साथीकै पेटमा दारुको बोतल घुसाएका युवक जेल चलान

 Krishna Shrivastav

रौतहट । आफ्नै मोटर ग्यारेजमा बोलाएर साथीको मलद्वारबाट सिसीको बोतल पेटभित्र पसाएको आरोपमा पक्राउ परेका गुजरा–९ का नसिम खानलाई जिल्ला अदालत गौरले पुर्पक्षका लागि जेल चलान गरेको छ । शल्यक्रियाबाट सिसीको बोतल निकालिएका उनको अवस्था सामान्य छ । चन्द्रपुर १० बाल्चनपुरस्थित समिरको अटो ग्यारेजमा खानले गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीलाई गत फागुन २० गते खाजा खान बोलाएका थिए ।नशालु पदार्थ खुवाई बेहोस बनाएपछि मलद्वारबाट रक्सीको बोतल पेटभित्र पसाएका थिए । त्यसपछि गम्भीर बिरामी परेका मन्सुरीको चितवनस्थित पुरानो मेडिकल कलेजमा चिकित्सकले शल्यक्रिया गरेर सिसीको बोतल निकाले थिए । घट्नालगत्तै खानलाई इलाका प्रहरी चन्द्रनिगाहपुरले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटको ब्यूटीपार्लरमा यौनधन्दा, दुई महिला र एक पुरुष पक्राउ

 Krishna Shrivastav

रौतहट । रौतहटमा ब्यूटीपार्लरमा यौनधन्दा चलाई रहेको रहस्य बाहिरिएको हो । रौतहटको गौर नगरपालिका १ स्थित सञ्चालनमा रहेको साहिबा ब्यूटीपार्लरमा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेपछि यौनधन्दाको रहस्य बाहिरिएको हो । प्रहरीले यौनधन्दामा संलग्न दुई महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको हो । ब्यूटीपार्लर कसले संचालन गरेको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले सो ब्यूटी पार्लरबाट तास पनि बरामद गरेको छ । अगाडी यूवतीको आकर्षक फोटो राखिएको ब्यूटीपार्लरको ब्यानर राखिएको थियो । तर कोठाभित्र ब्यूटीपार्लरको काम नभई कोठामा यौनधन्दाका लागि बेड लगाएको थियो ।


हैदरावादमाथि लखनउले हात पार्याे शानदार जित

 Krishna Shrivastav

वीरगंज । इण्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपरजायन्ट्सले दोस्रो जित दर्ता गरेको छ । श्री अटल विहारी जाजपेयी क्रिकेट स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा लखनउले घरेलु टोलि सनराइजर्स हैदरावादमाथि ५ विकेटको शानदार जित निकालेको हो । हैदरावादले दिएको १२२ रनको सामान्य लक्ष्य लखनउले १६औं ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्याे । उसका लागि कप्तान केएल राहुलले सर्वाधिक ३५ रन बनाए भने क्रुणाल पाण्ड्याले ३४ रनको योगदान गरेका थिए । हैदरावादका लागि बलिङ्गमा आदिल रशिदले २ विकेट लिए भने भुवनेश्वर कुमार, फजलहक फारुकी, र उमरान मलिकले समान एक एक विकेट

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला । कुनै समाचारले मनमा शान्ति छाउनेछ । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छन् । आत्मबल र हिम्मत पनि बढ्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जोशजाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरी प्रहरीको सुरक्षामा रहेको थुनुवा फरार

 Krishna Shrivastav

महोत्तरी । महोत्तरी प्रहरीको सुरक्षाबाट एक थुनुवा फरार भएका छन् । कर्तव्य ज्यान मुद्दाका आरोपी कृष्णा यादव जनकपुरधामस्थित एक अस्पतालको शौचालयको झ्याल फोडेर फरार भएका छन्। यादवको गोडामा समस्या देखिएपछि उपचारका लागि जनकपुरधामस्थित आर्या हस्पिटल ल्याइएकोमा अस्पतालको शौचालय कक्षको झ्याल फोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए।


