भक्तपुरबाट सालकको खपटासहित २ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका-३ घर भई हाल भक्तपुर चाँगुनारायण-२ बस्‍ने २२ वर्षीय आशुतोष थपलिया र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भई हाल भक्तपुर चाँगुनारायण नै बस्‍ने२६ वर्षीय अमृत गजमेर रहेका छन् । जिल्ला प्रहरी सरिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९९८ ग्राम बराबरको सालकको खपटा बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाइएको छ ।


चोरीका सामान बरामद

 Krishna Shrivastav

वीरगंज । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-१ डण्डा सीमा इलाकाबाट मंगलबार करिब १ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद भएको छ। भारतबाट अवैध रूपले ल्याउँदै गरेको उल्लिखित मूल्य बराबरको लत्ताकपडा, मोबिल र डोर लक प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा) ले बरामद गरेको हो। बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ।


डाटा दुरुपयोग गरेको भन्दै बेलायतले टिकटकमाथि तोक्यो दुई अर्ब जरिबाना

 Krishna Shrivastav

वीरगंज । बालबालिकाको गोपनीयताको रक्षा गर्न ‘असफल भएपछि’ टिकटकले एक करोड २७ लाख पाउन्ड स्टर्लिङ (करिब दुई अर्ब बढी नेपाली रुपैयाँ) बराबरको जरिबाना तिर्नुपर्ने भएको छ । बेलायती सूचना आयुक्तको कार्यालय (आईसीओ)ले आफ्नो अनुसन्धानमा टिकटकले डाटा सुरक्षा कानुनको उल्लंघन गरेको पाइएको बताउँदै जरिबाना तोकेको हो । २०१८ को मे र २०२० को जुलाईका बिचमा कानुनको उल्लंघन भएको बताइएको छ । बेलायतका १३ वर्ष मुनिका करिब १३ लाख बालबालिकालाई टिकटक चलाउन दिएको आईसीओको अनुमान गरेको छ । जुन बालबालिकाहरूलाई खाता खोल्न नदिने टिकटक आफ्नै नीतिको उल्लंघनसमेत हो । बेलायतको डाटा संरक्षण

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चल्न थाल्यो ईसेवा

 Krishna Shrivastav

वीरगंज । डिजिटल वालेट ईसेवामा देखिएको समस्या करिब सात घण्टापछि समाधान भएको छ । मंगलबार बिहानदेखि एपमा अकाउन्ट स्वतः लगआउट भएको देखिएको थियो । प्रयोगकर्तालाई ‘पुश नोटिफिसेन’ पठाउन खोज्दा यस्तो समस्या आएको कम्पनीले जनाएकाे छ । याे अवधिमा एप खोल्दा अकाउन्ट एकाएक लगआउट हुने समस्या देखिएकाे थियाे । फोन नम्बर र पासवर्ड राखेर लगइन गर्न खोज्दा पनि लगइन हुन नसकेपछि प्रयोगकर्ताले गुनासो गरेका थिए ।


कांग्रेस, लोसपा र एकीकृत समाजवादी मधेश सरकारमा जाने तयारीमा

 Krishna Shrivastav

वीरगंज । नेकपा एमालेले मंगलबार मधेश सरकार छाडेसंगै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुने तयारीमा छन् । उनीहरुले मुख्यमन्त्रीको निर्णय र आफ्नो दलको केन्द्रीय नेताको निर्देशक पर्खेर बसेका छन् । मधेश प्रदेशसभामा २२ सांसदसहित दास्रो ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले केन्द्रबाट संकेत पाउने बित्तिकै मधेश सरकारमा सहभागी हुने बताए ।‘मधेशमा पनि गठबन्धन सरकार छ । गठबन्धनको निर्णय के हुन्छ केन्द्रमा, केन्द्रबाट म्याण्डेट मिलेपछि हामी छलफल गरेर कहाँ के कसरी एडजस्टमेन्ट गर्न सकिन्छ भनेर निर्णय गर्छौ । सरकारमा सहभागी हुन्छौं’, उनले

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हराएको १४ दिनमा मृत भेटिए नुनबहादुर

 Krishna Shrivastav

वीरगंज । सुनकोशी गाउँपालिका-१ बलखुका ५४ वर्षीय नुनबहादुर राई घरबाट बेपत्ता भएको १४ दिनपछि मृत फेला परेका छन्। मोलुङ खोला र सुनकोशी नदीको दोभान नजिकै सुनकोशी नदी किनारमा मंगलबार राई मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनी चैतको ७ गतेदेखि बेपत्ता थिए। स्थानीयले मंगलबार शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुगेर बेवारिसे शवका बारेमा सोधखोज गर्दा नुनबहादुर राईको रहेको पुष्टि भएको छ। थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगेको र अनुसन्धानसँगै शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाउने तयारी भएको प्रहरीले जनाएको छ।


चोरीको स्कुटरसहित तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । चोरीको स्कुटरसहित भक्तपुरको सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारबाट तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका-७ घर भइ हाल भक्तपुरको सूर्यविनायक बस्ने १९ वर्षीय संजिव लामा, काभ्रेपलाञ्चोककै तिमाल गाउँपालिका-७ घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने २३ वर्षीय नुर्भु लामा र काभ्रेपलाञ्चोकको पाँचखाल घर भइ हाल भक्तपुरको सुडाल बस्ने २३ वर्षकै कृष्ण तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। गत पुष १७ गते काठमाडौंको रातोपुलबाट हराएको बा ५४ प ९३३९ नम्बरको स्कुटर सन्जिवले भक्तपुरको सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार सडकखण्डमा वास्तविक नम्बरमै चलाइरहेको पाइएपछि सन्जिवलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रतिबन्धित जंगलबाट घाँस ल्याउने २८ जनालाई कारबाही

 Krishna Shrivastav

वीरगंज । जथाभावी घाँस र दाउरा काट्दा वनजंगल दोहन भएको भन्दै उदयपुरको एक सामुदायिक वन समूहले घाँस दाउरामा रोक लगाएको छ। सदरमुकाम गाईघाटस्थित नवउदय सामुदायिक वन उपभोक्ता समूहले गाईघाट–दिक्तेल सडक क्षेत्रबाट सवारी साधनमा घाँस दाउरा ल्याउन रोक लगाएको हो। टोल विकास संस्था लगायतका विभिन्न सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार उपभोक्ता समिति बसेको बैठकले उक्त निर्णय गर्दै सोमबारबाट कार्यान्वयनमा ल्याइएको अध्यक्ष जीवन पाण्डेले बताए। दैनिकजसो घाँस दाउँरा ल्याउँदा जंगल नष्ट हुने र नांगो डाँडामा परिणत हुने खतरा बढेकाले दोहन रोक्न विकल्प तयार गरी प्रतिबन्ध लगाइएको उनले बताए। समूहले विकल्पमा आइतबार, मंगलबार र

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बालिका सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ

 Krishna Shrivastav

वीरगंज । बालिका सामूहिक बलात्कारको आरोपमा प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोक मेलम्चीका २१ वर्षका आशिष भन्ने निमा तामाङ र काभ्रे महाभारतका २१ वर्षका कुशल श्रेष्ठलाई पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार निमाले फेसबुकबाट पीडितलाई साथी बनाएर निरन्तर भेटघाट गर्दै आएका थिए । गत फागुन ६ गते टोखा नगरपालिकाकाको एक गेस्ट हाउसमा पीडितलाई बोलाएर निमा र उनका साथी कुशलले सामूहिक बलात्कार गरेको प्रहरीको दाबी छ । सोमबार पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रवक्ता

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

होन्डा साइनको नयाँ भर्सन सार्वजनिक, थपियो प्रिमियम बाइकमा हुने फिचर

 Krishna Shrivastav

वीरगंज । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारत सगैँ नेपाली बजारमा समेत एकदमै सफल रहेको मोडल होन्डा साइन एसपीको नयाँ भर्सनमा सार्बजनिक गरेको छ । कम्पनीले बीएस ६ फेज कम्प्लायन्ट इन्जिनमा साइन एसपी भारतीय बजारमा सार्वजनिक गरेको हो । कम्पनीले नयाँ भर्सनका साथै यसमा केही फिचरहरु समेत थप गरेर अपडेटेड भर्सन सार्बजनिक गरेको हो । योसँगै होन्डा साइन एसपी ८० प्रतिशत पेट्रोल र २० प्रतिशत इथानोल फ्युल प्रयोग गरेर चलाउन सकिने भएको छ । कम्पनीले नयाँ भर्सन मोटरसाइकलमा नयाँ ग्राफिकसँगै ५ नयाँ कलर अप्सनमा एसपी ल्याएको हो ।

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कोरोनाको उच्च जोखिम मानिएको सुदूरपश्चिममा २२ लाखले लिए खोप

 Krishna Shrivastav

वीरगंज । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्। प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय ३१ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। पूर्ण मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका सात लाख ३२ हजार सात सय ८९ जना छन्। सबैभन्दा कम दार्चुलामा एक लाख १४ हजार ६ सय २८ ले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। त्यस्तै कञ्चनपुरमा चार लाख ३९ हजार एक सय ६८, बैतडीमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

पर्साको सिडिओ कार्यालय नयाँ वर्षदेखि नयाँ भवनबाट सेवा दिने

 Krishna Shrivastav

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले नयाँ वर्षदेखि नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी थालेको छ । पूरानो तथा जीर्ण अवस्थामा रहेको भवनबाट सेवा प्रवाहमा कठीनाई भएको भन्दै नयाँ भवन निर्माणको थालनी गरिएको थियो । नयाँ भवन निर्माणको काम सम्पन्न भएसँगै अहिले कार्यालयका लागि आन्तरिक व्यवस्थापनको काम धमाधम भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए । सूचना अधिकारीसमेत रहेका पौडेलकाअनुसार भरसक नयाँ वर्ष २०८० देखि नत्र नयाँ वर्षको पहिलो सातासम्ममा नयाँ भवनमा सर्ने तयारी छ । नयाँ भवनमा सरेसँगै सेवा प्रवाह पनि छिटो छरितो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही

 Krishna Shrivastav

वीरगंज । बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ६४ व्यावसायिक फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साले कारबाही गरेको हो । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना अवधिमा ती व्यावसायिक फर्ममाथि गरिएको कारबाहीबाट एक लाख ४९ हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी दिलीप खङ्ग खत्बेले जानकारी दिए । यस्तै चालु आव २०७९÷८० को आठ महिना अवधिमा प्राइभेट र साझेदारी फर्म

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश प्रदेश : एमालेका मन्त्रीहरुले दिए राजीनामा, मुख्यमन्त्रीद्वारा स्वीकृत

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएका छन् । मंगलबार उनीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् । एमालेबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, कानुनमन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले मंगलबार मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री सरोजकुमार यादवको निर्देशनपछि आफूहरुले राजीनामा बुझाएको राजकुमार लेखीले बताए । मन्त्रीहरुको राजीनामा स्वीकृतसमेत भइसकेको छ। यस्तै, मुख्यमन्त्री यादवले उपनिर्वाचनपछि कांग्रेस, नेकपा एस, लोसपालाई सहभागी गराएर मन्त्रीमण्डल विस्तार गर्ने बताए।


पर्सागढि नगरपालिकामा गर्भवति महिलाका लागि निशुल्क अल्ट्रासाउण्ड सेवा संचालन

 Krishna Shrivastav

पर्सा । पर्साको पर्सागढि नगरपालिकाले गर्भवति महिलाका लागि निशुल्क ग्रामिण अल्ट्रासाउण्ड सेवा संचालनमा ल्याएको छ । पालिकाभित्र रहेका गर्भवति महिलाका पहिलो ३ महिने अवस्था र सुत्केरी हुनु भन्दा अगाडि दुईपटक सम्म तालिमप्राप्त स्वस्थ्यकर्मीहरुबाट अल्ट्रासाउण्ड गरि गर्भवती सम्बन्धि परामर्श दिईने बताइएको छ । नगरप्रमुख गोकर्ण पाठकले पालिकाचित्र रहेका गर्भवती महिलाले चेकजाँचकै लागि वीरगञ्ज जानुपर्ने बाध्यता देखिएको र यो निकै खर्चिलो समेत भएकाले गरिब परिवारका उनीहरुलाई समस्या नहोस् भन्ने अभिप्रायले निशुल्क ग्रामिण अल्ट्रासाउण्ड सेवा संचालनमा ल्याईएको बताउनुभयो । पालिकाभित्र रहेका पाँचवटा स्वास्थ्य चौकीहरुबाट मासिक रुपमा गर्भवती महिलाको अल्ट्रासाउण्ड गरिने उहाँको भनाई छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रहरीले नेतालाई कुटेको भन्दै सप्तरीमा जसपा कार्यकर्ताको प्रदर्शन

 Krishna Shrivastav

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई एक प्रहरी निरीक्षकले टाउकोमा चोट लाग्ने गरी हातपात गरेको आरोपमा जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अहिले राजविराजको अवस्था तनाबग्रस्त बनेको छ । छलफलका क्रममा प्रहरी कार्यालय गएका अध्यक्ष यादवलाई प्रहरीले हातपात गर्दै कुटपीट गरी टाउको फुटाएको भन्दै जसपाका कार्यकर्ताहरु विरोधमा उत्रिएका छन् । जसपाका कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् । यादवमाथि कुटपिटको घटनाबारे प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले छलफलको क्रममा चर्काचर्की भई प्रहरी निरीक्षकले जसपा जिल्ला अध्यक्ष

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

 Krishna Shrivastav

वीरगंज । बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन् । पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ४ ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो। ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटना आज बिहान १० बजे भएको हो । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।


सप्तरीबाट विद्युत चुहावट गर्ने पाँचजना पक्राउ

 Krishna Shrivastav

सप्तरी । सप्तरीबाट विद्युत चुहावट गर्ने पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सप्तरश्रको विष्णुपुर गाउँपालिका ५ का २४ का जयराम मण्डल, वर्ष ५० का देवनारायण मण्डल, वर्ष ४० का संतोष मण्ड, राजगढ गाउँपालिका ४ का ६५ वर्षीय शिव प्रसाद साह र वर्ष ५३ का जगदेव यादव रहेको प्रहरीले जनाएको छ । सोमबार साँझ अनाधिकृत रुपले विद्युत चुहावट गरिरहेको अवस्थामा विद्युत् प्राधिकरण र प्रहरको संयुक्त टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


समाचार
News

लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

News

क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

News

ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

News

क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

News

हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह