Krishna Shrivastav
सीमावर्ती बजार रक्साैलमा भारु भन्दा नेरु बलियाे
Krishna Shrivastav

वीरगंज । ५ महिनाको अन्तरालपछि नेपाल तथा भारतका सीमावर्ती बजारहरूमा फेरि भारतीय रुपैयाँ (भारु)को तुलनामा नेपाली रुपैयाँ (नेरु) बलियो भएको छ । दुई सातायता वीरगन्ज र सीमावर्ती भारतीय बजार रक्सौलमा समेत नेपाली रुपैयाँको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हो । वीरगन्जका व्यापारीहरूले हाल पनि ग्राहकबाट सकेसम्म भारु लिन मानिरहेका छैनन् । सामान्य अवस्थामा सबैभन्दा बढी भारु लेनदेन हुने वीरगन्जका प्रायः सबै पेट्रोल पम्पले अहिले सूचना नै टाँसेर भारु नलिने बताएका छन् । भारत सरकारले हालै २ हजार दरको भारु नोटबन्दी गरेपछि पनि वीरगन्जका व्यापारीहरू भारुमा विनिमय गर्न हच्किएको हुन सक्ने