वीरगंजको विकासमा महानगरलाई साथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वसंग मेयर सिंहको आग्रह

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगर पालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज उघोग वाणिज्य संघको नव निर्वाचित अध्यक्ष सहित पदाधिकारीलाई बुधबार एक कार्यक्रमको आयोजना गरि बधाई दिएका छन् ।मेयर सिंहले संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार अग्रवाल पटवारीलाई खादा,माला र फुलेको गुलदस्ता दिएर बधाई दिएका हुन् । यस्तै संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष हरि गौतम , उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष लाठ, कोषाध्यक्ष शिवजी साह कलवाल, सह कोषाध्यक्ष अनोज रुगटा, सचिवद्वय प्रेम चन्द गोयल, शुशान्त चाचान, सह सचिवद्वय नरेश टिवडेवाल र निरज अग्रवाललाई पनि मेयर सिंहले माला र खादा लगाएर बधाई दिए। त्यसअवसरमा संघको नयाँ कार्यसमितिलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको सिर्सिया नदि प्रदुषण गर्ने उद्योगलाई कडा कारवाही गर्ने मेयर सिंहको चेतावनी

 Krishna Shrivastav

वीरगंज । पटकपटकको निर्देशनलाई पनि अवज्ञा गर्दै वीरगंजका केही उद्योगहरुले प्रशोधन बिना नै प्रदुषित पानी सिर्सिया नदिमा मिसाइरहेको पाइएको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २१ परवानीपुरस्थित श्री सिद्धी टेक्सटायल्स प्रा.ली., अर्निका प्रोसेसिङ् उद्योग प्रा.ली., पन्ना पेपर उद्योग प्रा.ली. ग्लोबल लेदर उद्योग प्रालि, मोरियम लेदर उद्योग प्रालि लगायतले प्रशोधन नै नगरी प्रदुषित पानी नदिमा मिसाउने गरेको पाइएको हो । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको नेतृत्वमा बुधवार अनुगमन टोली पुग्दा पनि उद्योगहरुले प्रदुषित पानी प्रशोधन बिना नदिमा मिसाएको पाइएको हो । यसअघि उपप्रमुख इम्तियाज आलमको नेतृत्वमा पटकपटक अनुगमन गर्नुका साथै महानगरले

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको ठाकुरराम सहितका क्याम्पसमा एकै दिन स्ववियु निर्वाचन गराउन विद्यार्थी संगठनको माग

 Krishna Shrivastav

वीरगंज । तीन विद्यार्थी संगठनले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पससहित स्ववियु निर्वाचन रोकिएका क्याम्पसपहरुमा एकै दिन निर्वाचन गराउन माग गरेका छन् । नेपाल विद्यार्थी संघ,अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूको बुधबार बसेको संयुक्त बैठकले रोकिएका क्याम्पसहरुमा एकै दिन निर्वाचन गराउन माग गरेका हुन् । बैठकपछि नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै रोकिएका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त ठाकुरराम सहितका क्याम्पसमा एउटै मितिमा निर्वाचन सम्पन्न हुने गरी कार्यतालिका सार्वजनिक गर्न त्रिविसँग माग गरेका छन् । उनीहरुले निर्वाचन हुन बाँकी रहेका क्याम्पसमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजबाट दुई करोड भन्दा बढि मुल्यको दुई ट्रक सामान बरामद

 Krishna Shrivastav

वीरगंज । राजश्व छलेर भित्रयाइएको आशंकामा वीरगन्जबाट प्रहरीले दुइ करोड भन्दा बढि मुल्यको सामान सहितका दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक स्थि सडकखण्डबाट बुधबार प्रहरीले दुई करोड २६ लाख भन्दा बढि मुल्यका सामान लोड गरिएका दुईवटा ट्रक नियन्त्रणमा लिएको हो । वीरगन्जबाट मालसामान बोकेर कलैया र विराटनगर जादैै गरेका ना ३ च ३१५० र ना ३ ख ५८९९ नम्बरको ट्रक प्रहरीले गण्डक चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा दुवै ट्रकबाट श्रृंगारका सामाग्री, हार्डवेयर, औषधी र लत्ताकपडा गरि २ करोड २६ लाख ८ सय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

श्रीमतीको जवरजस्ती करणी गरेको मुद्दामा न्यायाधीश विरुद्ध पक्राउ पुर्जी जारी

 Krishna Shrivastav

वीरगंज । श्रीमतीको जवरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी माग गरेको थियो। सोहीअनुसार सोमबार गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको अदालतका श्रेस्तेदार सुमन पाण्डेले जानकारी दिए। न्यायाधीश गिरीविरुद्ध उनकै श्रीमतीले वैवाहिक करणीको उजुरी कपिलवस्तु प्रहरीमा दिएकी थिइन् । गिरीको अहिले न्याय परिषदमा सरुवा भइसकेको छ। यसअघि न्यायाधीश गिरीकी पत्नी आरती रावलविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । शैक्षिक

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज महानगरले छुट्यायो अतिक्रमणमा परेको गुठी संस्थानको ११ विघा जग्गाको सीमांकन

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाले गुठी संस्थानको ११ विघा जग्गा नाप जाँच गरेर छुट्याइदिएको छ । बुधबार महानगरको सीमामा पर्ने पर्सागढी नगरपालिका वडा नम्वर ४ मा रहेको भेडाहा टोलको करिब ११ विघा १३ कट्ठा जग्गा नापजाँच गरेर छुट्याइएको हो । उक्त स्थानमा गुठीको नाममा करिब एक सय विघा भन्दा बढी जग्गा रहेकोमा बुधबार पहिलो दिन ११ विघा १३ कट्टा जग्गा नापजाँच गरेर छुट्याउनुका साथै किला गाडेर सीमांकन गरिएको हो ।जग्गा छुट्याउन जीपीएस, नक्सा तथा आवश्यक सामग्री सहितको टोली बुधबार फिल्डमा पुगेको थियो । गुठी संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनकपुरमा मेयर कप टी–२० भोलीदेखि हुने

 Krishna Shrivastav

जनकपुर । जनकपुरधाममा भोलीदेखि मेयर कप टी–२० प्रतियोगिता हुने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा कुल १२ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । जनकपुरधाम – १४ रजौलस्थित निर्माणाधिन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा जनकपुरधाम, महोत्तरी र सिरहा, हेटौंडा, रौतहट र बारा, काठमाडौं, सप्तरी र पोखरा तथा विराटनगर, सर्लाही र पर्साका टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई चार समुहमा विभाजन गरि प्रत्येक समूहमा तीन÷तीन वटा टिम राखेर लिग कम नकआउटका आधारमा टी–२० फर्म्याटमा खेलहरु सञ्चालन गरिने जिल्ला क्रिकेट संघ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तरीमा थ्रेसरको पटामा कपाल फँस्दा एक जना घाइते

 Krishna Shrivastav

सप्तरी । सप्तरीमा गहुँ थ्रेसरमा कपाल फँसेपछि एकजना घाइते भएका छन् । जिल्लाको खडक नगरपालिका ८ खेस्राहा बस्ने गुदुर मियाँको श्रीमती करिब ३५ वर्षीया मैहरुम खातुन घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आफनै खेतमा गहु थ्रेसरमा दाउने क्रममा थ्रेसरको पटामा मैहरुमको कपाल फँस्दा टाउको कपाल सहित आधी छाला ताछिएको हुदा उपचारको लागी बिराटनगरतर्फ पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । यता प्रदेश २–०१–००१ त ०२१५ नम्बरको ट्याक्टर सहित थ्रेसर प्रहरी नियन्त्रणमा रहेको तथा चालक फरार भएकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालये जनाएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीबाट स्रोत नखुलेको रकमसहित एक युवक पक्राउ

 Krishna Shrivastav

वीरगंज । स्रोत नखुलेको रकमसहित सर्लाहीबाट एक युवक पक्राउ परेका छन् । जिल्लाको मलंगवा नगरपालिका ८ भन्सार सीमा इलाकाबाट सोमबार करिब ३ लाख २० हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। भारत घर बताउने २७ वर्षीय राकेश कुमार तिवारीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (बिओपी मलंगवा)ले रुपैयाँसहित नियन्त्रणमा लिइएको हो। भारतीय नम्बरको मोटरसाइकलमा सवार तिवारीलाई जाँच गर्दा उनको साथमा फेला परेको रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो। बरामद भएको उल्लेखित रुपैयाँमा १ सय दरको २ सयवटा, ५ सय दरको २ सय ७० वटा र १ हजार दरको १

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिक्किममा हिमपहिरोमा तीन नेपालीको मृत्यु

 Krishna Shrivastav

वीरगंज । सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपालीमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रूपन्देहीकी मुना शाह श्रेष्ठ छन् । तीन नेपाली घाइते समेत भएका छन् । घाइते तीन नेपाली ज्योति गुरुङ, गीता सापकोटा र रमेश खनालको उपचार भइरहेको छ । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए । यसैगरी मृत्यु हुनेमा अन्य चार भारतीय नागरिक बाल सिंह, रेब्या सिंह, शौरभ रोय चौधरी र पृतम माटे रहेका छन् । मंगलबार स्थानीय समयअनुसार दिउँसो १२ः१५ बजे गान्तोक–नाथुला पास जोड्ने नवाहरलाल नेहरू सडकमा गएको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनशक्ति अभावले वीरगंजको नारायणी अस्पताल समस्यामा

 Krishna Shrivastav

वीरगंज । वीरगन्जस्थित नारायणी अस्पताल जनशक्तिको अभाव झेल्दै छ । कुनै समय पर्सादेखि महोत्तरी तथा चितवन र भारतको बिहारको सीमावर्ती गाउसमेतका बिरामीको उपचार गन्तव्य रहेको यो अस्पताल अहिले आफैं जनशक्ति अभावले रुग्ण बनेको छ । नारायणी अस्पतालमा १ सय ९१ दरबन्दी छ ।तर हाल १ सय ६३ जनशक्ति मात्र पदपूर्ति भएको छ । बाँकी पद लामो समयदेखि रिक्त छ । विकास समितितर्फ दरबन्दीभन्दा कम जनशक्ति छन् । समितितर्फ १ सय ३० दरबन्दीमा ८४ स्थायी, ७ करार र ३३ ज्यालादारीमा कार्यरत छन् । आधा दर्जन दरबन्दी खाली छन् । अस्पतालमा ११ औं तहको मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रिक्त छ । दसौं

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 Krishna Shrivastav

वीरगंज । बाराकाे सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादव उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर भएकाे छ । सिम्रौनगढ नगरपालिकाले अनावश्यक रुपमा सफ्टवेयर खरिद गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सिम्रौनगढ नगरपालिकाको आ.व. २०७६।०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सफ्टवेयर खरिद तथा जडान/विस्तार गर्ने कार्यको लागि सफ्टवेयर खरिद गरी प्रयोग नै नगरी सरकारी सम्पत्ति बदनियत पूर्वक हानिनोक्सानी गरेको एवं गराएको देखिंदा निजहरु उपर आराेप पत्र दायर गरिकाे

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बालविवाह गरेको आरोपमा ३ जना पक्राउ

 Krishna Shrivastav

दाङ । दाङमा बालविवाह गरेको आरोप प्रहरीले किशोरकिशोरीसहित तीन जनालाई पक्राउ गरेको छ । चैत १९ गते बिवाह गर्दै गरेको अवस्थामा प्रहरीले मंगलबार दुलाहादुलहीसहित विवाह गराउन सहयोग गरेको आशंकामा एक महिलालाई पनि नियन्त्रणमा लिएको हो । बंगलाचुली गाउँपालिका-४ गहतेराकी १५ वर्षीया किशोरी र वडानम्बर ८ हाँसिपुर स्यालाका १७ वर्षीय किशोर र एक जना महिलालाई नियन्त्रणमा लिएको हो । उनीहरुविरुद्ध बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए । केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गराएको उनले बताए । यसबारे थप अनुसन्धान अघि बढेको उनले जानकारी दिए ।


बारामा आचारसंहिता पालना गर्न काउन्सिलको आग्रह

 Krishna Shrivastav

जनकपुर । मिडिया काउन्सिल (मधेस प्रदेश) ले बारा निर्वाचन क्षेत्र नं २ मा आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको सन्दर्भमा पत्रकार आचारसंहिताको परिपालना गर्न पत्रकार एवं सञ्चारमाध्यमलाई आग्रह गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गरी उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सञ्चारकर्मी एवं सञ्चारमाध्मको महत्त्वपूर्ण भूमिका रहेको भन्दै कुनै पनि दल तथा उम्मेदवारको पक्ष विपक्षमा समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको हो । त्यसैगरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि सचेत रहन आग्रह गरेको छ । “कुनै पनि दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर पक्ष वा विपक्षमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँच जना भ्रष्टाचारी ठहर

 Krishna Shrivastav

धनुषा । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष, कार्यकारी निर्देशकसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले परिषद्का पूर्वअध्यक्ष दीगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह र राजेशकुमार साह, नायब सुब्बा उषा मिश्रा तथा लेखापाल उत्तमराज शर्मा ढकाललाई भ्रष्टाचारी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पाँच जनालाई भारत सरकारको सहयोगमा आठवटा परियोजना ठेक्का लागेकोमा पाँचवटा परियोजनामा अनियमितता भएको भन्दै भ्रष्टाचारी ठहर गर्ने फैसला गरेको हो । विभिन्न परियोजनाको ठेक्का लगाउने क्रममा अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनालाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको जिराभवानीमा बोलेरो पल्टिँदा एक जनाको मृत्यु

 Krishna Shrivastav

पर्सा । पर्साको जिराभवानी गाउँपालिकामा बोलेरो पल्टिँदा एक जनाको मृत्यु भएको छ । बोलेरो चालक ठोरी गाउँपालिका–५ क्षेत्रीलाइनका ३५ वर्षीय नकुल पौडेलको मृत्यु भएको हो । जिराभवानी–१ जगतिया टोलको हुलाकी सडकखण्डमा गएराती साढे १० बजेको समयमा बि आर ०१ पिए २८७६ नम्बरको बोलेरो अनियंत्रित भई पल्टिएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका पौडेललाई उपचारका लागि वीरगञ्जस्थित एल.एस न्युरो अस्पताल ल्याईएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो । बोलेरोमा कति जना सवार थिए भने विषयमा खुल्न नसकेको प्रहरीले जनाएको छ ।


वीरगंज मेयर सिंह एक्सनमा आएपछि, नेपाल टेलिकमले सुरु गर्‍यो सडक मर्मतको काम

 Krishna Shrivastav

वीरगंज । वीरगंज महानगरपालिकाले मंगलबार फोहोर लगेर कार्यालयमै थुपारि दिएपछि दबाबमा आएको नेपाल टेलिकमले खनेर अलपत्र छाडिएका सडक र फुटपाथ बुधबार देखि मर्मत गर्न शुरु गरेको छ । वीरगंजकाे बाइपास सडकमा अप्टिकल फाइबर तार बिछयाउने क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको आक्रोशमा मंगलबार बिहान महानगरपालिकाले शहरबाट संकलित ७ ट्याक्टर फाेहोर श्रीपुरस्थित टेलिकमको प्रादेशीक निर्देशनालय कार्यालय परिसर भित्रै लगेर फालि दिएको थियो । महानगरको उक्त कदमपछि दबाबमा परेको टेलिकमले खनेर छाडिएका सडक र फुटपाथ बुधबार बिहानै देखि मर्मत गर्न थालेको वीरगंजका मेयर राजेशमान सिंहले बताए । मंगलबार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सामा आतंक मच्चाउने पाटे बाघ निकुञ्जको नियन्त्रणमा

 Krishna Shrivastav

पर्सा । पर्साको ठोरी गाउँपालिकाको विभिन्न स्थानमा आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिइएको छ ।बाघलाई चितवन रास्ट्रिय निकुञ्जबाट आएको टोलि,पर्सा रास्ट्रिय निकुञ्ज,नेपाली सेनाको टोलिले नियन्त्रणमा लिएको ठोरि स्थित कुसुमवाटिका उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाखरिनले जानकारी दिए । बाघले पछिल्लो केही दिनदेखि ठोरीमा रहेका किसान् हरुको बाख्रा पाडा मारेर खोर नै रित्तो पार्दै आएको थियोे ।बाघले विभिन्न ठोरिको घ्याङडाडा र माने चोक गाउँमा बाख्राको खोर नै रितो पारी दिएको थियो । निकुञ्जको टोलिले बितेको पाँच दिनदेखि घटना स्थलमा र बाघ हिड्ने स्थानमा क्यामेरा जडान गर्नुका साथै डाक्टरसहितको डाट टोलि परिचालन गरेको थियो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

News

क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

News

ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

News

क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

News

हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह