लागुऔषधसहित ५ जना पक्राउ

 Krishna Shrivastav

काठमाडाैं । झापा र रुपन्देहीबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । झापाकाे दमक नगरपालिका-४ अडिया महलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय दाम भन्ने सुसन धिमालसमेत तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले उक्त घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ । रूपन्देहीकाे बुटवल उपमहानगरपालिका-९ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ बस्ने ४२ वर्षीय नारायण प्रसाद सिंजापतिसमेत

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना

 Krishna Shrivastav

मोन्टाना । मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिेकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको हो । मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम्युनिष्ट पार्टीबाट जोगाउने उद्देश्यले टिकटकमाथि प्रतिबन्ध लगाइएको स्पष्ट गरेका छन् ।राज्यका मुख्य सूचनाआधिकारीलाई राज्य सञ्जाल र उपकरणहरूबाट उक्त एपलाई पूर्णरुपमा ब्लक गर्न निर्देशन दिएको उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । डिसेम्बर २०२२ मा मोन्टाना सरकारले राज्यका उपकरणमा उक्त एपको प्रयोग वर्जित गरेको थियो ।

Breaking News, कला मनोरंजन, विश्व, समाचार  संग सबंधीत छ |

डन- ३ बाट बाहिरिए शाहरुख खान

 Krishna Shrivastav

मुम्बई । अभिनेता शाहरुख खान बिनाको फिल्म ‘डन’ कस्तो होला ? फिल्म ‘डन’ र ‘डन २’मा प्रमुख भूमिकामा अभिनय गरेका अभिनेता शाहरुख अब ‘डन ३’मा भने नदेखिने भएका छन् । फिल्म ‘पठान’को सफलतामा रमाइरहेका शाहरुखले ‘डन ३’मा अभिनय नगर्ने भएपछि निर्देशक फरहान अख्तर र एक्सल इन्टरटेनमेन्टले शाहरुखको स्थानमा नयाँ कलाकार खोजिरहेको छ । फरहान र एक्सनले शाहरुखको स्थानमा रणवीर सिंह वा ऋतिक रोशन कसलाई लिने भनेर छलफल गरिरहेका छन् । फिल्मबाट शाहरुख पछाडि हटेको समाचार सार्वजनिक भएपछि फिल्मका फ्यानले पनि ऋतिक अथवा रणवीर हुनुपर्ने माग गरेका छन् । कतिपयले रणवीरले

Breaking News, कला मनोरंजन, समाचार  संग सबंधीत छ |

बिनु यादव नौं दिनदेखि माइतीघरमा अनसनरत

 Krishna Shrivastav

काठमाडौं । माइतीघर मण्डलामा अनसन बसेको नौ दिन बितिसक्दा पनि बिनु यादवको मागका बारेमा सरकारले अझै कुनै सम्वोधन गरेको छैन् । प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकासमा ९ दिन देखी न्यायको माग गर्दै अनसनरत यादवको मागका बारेमा सरकारले कुनै सम्वोधन नगरेको हो । ‘आज सत्याग्रहको नवौ दिन न्याय नलिई यहाँबाट नउठ्ने निर्णय गरे’ उनले भनेकी छिन् । ‘माइतीघर मण्डलामा ९ दिन देखी न्यायका लागि अनसनरत छु तर पाल पनि प्रहरीले टाँग्न नदिए पछि खुल्ला आकासमा रात कटाउँदै आएको छु,’ कठायतले भन्दै अाएकी छिन, ‘तर, सरकारले मेरा मागका बारेमा अझै

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सहकारीका सात सय बचतकर्ताले प्रहरीमा कागजात बुझाए

 Krishna Shrivastav

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् । जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिकरुपमै आह्वान गरेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले मङ्गलबार र बुधबार गरी सात सय ३७ बचतकर्ताले प्रहरीमा सम्बन्धित कागजात बुझाएको जानकारी दिए । “यो सहकारीका बिषयमा केन्द्रीय अनुसन्धान ब्युरोले पनि छानबिन गर्दैछ”, उनले भने, “कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हेलमेट नलगाएर मोटरसाइकल चढेका अमिताभ बच्चन र अनुष्कालाई जरिवाना

 Krishna Shrivastav

काठमाडौँ । ट्राफिक जामबाट बच्न अमिताभ बच्चन र अनुष्का शर्माले सोमबार आफ्नो कार त्यागेर बाइकमा लिफ्ट लिएको विषय अहिले चर्चामा रहेको छ । दुवैको भिडियो र तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तर, यो विषयमा अब ट्राफिक प्रहरीले एक्सन लिएको छ । बिना हेलमट अमिताभ बच्चन र अनुष्कालाई बाइकमा चढाएका दुवै बाइकका चालकलाई मुम्बईको ट्राफिक पुलिसले ५-५ हजार जरिवाना गरिएको छ । साथै हेलमेट नलगाएकोमा उनीहरुलाई थप ५००-५०० जरिवाना गरिएको छ भने अनुष्काका चालकको लाइसेन्स समेत नवीकरण नगरेको पाइएपछि थप ५ हजार जरिवाना गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका

Breaking News, कला मनोरंजन, विश्व, समाचार  संग सबंधीत छ |

कोलम्बियामा विमान दुर्घटनाको १७ दिनपछि चार बालबालिका सकुशल फेला

 Krishna Shrivastav

काठमाडौँ । कोलम्बियाको अमेजन जंगलमा एउटा विमान दुर्घटना भएको १७ दिन पछि चार बालबालिका सकुशल फेला परेका छन् । मे १ मा भएको यस दुर्घटनामा तीन जना वयस्क महिलाको मृत्यु भएको थियो । त्यसयता खोजी अभियान चलिरहेको थियो । अहिले दुर्घटना भएको १७ दिनपछि बुधबार चार बालबालिका जीवितै फेला परेको कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो आफैले दिएका छन् । पेट्रोले सेनाले कठिन खोजी अभियान चलायो र आज उनीहरूले विजय प्राप्त गरेको बताएका छन् । उनले यो देशका लागि खुसीको कुरा भएको बताएका छन् । दुर्घटनापछि कोलम्बियाको घना अमेजनमा बुधबार चार बालबालिका

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

सुनसरीमा २२ सय जनाको नि: शुल्क आँखा जाँच

 Krishna Shrivastav

काठमाडौँ । नेपाल नेत्रज्योति संघ, पुर्वान्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगन्ज गाँउपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगन्ज गाँउपालिकामा २ दिने नि: शुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत् २ हजार १ सय ९९ जनाको आँखा परीक्षण गर्दा २४२ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । बुधबार सम्ममा १५४ जना बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकि बिरामी बिरामीहरुको पनि नि: शुल्क शल्यक्रिया गरिने बताउछिन् अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.रक्षा पन्त । जेठ १ र २ गते देवानगन्ज गाँउपालिकामा चलेको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीनदिन छलफल हुने

 Krishna Shrivastav

काठमाडौं । सरकारले पेस गर्ने नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा तीनदिन छलफल हुने भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार सरकारले पेस गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि तीनदिन छलफल गर्ने निर्णय गरेको हो । बैठकले नीति तथा कार्यक्रम माथि जेठ ७, ८ र ९ गते छलफल गर्ने र ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने निर्णय गरेको हो ।


केन्द्रीय हज समितिका अध्यक्ष मियाँ सिंहदरबार भित्रबाटै पक्राउ

 Krishna Shrivastav

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्राक्रणमा प्रहरीको खोजी सूचीमा रहेका केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार मियाँ सिंहदरबार भित्रबाटै पक्राउ परेका हुन् । यस प्रकरणको अनुसन्धानका क्रममा बिचौलियाहरुले हज समितिको नाममा रहेको सरकार गाडी प्रयोग गरेको देखिएपछि मियाँ प्रहरीको खोजी सूचीमा परेका थिए । अनुसन्धानका क्रममा बिचौलियाहरुले समितिको सरकार नम्बर प्लेटको गाडी प्रयोग गरेर काठमाडौँ बाहिर विभिन्न ठाउमा जादै पैसा उठाउने गरेको भेटिएको थियो । यस प्रकरणमा पक्राउ पर्ने उनी १५औं व्यक्ति हुन् ।


भ्रष्टचारीहरुलाई कारबाहीको माग गर्दै वीरगञ्जमा प्रदर्शन

 Krishna Shrivastav

वीरगन्ज । नक्कली भुटानी शरणार्थी लगायतका भ्रष्टचार प्रकरण बारे निष्पक्ष छानबिन गर्न माग गर्दै जनमत पार्टी पर्साले बुधबार वीरगन्जमा धर्ना दिदैं प्रदर्शन पनि गरेका छाे । नक्कली भुटानी शरणार्थी , मधेस सरकारको छात्राहरुलाई साईकल वितरण , छोरी शिक्षा बिमा , पोखरी सौन्दर्यकरण कार्यक्रम लगायतमा भएका भ्रष्टचार प्रकरण बारे सुक्ष्म तरिकाले छानबिन गरेर त्यसमा संलग्न रहेका सबैलाई कारबाही गरि उनिहरुकाे सम्पत्ति जफत गर्नु पर्ने माग गर्दै जनमत पार्टीले प्रदर्शन गरेकाे हाे। प्रदर्शनका क्रममा जनमतका नेता कार्यकर्ताहरुले भ्रष्टचारका घटना बारे छानबिन गरिरहेका प्रहरीलाई खुट्टा नकमाउन आग्रह गर्दै घण्टारमा तैनाथ नेपाल प्रहरीलाई फुल

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सरकारले वीरगञ्जलाई कर असुल्ने शहरका रुपमा मात्रै लिएको गुनासो:मेयर सिंह

 Krishna Shrivastav

वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जकाे व्यपार व्यवसाय र पर्यटन क्षेत्रलाई पुन चलायमान बनाउन नेपालमा भारतीय ५ सय र २ हजार दरका नाेटमाथि लगाईएकाे प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । बुधबार नेपाल भारत उद्योग वाणिाज्य संघ वीरगञ्ज च्याप्टरको पदास्थापन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले यस्तो बताएका हुन् । उनले नेपालमा २५ हजार भन्दाबढि भारतीय रुपैयाँ (भारु) लिएर आउन नपाउने नियमपनि हटाउनु पर्ने बताए । सिंहले भने, ‘जबसम्म यो नियम हट्दैन अर्थात नेपालमा भारतीय मुद्रामाथि लगाईएको कडाई खुल्ला हुदैन तबसम्म वीरगञ्ज क्षेत्रको व्यपार व्यवसाय र यहाँको पर्यटन क्षेत्र पुन: लयमा

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नातिलाई छोरा बनाएर नागरिकता लिएको आरोपमा वडाध्यक्ष सहित २६ जनाविरुद्ध पक्राउ पुर्जी

 Krishna Shrivastav

सप्तरी । सप्तरीमा विवाहीत छोरीका छोरा (नाती)लाई आफ्नो छोरो बनाएर झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाउने कार्यमा संलग्न भएको आरोपमा वडाध्यक्षदेखि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सहित २६ जना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत सप्तरीले राजविराज नगरपालिका– ११ का एक व्यक्तिको नागरिकता बनाउन सिफारिस गर्नेदेखि वडाध्यक्ष, वडासचिव, नागरिकता बनाउने प्रशासकीय अधिकृतसहित प्रशासनका चार कर्मचारी, तीन प्रहरी र स्थानीयसहित २६ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो । राजविराज नगरपालिका– ११ निवासी सूर्यनारायण यादवले विवाहित छोरीका छोरा (नाती) सतिश यादवलाई आफ्नो छोरा भनेर झुटो विवरण पेस

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश प्रदेशसभाको बैठक बस्दै ,वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्रीले प्रस्तुत गर्ने

 Krishna Shrivastav

जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको मधेश प्रदेशसभा सचिवालले जनाएको छ । महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री सञ्जयकुमार यादवले आजको बैठकमा प्रस्तुत गर्ने र त्यसअघि विशेष समयमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो । बैठकअघि यही जेठ २ गते प्रदेशसभाको नवौँ बैठक बसेको थियो ।


इण्डो-नेपाल-बांग्लादेश काँन्कलेव‌ 2023 सम्पन्न पर्सा का पत्रकार गुप्ता र साह सम्मानित

 Krishna Shrivastav

वीरगंज । प्रेस क्लब आँफ आगरा एंव उत्तर प्रदेश जर्नलिस्ट एसोसिएसन द्वारा इण्डो -नेपाल -बांग्लादेश काँन्कलेव‌ 2023 सम्पन्न सम्पन्न भएको छ। उतर प्रदेश स्थित आगराको कलार्क सिरिज होटलमा प्रेस क्लब आँफ आगराको आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि उत्तर प्रदेशका कानुन मन्त्री प्रोफेसर एसपि सिंह तथा सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामा, प्रेस क्लब आँफ आगराका अध्यक्ष अशोक अनहोतरीले संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए। उक्त मीडिया काँन्कलेव -2023 को सम्बोधन गर्दै सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामाले भने प्रेस स्वतन्त्रता भएको अनमोल शब्द हो र निश्पक्ष रुपमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीबाट दुईथान भरुवा बन्दुकसहित तीनजना पक्राउ

 Krishna Shrivastav

वीरगञ्ज । महोत्तरीबाट दुईथान भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन् । वनपथ राष्ट्रिय वन क्षेत्रभित्र शिकार खेल्न गएको बेला हिजो साँझ तीन जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेम बहादुर भोलन र ३८ वर्षीय अमिर स्याङ्तान छन् । लालबहादुर र प्रेम बहादुरको साथबाट भरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा उनीहरु बन्दुक बोकेर सिकार खेलिरहेको जानकारी पाएपछि प्रहरीले पछ्याएको थियो । भाग्ने क्रममा पक्राउ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सा प्रहरीले मालवाहक कन्टेनरबाट लाखौँ मूल्य बराबरको सामग्री बरामद

 Krishna Shrivastav

वीरगञ्ज । पर्सा प्रहरीले मालवाहक कन्टेनरबाट लाखौँ मूल्य बराबरको सामग्री बरामद गरेको छ । प्रहरीले ना ३ ख ७७४१ नम्बरको मालवाहक कन्टेनरबाट झन्डै ६३ लाख मूल्य बराबरको मोबिल तथा विभिन्न खुद्रा सामग्री बरामद गरेको हो । वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको उक्त कन्टेनरमा विलबिजकभन्दा बढि सामान लोड रहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले वीरगञ्ज–१६ बोखार चोकस्थित सडकखण्डमा चेकजाँच गरेको थियो । सोही क्रममा बिलबिजक शंकास्पद देखिएकाले कन्टेनर सहित सामान नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक बिदुर शिवाकोटीले जानकारी दिनुभयो । यसैबिच वीरगञ्जबाट लहानतर्फ जादैँ गरेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको बिन्दबासीनीमा विद्यालयको जग्गा खाली गराउने विषयमा विवाद

 Krishna Shrivastav

वीरगञ्ज । पर्साको विन्दबासीनी गाउँपालिकामा विद्यालयको जग्गा खाली गराउने विषयमा सामान्य विवाद भएको छ । गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको निर्देशनमा विद्यालय र ऐलानी जग्गा खाली गराउने विषयमा स्थानिय गाउँलेले नमानेपछि झडप हुदाँ तनावग्रस्त स्थिती सिर्जना भएको हो । गर्दौलमा विद्यालयको जग्गा २ बिगाहा १ कठ्ठा १५ धुर र गाउँपालिकाको १ बिघा १ कट्ठा ८ धुर ऐलानी जग्गा अतिक्रमणको चपेटामा परेको छ । सोही जग्गा खाली गराउन कार्यपालिकाको बैठकले ११ महीनाअघि नै सूचना जारी गरि निर्देशन दिएको थियो । तर अतिक्रमित उक्त जग्गा हालसम्म पनि स्थानियले खाली नगर्दा झडपको स्थिती बनेपछि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

News

वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या