वीरगंजमा छिन् छिन् मा लाइन कट्ने समस्या तत्काल समाधान गर्न विद्युत प्राधिकरणलाई मेयर सिंहकाे निर्देशन

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगर र यस आसपासका क्षेत्रमा केही हप्ता यतादेखि लगातार रुपमा भइरहेकाे अघाेषित लाेडसेडिङ र ट्रिपीङकाे समस्याले जनजिवनमा पारेकाे असर बारे वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नेपाल विद्युत प्राधिकरणकाे ध्यानाकर्षण गराएका छन् । दुई हप्तायता अत्याधिक रुपमा बढेकाे गर्मीले जनजिवन नै अस्तव्यस्त भइरहेका बेला विद्युत आपूर्तिमा भईरहेकाे समस्याले वीरगन्ज र यस आसपासका वासिन्दा थप पिडित बनेका छन् । वीरगन्ज महानगरका मेयर सिंहले मंगलबार नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार देउवालाई भेटेर विद्युत आपूर्तिमा देखिएकाे समस्या र त्यसबाट जनजिवनमा परेकाे असरबारे ध्यानाकर्षण गराएका हुन् । वीरगन्ज

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारी वर्षा र बाढीले मध्य जापानमा तीनजनाको मृत्यु, ९९० घर ध्वस्त

 Krishna Shrivastav

वीरगंज । जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएअनुसार मध्य जापानको आइची र शिजुओका प्रान्तहरूमा आँधी र भारी वर्षाका कारण व्यापक क्षति पुगेको छ । यहाँ पुनस्र्थापना कार्य अझै जारी छ । राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार यसअघि बेपत्ता भएका इवाता सहरका ७४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको पुष्टि भएको छ । उनको शव आइतबार शिजुओका प्रान्तको फुकुरोईको तटमा फेला परेको थियो । योसँगै बाढीबाट मृत्यु

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नवलपरासीमा दम्पत्तिको हत्या

 Krishna Shrivastav

वीरगंज । नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पत्तिको विभत्स हत्या भएको छ । गाउँपालिकाको वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिए । उनीहरुको सोमबार राति हत्या भएको हो । उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सिलवालल बताए । उनीहरुको घर गाउँकै बैरिहवामा छ। घरमा छोरीछोरीहरु बस्दै आएका थिए । उनीहरु भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए । सोही गोठमा उनीहरुको हत्या भएको हो । हत्या

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बालबालिकालाई श्रममा राखे कारबाही गर्ने महानगरको चेतावनी

 Krishna Shrivastav

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालबालिकालाई श्रममा नराख्न आग्रह गरेको छ । कानुनले १४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि प्रकारको बालश्रममा लगाउन नपाइने जनाएको छ । १८ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन प्रतिबन्ध गरेकाले कानुनको पालना गर्न महानगरले आग्रह गरेको छ । कानुनको उल्लंघन गर्दै बालबालिकालाई श्रममा राखेको भएमा सोको जानकारी १५ दिनभित्र महानगरपालिका अन्तर्गतको सामाजिक विकास विभागलाई जानकारी गराउन महानगरले आग्रह गरेको छ । कानुन विपरीत रहने गरी कसैले होटेल, ग्यारेज, सवारीसाधन कारखाना आदिमा बालश्रम गराएको पाइएमा महानगरले कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइनेसमेत जनाएको छ ।


हुम्लामा भीरबाट लडेर युवकको मृत्युु

 Krishna Shrivastav

वीरगंज । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भीरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ । आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भीरबाट लडेर अदानचुली–१, कल्खे गाउँका दानीको मृत्युु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए । कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटेलमा नपुुगेपछि परिवारका सदस्यले दानीको सोधखोज गरेका थिए । खोजी गर्ने क्रममा सोमबार बिहान दानी मृतावस्थामा दोमुखनजिक भेटिएको स्थानीय परबहादुर थापाले बताए । दानीले दोमुखमा होटेल सञ्चालन गर्दै आएका थिए । दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडागीत

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चन्द्रनगर गापामा तोडफोड २० विद्यार्थी पक्राउ

 Krishna Shrivastav

वीरगंज । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको कार्यालयमा विद्यार्थीहरुले सोमबार तोडफोड गरेका छन् । उनीहरुले शिक्षकको माग गर्दै कार्यालयमा तोडफोड गरेका छन् । २० जना प्रदर्शनकारी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । उनीहरुलाई साँझ रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले पक्राउ परेका सबै विद्याथीलाई मुक्त गरिएको बताए । ‘विद्यार्थी र गाउँपालिकाका पदाधिकारीबीच मंगलवार छलफल हुने सहमति भएको छ ।’ उनले भने, विद्यार्थीहरुले राखेका माग असान्दर्भिक छैन् ।विद्यार्थीको भविष्य जोडिएकाले पठनपाठनमा पालिकाले ध्यान दिनुपर्नेमा उनले जोड दिए । सीटीभीइटीद्वारा सञ्चालित पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुले शिक्षक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल मुस्लिम संघ धनुषाका सभापति इबराहिम राइन लखेटिए