महोत्तरीमा विंगरको ठक्करबाट मोटरसाइकल सवार युवकको मृत्यु

 Krishna Shrivastav

महोत्तरी । महोत्तरीमा विंगरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका –१ स्थित पूर्व–पश्चिम लोकमार्गमा शुक्रवार बिहान भएको सवारी दुर्घटनामा गौशाला नगरपालिका –९ भरतपुरका २५ वर्षीय मोटरसाइकल चालक मिनेषकुमार कार्कीको मृत्यु भएको बर्दिबास प्रहरीले जनाएको छ । प्र २–०४–००१ प १३२७ नम्बरको मोटरसाइकललाई सर्लाहीबाट यात्रु बोकेर काठमाडौँतर्फ जाँदैगरेको प्र ०३–००१ ज ०२९७ नम्बरको विङगर गाडीले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल भर्ना गरिएको कार्कीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न विङगरसहित सर्लाही हरिवन ५ का २८ वर्षीय चालक नीरज लामालाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे सखुवा प्रसाैनीमा जनप्रतिनिधिहरु विच विवाद

 Krishna Shrivastav

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्टले आफ्नाे भागकाे याेजना समेत गाउँपालिका अध्यक्ष यसवन्त यादवले नै संचालन गरिरहेकाे आराेप लगाएकी छन् । उपाध्यक्ष बिष्टले बिहिबार पत्रकार सम्मेलन गर्दै गाउँपालिका अध्यक्ष यादवले एकलाैटी रुपमा गाउँपालिका चलाइरहेकाे वताइन । उनले नियम विपरित श्री नेरा मावि महुवनकाे प्रअ सरुवा, अनियमित रुपमा कर्मचारी भर्ना र अनावश्यक रुपमा इन्धन खर्च भएकाे समेत वताइन । उनले भनिन् “हामी पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पटक-पटक बैठक संचालन गर्न अनुरोध गर्दा बैठक संचालन नगरेकोले मिति २०७९। १२। २३ मा मेरै अध्यक्षतामा बैठक बसी सुधारको लागि

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराको जीतपुरसिमरामा गर्भवती र सुत्केरी महिलालाई पोष्टिक आहार वितरण

 Krishna Shrivastav

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको एक वडा कार्यालयले गर्भवती र सुत्केरी महिलालाई पोष्टिक आहार अण्डा वितरण गरेको छ । वडा नं.३ को कार्यालयले आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गरि एक–एक क्यारेट अण्डा वितरण गरेको वडा अध्यक्ष तारा बहादुर कार्कीले जानकारी दिनुभयो । वडा सदस्य माया बिकको अध्यक्षतामा भएको कार्यक्रममा सुत्केरी १८ जना र गर्भवती २६ जना महिलालाई अण्डा वितरण गरिएको थियो । ३ महिनादेखि ९ महिनासम्मका गर्भवती महिलालाई दैनिक २ वटाका दरले र सुत्केरी बच्चा जन्मेको दिन देखि ३ महिना पौष्टिक आहार वितरण भईरहेको वडा अध्यक्ष कार्कीले बताउनुभयो । अगामि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गुठी संस्थानको अतिक्रमित ३६ बिघा भन्दा बढि जग्गा खोज्न वीरगन्ज महानगर सफल

 Krishna Shrivastav

वीरगंज । वीरगंज महानगरपालिकाले गुठी संस्थानको अतिक्रमित ३६ बिघा भन्दा बढि जग्गा सिमांकन गरेर किलाखुटी गाडेको छ । वीरगन्ज महानगरका विभिन्न वडा र महानगरसंगै सिमा जोडिएको पर्सागढी नगरपालिका वडा नम्बर ४ मा गरि गुठी संस्थानको नाममा ११३ बिघा भन्दा बढि जग्गा छ । ती जग्गामा विभिन्न व्याक्तिले अतिक्रमण गरि भोगचलन गर्दै आएका छन् । गुठी संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि वीरगन्ज महानगरपालिकाले गत बुधबारदेखि प्राविधिक टिम र आवश्यक जनशक्ति खटाएर जग्गा छुट्याउने काम थालेको हो । शुक्रबार सम्म अतिक्रमित गुठि संस्थानको ३६ बिघा भन्दा बढि जग्गा महानगरपालिकाको टोलीले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजदेखि निर्वाचन आचार संहिता लागू

 Krishna Shrivastav

वीरगंज । आउँदो वैशाख १० गते उपनिर्वाचनका लागि चितवन, बारा र तनहुँमा आजदेखि आचारसंहिता लागू भएको छ ।सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उनीहरुका भ्रातृ सङ्गठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मी, शिक्षक लगायतलाई आचारसंहिता लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्नरगराउन पनि निर्देशन दिएको छ ।केन्द्रीय आचारसंहिता अनुगमन समितिको हिजोको बैठकले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नरगराउन गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय एवं सम्बन्धित जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको आयोगका सहायक

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

संसदको कार्यव्यवस्था परामर्श समितिमा प्रदीप यादव र अजय चौरसिया मनोनित

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । प्रतिनिधीसभा (संसद) को कार्यव्यवस्था परामर्श समितिमा पर्साका सांसदद्वय प्रदीप यादव र अजय चौरसियालाई पनि मनोनित गरिएको छ । प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा यादव र चौरसिया सहित १३ जना सांसदलाइ मनोनित गरेका हुनन् । बिहिबार सबेको प्रतिनिधिसभाको बसेको बैठकमा सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गरेको जानकारी गराएका हुन् । समितिमा कांग्रेसका ६, एमालेका ५, माओवादी केन्द्रका २, जसपा सहित अन्य दल र स्वतन्त्रका १÷१ जना सांसद छन्  । सभामुख, उपसभामुख र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य हुन्छन् । समितिमा

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा ५० रुपैयामै खाना खुवाउने भरपेट भोजनालय सहयोग नजुट्दा बन्द

 Krishna Shrivastav

वीरगंज । पचास रुपैयाँमै पेटभरि खाना खुवाउने वीरगन्जको मुर्लीस्थित भरपेट भोजनालय बन्द भएको छ । करिब १७ महिना सञ्चालन भएपछि खर्च धान्न नसक्दा भोजनालय बन्द भएको हो । गत पुस तेस्रो साता बन्द भएको भोजनालय अझै सञ्चालनमा आउन सकेको छैन । भोजनालय सञ्चालक संस्था सानो पाइलाका कार्यक्रम तथा सेवा प्रमुख रौनकराज सर्राफले बढ्दो महँगीका कारण सञ्चालन लागत बढेपछि भोजनालय बन्द गर्नुपरेको बताए ।साथै, समाजसेवी तथा विभिन्न संघसंस्थाले घोषणा गरेको सहयोग प्राप्त नभएका कारण पनि संकट आएको उनले बताए । ‘भोजनालय चलाउन विदेशी दाता सहयोग दिन तयार थिए, तर हामीले उनीहरूको सहयोग लिन चाहेनौं,’ उनले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आइपिएलमा काेलकाताकाे पहिलाे जित

 Krishna Shrivastav

वीरगंज । भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइटराइडर्सले पहिलो जित निकालेको छ । बिहीबार राति भएकाे खेलमा राेयल च्यालेन्जर्स बैंग्लाेरलाई ८१ रनले पराजित गर्दै काेलकाताले पहिलाे जित हात पारेकाे हाे । काेलकाता स्थित इडेन गार्डेन स्टेडियममा पहिले ब्याटिङ गरेको कोलकाताले सार्दुलकाे उत्कृष्ट ब्याटिङमा ७ विकेट गुमाएर २ सय ४ रन बनाएकाे थियाे ।सार्दुलले २९ बल खेलेर ६८ रन बनाएका थिए । २सय ५ रनको लक्ष्य पछ्याएको बैंग्लोर १७.४ ओभरमै १२३ रनमा अलआउट भएपछि खेल काेलकाताले जितेकाेहाे । बेंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३, विराट कोहलीले

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको विकासमा महानगरलाई साथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वसंग मेयर सिंहको आग्रह

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगर पालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज उघोग वाणिज्य संघको नव निर्वाचित अध्यक्ष सहित पदाधिकारीलाई बुधबार एक कार्यक्रमको आयोजना गरि बधाई दिएका छन् । मेयर सिंहले संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार अग्रवाल पटवारीलाई खादा,माला र फुलेको गुलदस्ता दिएर बधाई दिएका हुन् । यस्तै संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष हरि गौतम , उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष लाठ, कोषाध्यक्ष शिवजी साह कलवाल, सह कोषाध्यक्ष अनोज रुगटा, सचिवद्वय प्रेम चन्द गोयल, शुशान्त चाचान, सह सचिवद्वय नरेश टिवडेवाल र निरज अग्रवाललाई पनि मेयर सिंहले माला र खादा लगाएर बधाई दिए। त्यसअवसरमा संघको नयाँ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटको मौलापुर बजारमा चार वटा औषधि पसल सील

 Krishna Shrivastav

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिका– ५ मौलापुर बजारमा कानून विपरीत रुपमा सञ्चालन रहेको ४ वटा औषधि पसल सील गरिएको छ । सम्बन्धित निकायको अनुमति बेगर सञ्चालनमा रहेको ४ वटा औषधि पसल औषधि व्यवस्था विभाग वीरगंजबाट आएको अनुगमन टोलीले स्थानीय प्रहरीको सहयोगमा बिहीबार सील गरेको छ । औषधि व्यवस्थापन विभागका प्रमुख मुकेन्द्र पँजियार , विभागका फार्मेसी अधिकृत सरफराज अहमद खा ,जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली अनुगमन गर्ने क्रममा मापदण्ड विपरीत सञ्चालन गरेको पाइएको महादेव सेन्ट्रल हस्पिटल ,शांन्ति सेन्ट्रल हस्पिटल ,मौलापुर पोलिक्लिनिक र रोशनी सर्जिकल सील गरिएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दाङमा हेरचाह गर्ने शिक्षकबाटै एसइइ दिने छात्रा माथि करणी

 Krishna Shrivastav

वीरगंज । दाङमा एक शिक्षकले विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ । दाङ शान्तिनगर गाउँपालिका वडा नं. ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले करणी गरेको जाहेरीमा उल्लेखछ । ‘सबै बसेर परीक्षाको तयारी गरिरहेका रहेछन्, त्यही क्रममा शिक्षकले पीडित बालिकालाई काम छ, भन्दै बाहिर बोलाउन भनेछन्’,प्रहरी निरीक्षक केसीले भने‘त्यसपछि पीडितले अहिले पढिरहेको भनिरहदा इमरजेन्सी काम भएको भन्दै बोलाएर

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वन फडानी गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष चौधरी २ लाख धरौटीमा रिहा

 Krishna Shrivastav

बारा । राष्ट्रिय वन क्षेत्र फडानी गरेको आरोपमा पक्राउ परेका कोहल्वी नगरपालिका वडा नं ५ का वडाध्यक्ष नन्दकिशोर चौधरी २ लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत बाराले वडाध्यक्ष चौधरीलाई २ लाख धरौटीमा छाड्ने आदेश दिए लगत्तै धरौटी रकम बुझाएर उनी बिहीबार नै छुटेका हुन् । वडाध्यक्ष चौधरीमाथि कोहल्वी नगरपालिका–५ रामवनस्थित राष्ट्रिय वन क्षेत्रभित्र ५ हेक्टर जग्गामा तारवार गरी लगाइएको करिब ९ हजार बिरुवा नष्ट गरेको आरोप लागेको थियो । सो आरोपमा उनलाई डिभिजन वन कार्यालय बाराले २६ दिनअघि पक्राउ गरेको थियो । डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाली सेनामा विभिन्न पदका लागि भर्ना खुल्यो

 Krishna Shrivastav

वीरगंज । नेपाली सेनाले विभिन्न पदका लागि विज्ञापन गरेको छ । निर्देशनालय, जंगी अड्डाले प्राड, प्राविधिक, हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि नेपाली सेनाको भर्ना छनोट आवेदन खुलाएको हो। खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको जनाइएको छ। योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर अनलाइन दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ। अनलाई दरखास्त फारम भरेर रु १० को टिकटसहित स्वयं उपस्थित भई आगामी वैशाख ३० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।


समाचार
News

बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

News

आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

News

समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

News

वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

News

खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन