Krishna Shrivastav
रौतहटको मौलापुर बजारमा चार वटा औषधि पसल सील
Krishna Shrivastav

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिका– ५ मौलापुर बजारमा कानून विपरीत रुपमा सञ्चालन रहेको ४ वटा औषधि पसल सील गरिएको छ । सम्बन्धित निकायको अनुमति बेगर सञ्चालनमा रहेको ४ वटा औषधि पसल औषधि व्यवस्था विभाग वीरगंजबाट आएको अनुगमन टोलीले स्थानीय प्रहरीको सहयोगमा बिहीबार सील गरेको छ । औषधि व्यवस्थापन विभागका प्रमुख मुकेन्द्र पँजियार , विभागका फार्मेसी अधिकृत सरफराज अहमद खा ,जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली अनुगमन गर्ने क्रममा मापदण्ड विपरीत सञ्चालन गरेको पाइएको महादेव सेन्ट्रल हस्पिटल ,शांन्ति सेन्ट्रल हस्पिटल ,मौलापुर पोलिक्लिनिक र रोशनी सर्जिकल सील गरिएको