 Krishna Shrivastav

वीरगंज । नेपाल मुस्लिम संघ धनुषाका सभापति इबराहिम राइन लखेटिएका छन् । पार्टीको कारबाहीमा परेका उनले सोमबार गोप्यरुपमा संघकै क्षेत्रीय अधिवेशन गर्दा लखेटिएका छन् । सोमबार महेन्द्रनगरस्थित क्षेत्रीय पार्टी कार्यालयमा नेपाल मुस्लिम संघ धनुषा निर्वाचन क्षेत्र ४ को अधिवेशन उनले गोप्य रुपमा गर्न खोज्दा उनलाई प्रदेश सांसद कुमरकान्त झाको नेतृत्वमा गएको टोलीले भगाएका थिए । सो मुस्लिम संघ नेपाली कांग्रेस निकट भातृ संगठन रहेको छ । उनले गत मंसिरमा भएको निर्वाचनमा पार्टीसँग अन्तर्घात गरेका थिए । त्यसपछि उनीसहित चार जनालाई पार्टीले अनुशासन विपरीत काम गरेको भन्दै गत मंसिर १९ गते

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतकाे मणिपुरमा फेरि हिंसा भड्कियाे, ३ जनाकाे ज्यान गयाे

 Krishna Shrivastav

वीरगंज । भारतकाे मणिपुर राज्यकाे पश्चिमी इम्फाल जिल्लाकाे कांगचुप क्षेत्रमा साेमवार फेरि हिंसा भड्किएकाे छ । दुई वटा सशस्त्र समूहकाे बीचमा भएकाे गाेलीबारीमा तीन जनाकाे ज्यान गएकाे र अन्य चार जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार इम्फालकाे अस्पतालमा उपचार भइरहेकाे छ । मणिपुरमा भएकाे हिंसाकाे छानबिनका लागि केन्द्र सरकराले गुवाहाटी उच्च अदालतका पूर्वमुख्यन्यायाधीश अजय लाम्बाकाे अध्यक्षतामा आइतवार एक आयाेग गठन गरेकाे छ । मणिपुरमा मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका थिए । मेइतीको मागमा त्यहाँका जनजातिहरू नागा र कुकीले विरोध गरेपछि जातीय

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनगढीका लागि उडान भरेको श्री एयरलाइन्सको जहाजमा समस्या, पुनः काठमाडौंमै अवतरण

 Krishna Shrivastav

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडान भरेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या आएपछि पुनः काठमाडौंमै अवतरण गरिएको छ । आज (मंगलबार) विहान सुदूरपश्चिको धनगढी उडेको उक्त एयरलाइन्सको जहाजमा समस्या आएपछि पुनः काठमाडौंमै अवतरण गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘प्रेसराइज फेल’ भएपछि जहाजलाई काठमाडौं नै अवतरण गरिएको छ । धनगढीका लागि उडान भरेको जहाज प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फिर्ता आएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । जहाज काठमाडौंमा सुरक्षित अवतरण गरिएको छ ।


छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने यी ३४२ विद्यालयको अनुमति रद्द गर्दै महानगर

 Krishna Shrivastav

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन आनाकानी गर्ने ३४२ विद्यालयको सूची सार्वजनिक गरेको छ। कमनपाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो। ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ। महानगरपालिकाले छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने विद्यालयहरुको सूची सार्वजनिक गर्दै अनुमति रद्द गर्ने चेतावनी दिएको छ । मंगलबार एक सूचना प्रकाशन गर्दै महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयमाथि कानूनी कारबाहीकाे प्रक्रिया अघि बढाउने बताएको हो ।


मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु टिपर चालक फरार

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेशकाे सप्तरी जिल्ला बलान बिहुल गाउँ पालिकाकाे वडा न. ४ स्थित टोल बेल्ही घर भएको अन्दाजी वर्ष २४ को संजय कुमार यादव हुलाकी राजमार्ग हुदै सिरहा बाट घर तर्फ जादै गरेको बेला यादव सवार मोटरसाइकल टिपरको ठक्करबाट दुर्घटनामा परी घटना स्थलमै मृत्यु भएको छ भन्ने टिपरको चालक टिपर लिएर फरार भएका छन् । घटना स्थलमै मृत्यु भएको वर्ष २४ का संजय कुमार यादव निज नेपाल प्रहरीको प्रहरी जवान पदमा कार्यरत समेत रहेको थियो । यादवको मोटरसाईकलमा टीपरले ठक्कर दिई फरार भएको जानकारी भएको छ । सो घटना

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतको गुजरातमा क्रिकेटको बल टिपेको भन्दै दलितमाथि कुटपिट, औंला काटिदिए

 Krishna Shrivastav

वीरगंज । गुजरातको पाटन जिल्लामा एक दलित पुरुषमाथि कुटपिटको घटना सार्वजनिक भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार स्थानीय पुलिसले भतिजाले खेलको क्रममा क्रिकेट बल उठाएको भन्दै क्रिकेट खेलिरहेका मानिसको समूहले एक दलित व्यक्तिलाई कुटपिट गरेको बताएको छ। एफआईआरका अनुसार उनीहरुले धम्की दिएका थिए र जातीय आधारमा गाली पनि गरेका थिए। बल टिप्ने बालकका काका धीरज परमारले आपत्ति जनाएपछि यो विषय तत्कालका लागि रोकिएको थियो। तर त्यही साँझ धारिलो हतियारसहित आएका सात जनाको समूहले परमार र उनका भाइ कीर्तिमाथि आक्रमण गरे। एकजना अभियुक्तले कीर्तिको औँला काटेर गम्भिर घाइते भएका छन्। एफआईआर

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पानी पार्न भ्यागुतोको विवाह : २५ जन्ती, १२ सय खर्च

 Krishna Shrivastav

वीरगंज । दुधौली नगरपालिका– ४ डकाहाबाट सोमबार २५–३० जनाको समूह भाँडाकुँडा र डोलीसहित कमला खोलातर्फ प्रस्थान गरे । मानिसहरूको भिड लाग्यो । केही समयपछि खोलामा जम्मा भएका मानिसहरू पूजाआजा गर्दै एकजोडी भ्यागुताको खोजीमा लागे । लामो समयदेखि खडेरी परेकाले अन्नबालीसमेत सुक्न थालेपछि भ्यागुतोको विवाह गरेमा पानी पर्छ भन्ने जनविश्वासका साथ भ्यागुतालाई सिँगारपटार गरी डोलीमा चढाइयो । ब्राह्मणहरूले वैदिकमन्त्र पाठ गरी रुद्रीपूजा गरी धुमधामसँग भ्यागुताको विवाह गरिदिए । एकजोडी कुमार केटाले विवाहित भ्यागुतालाई डोलीमा राखी कमला खोलामा बगिरहेको पानीमा पुर्‍याए । त्यसपछि ब्राह्मणहरूले भ्यागुतोको जोडीलाई डोलीबाट उतारी पानीमा छोडिदिए । लामो समयसम्म पानी नपरेका कारण रुद्रीपूजा आयोजना गरी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रूसी रेडियो स्टेशनहरू ह्याक, राष्ट्रपति पुटिनको नक्कली सन्देश बज्यो

 Krishna Shrivastav

वीरगंज । रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन्। रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ। ह्याकिङ दक्षिणपश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ। किभले यस्ता गतिविधिहरूले लामो-अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ। नक्कली सन्देश विभिन्न सामाजिक सञ्जालमा प्रसारित भएका थिए। रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकहरूलाई आफू बसेको ठाउँ खाली गर्ने घोषणा गरेको छ। ‘यो वास्तवमै ह्याक थियो,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भने।

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा

 Krishna Shrivastav

नयाँ दिल्ली । शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट सोमबारदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले भारतमा दशकौंपछि भएको घातक रेल दुर्घटनाको कारण सिग्नल प्रणालीसँग जोडिएको समस्याका कारण भएको बताएका छन् । भारतको पूर्वी राज्य उडिसाको बालासोर नजिकै भएको दुर्घटनामा २७५ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । अधिकारीहरूले सुरुमा मृत्यु हुनेको सङ्ख्या २८८ रहेको बताएका थिए, तर उडिसा राज्य सरकारले केही शवहरू गलत तरिकाले दुई पटक गणना गरिएको भन्दै मृतकको संशोधित सङ्ख्या २७५ भएको पुष्टि गरेको छ

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट दीगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोतसाधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ लक्षित हुने यसअघि प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको मौसम : तराईमा ‘लु’, पहाडमा चट्याङको सम्भावना

 Krishna Shrivastav

वीरगंज । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकारण अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसोपख देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ–गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले नियमित बुलेटिनमार्फत बताएको छ। रातिपख पनि देशका पहाडी भूभागमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

News

अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

News

सिरहामा १८ प्रतिशत धान रोपाइँ

News

प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

News

सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि