Krishna Shrivastav
यसरी पश्चिमतर्फ फर्काइँदै छ सप्तकोसी
Krishna Shrivastav

वीरगंज । भारतीय कोसी योजनाका ठेकेदार र प्राविधिकहरूले मनोमानी गर्दै कोसीको मूलधारलाई पश्चिमी तटबन्धतर्फ फर्काउन सुरु गरेका छन् । कोसीको पश्चिमी तटबन्ध नेपाली बस्तीमा जोगाउन निर्माण गरिएको हो । नदीको मूलधारलाई च्यानल नै खनेर पश्चिमतर्फ फर्काइरहेको र पश्चिमतर्फ फर्किने धारले पश्चिमी तटबन्धलाई असुरक्षित गर्ने अवस्था भारतीय ठेकेदारले सिर्जना गरिरहेका छन् । कोसीमा हुने हरेक कामको ठेक्का भारतीय कोसी योजनाले पाउने गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलास्थित सशस्त्र प्रहरीको क्याम्प रहेको स्परभन्दा उत्तरको स्पर नजिक भारतीय ठेकेदारले जेसीबी र ट्रय्राक्टर लगाएर बालुवा कटान गरी नदीलाई पश्चिमतर्फ फर्काइरहेका छन्