrivastav

बारा । रामनिवास पटेल । बारामा आइतबार ट्याम्पु दुुर्घटना हुदाँ तीन वर्षिया एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ५ जाना घाइते पनि भएका छनन् । भारतको रक्सौलबाट बाराको कलैया तिर जाँदै गरेको ६ जना सवार रहेको स १ ह ७०८ नम्बरको ट्याम्पु , वीरगन्ज कलैया सडकखण्ड अन्तर्गत बाराको फेटा गाँउपालिका वडा नम्बर १ भलुही बजारको चोकमा अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा भारत बिहारको रक्सौलकी तीन वर्षकी बालिका परि कुमारीको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । घाइते पाँच जनाको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता सोमबार

 Krishna Shrivastav

वीरगंज । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ। निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन्। गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विल विजकभन्दा बढी माल लोड ट्रक पर्सा प्रहरीद्वारा नियन्त्रण, राजश्व कार्यालयलाई बुझाइयो

 Krishna Shrivastav

वीरगञ्ज । बिल विजकभन्दा बढी सामग्री लोड रहेको एउटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा विभिन्न किसिमको खुद्रा, हार्डवेयर तथा औषधीहरू लोड रहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चैत्र ७ गते वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको अवाव्स्थामा घण्टाघर निजैकैबाट नियन्त्रणमा लिएको थियो । ट्रक पक्राउ गरिएको विषयमा पर्सा प्रहरीले जारी गरेको प्रेस नोटकाअनुसार वीरगञ्ज-८ घण्टाघर स्थित सडकखण्डबाट ना.५ ख ९६१३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकभित्र लोड रहेका खुद्रा, हार्डवेयर तथा औषधीहरू चेकजाँच गर्दा उपलब्ध विल विजकमा उल्लेख गरिएको मात्रभन्दा धेरै रहेको पाइएको थियो । सोको आधारमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटमा मेयरको सट्टामा एसईई परिक्षा दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

 Krishna Shrivastav

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा–६ पोठियाहीका कमल साह पक्राउ परेका हुन । मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नंबर ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका साह मेयरका ज्वाइ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् ।


सर्लाहीमा लागूऔषधसहित शिक्षक पक्राउ

 Krishna Shrivastav

सर्लाही । सर्लाही प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक जना शिक्षकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका–१५ स्थित राजदेवी बोर्डिङ स्कुलका शिक्षक राजा हुसेनलाई लागूऔषध र फलामको फाइटरसहित विद्यालय हाताभित्रबाट पक्राउ गरिएको छ । विद्यालयमा कार्यरत्त अर्का शिक्षकसँग विवाद सुरु भएपछि पुगेको प्रहरी टोलीले उनको साथबाट लागूऔषधको रुपमा रहेको नाइट्राभेट ट्याब्लेट १२ थान र पन्च हान्न बनाइएको फलामको फाइटर १ थान र कागजमा लुकाएर राखेको गाँजाको पुरिया १ थानसहित हुसेनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । पक्राउ परेका शिक्षकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय केशरगंजमा राखिएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जुवा खालबाट १२ जना पक्राउ, ५९ हजार नगद बरामद

 Krishna Shrivastav

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा जुवातास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँबस्तीको पहेलो पुल नजिक ४० वर्षीया सन्चिमाया वाईबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाईबासहित १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।


जगरनाथपुरका ७२ वर्षिय राउतलाई ह्वील चेयर सहयाेग

 Krishna Shrivastav

वीरगंज । सामाजिक संस्था जन सेवाले पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ जगरनाथपुर गाँउका अपांगता भएका ७२ वर्षीय द्वारिका राउतलाइ ह्वील चेयर सहयाेग गरेकाे छ । संस्थाका संयाेजक बृजेश्वर प्रसाद चाैधरीसहितकाे टाेलीले आइतबार राउतकाे घरमै पुगेर ह्वील चेयर प्रदान गरेकाे हाे । शारीरिक अपांगताका कारण कष्टकर जिवन व्यतित गरिरहेका राउतलाई सहज हाेस् भनेर जन सेवाले ह्वील चेयर सहयाेग गरेकाे संयाेजक चाैधरीले बताए । ह्वील चेयर हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्य रामअयोघ्या महतो , नेकपा एमालेका केन्द्रीय सदस्य ज़ालिम मियाँ,फजल करिम,राजा मियाँ,मक़सुद मियाँको पनि उपस्थिति रहेको थियो।


सर्लाहीको भरत तालमा पर्यटकको घुँइचो

 Krishna Shrivastav

सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी(भरत ताल) मा आन्तरीक पर्यटकको घुँइचो लागेको छ । सङ्घीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको उकास जमिनलाई आन्तरिक आयसग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको सो तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको तालका व्यवस्थापक सन्तोष गदालले बताउनुभयो । हालसम्म डिपिआरको करिब २५ प्रतिशत काम सकिएको छ । ताल पूरा बन्दा रु दुई अर्ब लाग्नेछ । ताल बनाउन रु ७५ करोड खर्च भइसकेको छ । मानव निर्मित तालमा निर्माणकै चरणमा ३१ साना र एउटा ठूलो डुङ्गा सञ्चालनमा रहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा निगरानी अनलाइन डटमको गाडीमा लागूऔषध बरामद, एक जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । पर्सा प्रहरीले प्रेस लेखिएको गाडीबाट लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ । वीरगंज १६ स्थित रजतजयन्ति चोकबाट प्रहरीले टी मिडिया प्रा.लि. द्वारा सञ्चालित निगरानी अनलाइन डटमको प्रेस लेखिएको गाडीबाट प्रतिबन्धित लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-४ निवासी गोपाल स्याङ्गतान रहेको पर्सा प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिए । डिएसपी बुढाथोकीकाअनुसार स्याङ्गतानले चलाइरहेको बा ७ च ४६४२ नम्बर भएको सेन्ट्रो कारबाट २४० थान नाईट्रोभेट ट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स र नेपाली ६५ हजार रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिइएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आइपिएल : दिल्लीलाई हराउँदै लखनउ विजयी

 Krishna Shrivastav

वीरगंज । लखनऊ सुपर जायन्ट्सले भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।शनिबार राती भएकाे खेलमा जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन मात्र बनाएपछि खेल लखनउले जितेकाे हाे । दिल्लीका कप्तान डेविड वार्नरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ५६ रन बनाए । दिल्लीले आफ्नो दोस्रो खेल मंगलबार गुजरात टाइटन्ससँग खेल्नेछ ।लखनऊले सोमबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ । आइपिएलमा आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । ट्याक्टर दुर्घटनामा परेर तनहुँमा एकजनाको मृत्यु भएको छ । शनिबार तनहुँको भानु नगरपालिका २ भकुन्थोकस्थित डुम्रे बेशिसहर सडक खण्ड जोड्ने भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भकुन्थोकबाट बेशिसहर तर्फ मल लोड गरी जाँदै गरेको बा ०३–००१ त २२६ नम्बरको ट्याक्टरको इन्जिन र ट्रली जोइने भाग भाँचेर दुर्घटना हुँदा ट्याक्टरमा सवार तनहुँको भानु नगरपालिका २ बस्ने ४० वर्षीय ईश्वर अधिकारी, १७ वर्षीय को समीर अधिकारी र ३९ वर्षीय दीपक नेपाली सख्त घाइते भएका थिए । घाइतेहरू मध्ये अधिकारीको उपचारको क्रममा बिहान पुरानो मेडिकल कलेज

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ कष्टकर यात्राका साथै मन कमजोर रहला । आँटेको काममा अवरोध आउनसक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी

देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

 Krishna Shrivastav

वीरगंज । भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेशन आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा एक रुपैयाँ ७४ पैसा र डिजलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेको छ । अब निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ नाफा हुने देखिएको छ । निगमले अब पेट्रोल र डिजलबाट १५ दिनमै ८० करोड रुपैयाँभन्दा धेरै नाफा कमाउनेछ । अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजलको १ सय ७५ रुपैयाँ छ । भारतका धेरै पटक मूल्य घटेर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीमा बाबुबाट बालिका बलात्कृत

 Krishna Shrivastav

महोत्तरी । महोत्तरीमा बुवाले छोरीलाई बलात्कार गरेको घटना बाहिरिएको छ ।महोत्तरीको बर्दिबासको सुदूर उत्तरवर्ती खयरमारा १० भित्री खोलास्थित भालुझोडामा बाबुले छोरीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएको घटना बाहिरिएको हो ।बुवा हाल फरार भएका छन् । वडा कार्यालयको जन्म दर्ता अनुसार बालिकाको जन्म २०६६ माघ २० गते हो । विगत ५ महिनादेखि बलात्कारमा परेको यो घटना तीन दिनअघि मात्र बाहिर आएका हो । बालिकाले आमासँग आफ्नो पीडा पोखेपछि घटना सार्वजनिक भएको हो ।आमाका अनुसार नाबालक छोरीले वाकवाकी गर्ने, जे पनि गन्हाउने जस्ता लक्षण बढ्दै गएपछि गर्भ रहेको शङ्का लागेको थियो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अस्पतालको रकम हिनामिना

 Krishna Shrivastav

रौतहट । गौरस्थित प्रादेशिक अस्पतालमा उपचार गराउन आएका बिरामीले तिरेको शुल्क कर्मचारी र विकास समितिका अध्यक्षले हिनामिना गरेको खुलेको छ । बिरामीबाट लिइने शुल्क अस्पताल विकास समितिको बैंक खातामा जम्मा नगरी कर्मचारी र समितिका अध्यक्षले चलाएका हुन् । गौर अस्पतालमा उपचारका लागि आउने बिरामीबाट रगत परीक्षण, एक्सरे, भिडियो एक्सरे, घाउ जाँच फारमलगायत जाँचमा लाग्ने शुल्क अस्पतालका अहेब प्रमोद यादव र अर्का करारका कर्मचारी असलम अन्सारीले हिनामिना गरेका छन् । यादवले बिरामीबाट २०७९ मसिर १३ गतेदेखि फागुन १५ गतेसम्म चार महिनाको १२ लाख ५२ हजार ५४ रुपैयाँ बुझेका थिए । उक्त रकममध्ये ४ लाख ५८

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?

 Krishna Shrivastav

वीरगंज । अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल फस्टमा मानिसहरुलाई झुटो बोल्ने र मुर्ख बनाउने चलन छ । सायद तपाईहरुले पनि आज झुटो बोल्नुभयो होला। तर यसो किन गरिन्छ त? आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउँछन्। पहिले यो दिवस फ्रान्स र अन्य युरोपेली देशहरूमा मनाइने गरिए पनि बिस्तारै अन्य देशहरूले पनि यो दिवस मनाउन थाले। यो दिन एकअर्कासँग रमाइलो गरेर मनाइन्छ । सबैले एक अर्कालाई मूर्ख बनाउन बहाना खोज्छन्। यस दिन केही व्यक्तिहरूले फोनमा म्यासेज र ठट्टाहरू मार्फत वेबकूफ बनाउँछन्। ‘अप्रिल फूल’ दिवस विभिन्न देशहरूमा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सामा लागु औषध गाँजा सहित पाँच जना पक्राउ

 Krishna Shrivastav

पर्सा ।रामनिवास पटेल। पर्साका विभिन्न स्थानबाट प्रहरीले लागु औषध गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोला चोकबाट प्रहरीले शुक्रबार साँझ ३ केजी गाँजा सहित तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा छिपहरमाइ गाँउपालिका ४ का २२ वर्षिय चन्दन कुमार साह, २० वर्षिय अरबाज आलम र २४ वर्षिय सुनिल कुमार गुप्ता रहेका छन् । जानकीटोलाबाट भीखमपुर जाँदै गरेको ना.१४ प ७२२४ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई रोकेर चेकजाँच गर्दा उनिहरुको साबाट तीन केजी गाँजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

टाटासुमो दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो, १० मध्ये तीन जना घाइतेको अवस्था गम्भीर

 Krishna Shrivastav

वीरगंज । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ बेतिनीमा शुक्रवार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। दुर्घटनामा अन्य १० जना घाइते भएकाले काठमाडौंमा उपचार भइरहेको छ। बेतिनीबाट यात्रु लिएर शुक्रवार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए। उनका अनुसार काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो। घटनास्थलमा दुप्चेश्वर गाँउपालिका-४ का २५ वर्षीय छिरिङ तामाङ र

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

News

नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

News

वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

News

सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

News

छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग