रौतहटको मौलापुर बजारमा चार वटा औषधि पसल सील

 Krishna Shrivastav

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिका– ५ मौलापुर बजारमा कानून विपरीत रुपमा सञ्चालन रहेको ४ वटा औषधि पसल सील गरिएको छ । सम्बन्धित निकायको अनुमति बेगर सञ्चालनमा रहेको ४ वटा औषधि पसल औषधि व्यवस्था विभाग वीरगंजबाट आएको अनुगमन टोलीले स्थानीय प्रहरीको सहयोगमा बिहीबार सील गरेको छ । औषधि व्यवस्थापन विभागका प्रमुख मुकेन्द्र पँजियार , विभागका फार्मेसी अधिकृत सरफराज अहमद खा ,जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली अनुगमन गर्ने क्रममा मापदण्ड विपरीत सञ्चालन गरेको पाइएको महादेव सेन्ट्रल हस्पिटल ,शांन्ति सेन्ट्रल हस्पिटल ,मौलापुर पोलिक्लिनिक र रोशनी सर्जिकल सील गरिएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दाङमा हेरचाह गर्ने शिक्षकबाटै एसइइ दिने छात्रा माथि करणी

 Krishna Shrivastav

वीरगंज । दाङमा एक शिक्षकले विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ । दाङ शान्तिनगर गाउँपालिका वडा नं. ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले करणी गरेको जाहेरीमा उल्लेखछ । ‘सबै बसेर परीक्षाको तयारी गरिरहेका रहेछन्, त्यही क्रममा शिक्षकले पीडित बालिकालाई काम छ, भन्दै बाहिर बोलाउन भनेछन्’,प्रहरी निरीक्षक केसीले भने‘त्यसपछि पीडितले अहिले पढिरहेको भनिरहदा इमरजेन्सी काम भएको भन्दै बोलाएर

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वन फडानी गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष चौधरी २ लाख धरौटीमा रिहा

 Krishna Shrivastav

बारा । राष्ट्रिय वन क्षेत्र फडानी गरेको आरोपमा पक्राउ परेका कोहल्वी नगरपालिका वडा नं ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी २ लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत बाराले वडाध्यक्ष चौधरीलाई २ लाख धरौटीमा छाड्ने आदेश दिए लगत्तै धरौटी रकम बुझाएर उनी बिहीबार नै छुटेका हुन् । वडाध्यक्ष चौधरीमाथि कोहल्वी नगरपालिका–५ रामवनस्थित राष्ट्रिय वन क्षेत्रभित्र ५ हेक्टर जग्गामा तारवार गरी लगाइएको करिब ९ हजार बिरुवा नष्ट गरेको आरोप लागेको थियो । सो आरोपमा उनलाई डिभिजन वन कार्यालय बाराले २६ दिनअघि पक्राउ गरेको थियो । डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाली सेनामा विभिन्न पदका लागि भर्ना खुल्यो

 Krishna Shrivastav

वीरगंज । नेपाली सेनाले विभिन्न पदका लागि विज्ञापन गरेको छ । निर्देशनालय, जंगी अड्डाले प्राड, प्राविधिक, हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि नेपाली सेनाको भर्ना छनोट आवेदन खुलाएको हो। खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको जनाइएको छ। योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर अनलाइन दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ। अनलाई दरखास्त फारम भरेर रु १० को टिकटसहित स्वयं उपस्थित भई आगामी वैशाख ३० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।


अर्घाखाँचीको मदरसा दर्ता गराउन उपाध्यक्ष मशहूदको पहल

 Krishna Shrivastav

कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले अर्घाखाँची जिल्लामा रहेको मदरसाको अनुगमन गरेका छन् । लुम्बिनी प्रदेशमा रहेको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं २ मा रहेको इस्लामीया अहले सुन्नत नूरी सन्धिखर्क नगरपालिका वडा नं ४ वाग्ला मा रहेको मदरसा अहले सुन्नत अन्जुमनको अनुगमन गरेका छन् । सो अनुगमनमा अकिल मियाँ, सुफी मियाँ, दिलदार हुसेन, अहमद मियाँ, अफजाल मियाँ, जमालदीन मियाँ, अनवर आली, मोदिम मियाँ, सलीम हुसेन, सफर अली मियाँ, सकर मियाँ, सामी मियाँ, टुकुरा मियाँ लगायत संबंधित मदरसाका सरोकारवाला लगायत संग भेटघाट

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भिस्वा र बुडगाई नाकाबाट तस्करी सुरु , प्रहरी प्रमुख मौन, केसी र साह भए मालामाल

 Krishna Shrivastav

पर्सा । राजन कुमार बानिया । प्रहरी प्रशासनकै मिलेमतोमा भिस्वा र बुडगाई नाका बाट तस्करी भइरहेको छ। सङ्गठनले दिएको जिम्मेवारीलाई प्रहरी चौकी भिस्वाका इन्चार्ज सन्तोष केसी र प्रहरी चौकी बुडगाईका इन्चार्ज हरेन्द्र साहले अवैध कारोबार गर्नेहरूसँग साँठगाँठ गरी आर्थिक लाभ लिई तस्करी सुरु गरेको पाइएको छ। पर्साको पश्चिमी दक्षिणी भेगमा पर्ने भारतीय प्रसिद्ध बजार सिकटा संँग जोडिएको भिस्वा बुडगाई सिमानाकाबाट नेपालतर्फ खाने तेल, चिनी, मिठा गुड, गहुँ ,बरान्ड, लगायतका खाद्यान्न, बाइलर कुखुरा, भैंसी राँगा, भारतीय ब्रान्डका रजनीगन्धा, गुट्खा जस्ता सुर्तीजन्य पदार्थ र लत्ताकपडा राजस्व छलेर दैनिक भित्र्याउने गरेको खुलेको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगंजमा बैंककाे चर्काे व्याजकाे विरुद्धमा प्रदर्शन

 Krishna Shrivastav

वीरगंज । बैंक लघुवित, सहकारीकाे ज्यादति र चर्काे ब्याजदरविरुद्ध बिहिबार वीरगंजमा प्रदर्शन भएकाे छ । दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र मानव बचाऊ अभियान कार्यक्रम अन्तर्गत ऋणी व्यपारीहरु प्रर्शन गरेका हुन् । स्थानीय चार्टर्ड एकाउन्टेन्ट अजय चौरसिया र राप्रपाका नेता नरेश साहको नेतृत्वमा घण्टाघरबाट निकालिएको विरोध ¥याली नगर परिक्रमा गरेकाे थियाे । व्यापारी जाेगाउ देश बचाउ, व्याज तिर्नेहरु सडकमा व्याज लिनेहरु महलमा, जे गर्छु नेपाल मै गर्छु, गरी खान देउ, ये सरकार हाम्राे मत के काे लागि थियाे ?, इज्जत लिने अधिकार बैंकलाई कसले दियाे ? लगायतकाे नारा लेखिएकाे

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तरीमा मस्जिदको विषयलाई लिएर कुटाकुट, दुईजना घाइते

 Krishna Shrivastav

सप्तरी । सप्तरीमा मस्जिदको विषयलाई लिएर झै-झगडा हुँदा दुईजना घाइते भएका छन् । बुधबार साँझ शम्भुनाथ नगरपालिका १२ सोनमा बस्ने ५३ वर्षीय शोभराति मिया र ७० वर्षीय ईस्लाम मियाबीच मस्जिदको बिषयलाई लिएर झै-झगडा हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । झै-झगडामा ईस्लाम मियाको शरिरको बिभिन्न भागमा चोट लागेको र स्थानीय मो. फरसुदको छोरा ११ वर्षीय मो. अजादको निधारमा चोट लागेको प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


वीरगंजको सिर्सिया नदि प्रदूषित बनाउने उद्योगलाई कारवाही गर्न सांसद यादवको माग

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । वीरगंजको सिर्सिया नदिलाई प्रदूषित बनाउने उद्योगहरुलाई कारवाही गर्न सांसद प्रदीप यादवले सरकारलाई ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहिवार बसेको बैठकमा सहभागी हुँदै पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य यादवले दर्जनौ गाउँका लाखौँ जनताको स्वास्थ्यमा खेलवाँड गर्ने उद्योगहरुलाई कारवाही गर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाललाई ध्यानाकर्षण गराएका हुन् । नेपाल सरकारका पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले भने, ‘उद्योग मन्त्री पनि मेरै जिल्लाका हुनुहुन्छ, उहाँ पनि यो समस्याका बारेमा राम्रोसँग अवगत हुनुहुन्छ, त्यसैले उहाँकै कार्यकालमा उद्योगीहरुलाई कारवाही हुन्छ र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्म र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशेष यात्रा पनि हुनसक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रका अधुरा कार्यबाट

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित

 Krishna Shrivastav

वीरगंज । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छिन् । बिहीबार राजधानीको टेकुस्थित अम्बे कम्प्लेक्स टेकुमा रहेको इन वान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र नायिका कार्कीले औपचारिक रूपमा ब्रान्ड एम्बेस्डर अनुबन्ध भएको सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त कम्पनीको बेन्को ब्रान्डको फोनलाइ बिगत ५ बर्षदेखि नेपालस्थित अम्बे मोबाइल्सले बिक्रीबितरण गर्दै आइरहेको छ । बेन्को ब्रान्ड बजारको प्रतिस्पर्धी ब्रान्ड मध्य धेरै फिचर भएको सुपथ मुल्यमा उपलब्ध ब्रान्ड भएको कम्पनीको दावी छ । नायिका कार्की १ बर्षलाई अनुबन्धित भएसँगै फोनको सेल्स बढ्ने अपेक्षा कम्पनी

Breaking News, Mobile Phones, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

हुलाकी राजमार्ग कालोपत्रसँगै ठोरीको पहिचान फेरियो

 Krishna Shrivastav

वीरगंज । केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रूपमा रहेको पर्साको ठोरी गाउँपालिका अहिले सुगम हुन पुगेको छ । यतिबेला ठोरी क्षेत्र मधेश प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ । विगतमा सडक सञ्जालको विकास नहुँदा र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको ठोरी अहिले हुलाकी सडक कालोपत्र भएपछि विकासको गतिमा अघि बढेको छ । पूर्वपश्चिम हुलाकी सडक कालोपत्र भएसँगै यहाँका बासिन्दा खुसी भएका छन् । हुलाकी सडकअन्तर्गत पर्साको वीरगञ्जदेखि ठोरीसम्मको सडक कालोपत्र भएपछि उनीहरूलाई सदरमुकाम वीरगञ्जसम्म पुग्न सहज हुनाका साथै हिलो र धुलोबाट मुक्त भएका छन् । “वीरगञ्ज बजारदेखि ठोरीसम्मको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पूर्ण सञ्चालनमा आयो दोर्दी करिडोर प्रसारणलाइन

 Krishna Shrivastav

वीरगंज । लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारणलाइन पूर्णरुपमा सञ्चालनमा आएको छ । २०७८ सालको असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्‍याएका चार वटा टावरको पुनर्निर्माण सम्पन्न गरी बिहीबारदेखस प्रसारणलाइनलाई पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ । प्रसारणलाइन पूर्णरुपमा सञ्चालनमा आएसँगै करिब तीन सय मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको छ । नेपाल विद्युत प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो । बाढीले क्षति पुर्‍याएका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

लागुऔषधसहित ६ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी -१ लाबरबोटेका २३ वर्षीय सरोज याख्खासहित तीनजना र बर्दिया बढेयाताल गाउँपालिका २ फुटाहबाट २४ वर्षीय दिपक विकसहित ३ जना रहेका छन्। अवैध लागुऔषध गाँजा करिब ६ किलोग्रामसहित याख्खाको समूहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस्तै ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-२ बस्ने विकसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कोरियाली प्रायद्वीपलाई आणविक युद्धतर्फ धकेलेको उत्तर कोरियाको आरोप

 Krishna Shrivastav

वीरगंज । कोरियाली प्रायद्वीपलाई अमेरिका र दक्षिण कोरियाले आणविक युद्धतर्फ धकेलेको आरोप उत्तर कोरियाले लगाएको छ। अमेरिका र दक्षिण कोरियाले गरेका संयुक्त सैन्य अभ्यासलाई लिएर प्योङयाङले उक्त आरोप लगाएको हो। संयुक्त सैन्य अभ्यास कोरियाली प्रायद्वीपको शान्ति र स्थायित्वका निम्ति जोखिमपूर्ण भएको र त्यसले आणविक युद्ध निम्त्याउन खोजेको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ। अन्तरराष्ट्रिय सुरक्षा विश्लेषक चो जु ह्योनले संयुक्त सैन्य अभ्यासले प्रायद्वीपको स्थितिलाई विष्फोटक बनाउने प्रयास गरेको केसीएनएलाई बताएका छन्। उत्तर कोरियाले पनि आक्रमक कारबाही गर्नसक्ने चेतावनी उनले दिएका छन्। अमेरिका र उसका सहयोगीहरूले सैन्य उन्माद

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कर विवरण ‘मिसम्याच’ भएका करदाताले लिन सक्नेछन् चैत मसान्तसम्म छुट सुविधा

 Krishna Shrivastav

वीरगंज । विगत आय वर्षमा बुझाएको आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताले यही चैत मसान्त भित्र छुट सुविधा लिन सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । विभागका अनुसार आव २०७७/७८ सम्म आफ्नो कारोबार घोषणा गर्दा वास्तविक कारोबार अंक फरक परेको अवस्थामा चैत २०७९ भित्र प्रत्येक आर्थिक वर्षको वास्तविक कारोबार घोषणा गरी फरक परेको बिक्री रकमको १.५ प्रतिशत मात्र कर बुझाएमा घोषणा गरेकै कर अन्तिम हुने गरी छुट दिएको छ । यो आर्थिक ऐन २०७९ ले दिएको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

काठमाडौं महानगरमा २०८० सालमा २२४ दिन विद्यालय खुल्ने

 Krishna Shrivastav

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । उक्त क्यालेन्डर अनुसार शैक्षिक सत्र २०८० मा २२४ दिन विद्यालय खुल्नेछ ।महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८० मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न र यसै अनुसार आफ्नोे शैक्षिक क्यालेन्डर र शैक्षणिक योजना बनाउन महानगरपालिकाले विद्यालयहरुलाई आग्रह गरेको छ । कार्यतालिका अनुसार बैशाख ३ गतेबाट शैक्षिक सत्र सुरु हुनेछ । गर्मी विदा ८ दिन (असार २२ देखि २९ गतेसम्म), प्रथम त्रैमासिक मूल्याङ्कन (साउन २५ देखि भदौ १ गतेसम्म), असोज २८ गतेदेखि मंसिर १

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नारायणीमा एकतर्फी बनाउन लागिएको तटबन्ध रोक्न २४ घन्टे अल्टिमेटम

 Krishna Shrivastav

वीरगंज । गैंडाकोटमा स्थापित भएको गैंडाकोट बचाऊँ अभियान संघर्ष समितिले भरतपुरस्थित नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा नारायणी नदीमाथिको भागमा हाल नारायणगढतर्फ एक तर्फी रुपमा बनाउन लागिएको तटबन्ध निर्माणको काम तत्काल रोक्न माग गर्दै त्यसका लागि २४ घण्टे अल्टिमेटम दिइएको छ । त्यसो नभएमा संघर्षका कार्यक्रम सुरू गर्ने चेतावनी समेत संघर्ष समितिले दिएको छ । समितिका संयोजक गोकुल सापकोटाले व्यवस्थापन कार्यालयका कर्मचारलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै आउँदो बर्षायाममै गैंडाकोट तर्फ ठुलो डुबान तथा धनजनको क्षति हुने गरी एकतर्फी तटबन्ध बनाउन लागिएकाले त्यसलाई नरोकिए सिंगो गैंडाकोट

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

News

क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

News

ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

News

क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

News

हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह