कानु समाज नेपालको पहिलो बैठक सम्पन्न

 Krishna Shrivastav

वीरगंज । आज बीरगंज स्थित शिवपार्वती अतिथि सदन घडिअर्वा, अशोक वाटिकामा कानु समाज नेपाल पर्साको बैठक सम्पन्न भएको छ । बैठकबाट विभिन्न बुँदाहरुमा छलफल गरिएको छ जसमा सल्लाहकार समितिमा समाजका पुर्व अध्यक्षमा रामबाबु प्रसाद साह, भरत साह कानु, अकिलेश साह कानु, प्रभेन्द्र साह कानु लाई सल्लाहकारमा मनोनित गरिएको छ भने जिराभवानी गाँउपालिकाका कृष्ण मोहन साहलाई र छिपहरमाई गाउँपालिकाका रामेश्वर साह कानुलाई सदस्यमा मनोयन गरिएको छ । भने बीरगंज महानगरपालिकाको नगर अधिवेशन तयारी कमिटि सोनालाल गुप्ताको संयोजक्तवमा ११ सदस्यीय समिति गठन गरिएको छ । सदस्यमा वडा नं. ४ का जगत साह

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्व.रंजन बाबु कानु र विवेक कलवार सम्झानामा श्रद्धाञ्जली सभा सम्पन्न

 Krishna Shrivastav

वीरगंज । कानु समाज नेपाल पर्साको आयोजनामा स्व.रंजन बाबु कानु र विवेक कलवार सम्झानामा आज वीरगञ्ज महानगरपालिका वडा नं १० घडिअर्वा आशोकवाटी स्थित शिवपार्वती अतिथि सदनको सभाहलमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिका छपकैया वडा नं १ का नौ दस जना युवाहरु को समुह बाबा केदारनाथ दर्शन गरि ऋषिकेश फर्किने क्रममा भएको दुर्घटनामा परी यही जेष्ठ १८ गते का दिन विवेक कलवार घटनास्थलमै मृत्यु भएको थियो भने आई सियु मा भर्ना रहेका रन्जन गुप्ता मृत्यु भएको । सो कार्यक्रमका प्रमुख अतिथि कानु समाज नेपालका केन्द्रीय अध्यक्ष किशोरी प्रसाद साह

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा नि:शुल्क पानी बितरण

 Krishna Shrivastav

वीरगंज । इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलले नि:शुल्क पानी बितरण गरेकाे छ । वीरगंजकाे घन्टाघर, माइस्थान, संक्रचार्य गेट सम्म पन्द्र सय भन्दा बढीलाई नि:शुल्क पानी बितरण गरिएकाे इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलका अध्यक्ष आलोक यादवले जानकारी दिए । केही दिन यता लगातार बढेको तापक्रमका कारण देशभरको जनजीवन प्रभावित भएकोले हरेक प्राणीका लागि पानी अत्यावश्यक भए पनि विभिन्न ठाँउ चापा कलहरु सुकेका कारण सहज रुपमा पानी नपाउने भएकाले निःशुल्क पानी वितरणको अभियान थालिएको उनले बताए । पानी वितरण कार्यक्रममा प्रकाश डान्स स्टुडियोका अध्यक्ष प्रकाश कर्णले आर्थिक सहयोग गरेका थियो भने क्लबका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्जका युवा अभियन्ता स्व.कलवारकाे स्मृतिमा ३१ जनाले गरे रगतदान

 Krishna Shrivastav

वीरगंज । वीरगन्जमा शनिबार सानवी फाउन्डेसन अफ नेपालले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ३१ जनाले रगतदान गरेका छन् । आदर्शनगरस्थित मधुशाला फेमिली रेष्टुरेन्टमा आयाेजित रक्तदान कार्यक्रममा १ महिलासहित ३१ जनाले रगतदान गरेका हुन् । रगतदान गर्नेहरुमा विवेक कुमार झा, विवेक साह, सशांक सिंह, युवराज गुप्ता, मल्बिन्दर कौर, ओमप्रकाश गुप्ता, अमरदिप साह, गोविन्द रौनियार लगायतका रहेकाे नेपाल रेडक्रस साेसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए । सानवी फाउन्डेसन अफ नेपालकी अध्यक्ष सानु गुप्ताको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जले प्राविधिक सहयाेग गरेकाे थियाे । वीरगन्जका युवा अभियन्ता स्वर्गीय विवेक कलवारकाे सम्झनामा रक्तदान

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको छुट्टाछुट्टै स्थानमा आयोजित रक्तदानबाट १ सय ८६ पोका संकलन

 Krishna Shrivastav

वीरगंज । वीरगंजको छुट्टाछुट्टै स्थानमा आज सम्पन्न रक्तदान कार्यक्रमबाट १ सय ८६ पोका रगत संकलन भएको छ । साहिब दरबार वीरगञ्ज र सानवी फाउण्डेसन अफ नेपालले आयोजना गरेको कार्यक्रमबाट उक्त पोका रगत संकलन भएको हो । साहिब दरबार वीरगञ्जद्वारा जैन धर्मशालामा आयोजित कार्याक्रममा ८ जना महिलासहित १ सय ५५ जनाले रक्तदान गरेका थिए । गर्मीका कारण रक्तदान गर्ने दाताहरुमा कमी आएकाले रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव रहेको केन्द्रका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो । जसका कारण वीरगञ्जको विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई समस्या भईरहेको छ । रगतको अभाव पूर्ति होस् भन्ने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गर्मी बढेसँगै तराई मधेसमा आँखाका विरामी बढ्यो

 Krishna Shrivastav

वीरगंज । तराई मधेसमा तीन सातादेखि बढेको गर्मीका कारण महोत्तरी जिल्लामा आँखा रोगीको संख्यामा वृद्धि भएको छ । जलेश्वरस्थित आँखा तथा कान उपचार केन्द्रका अनुसार अत्यधिक गर्मीका कारण आँखाका बिरामीको संख्यामा तीन सातादेखि प्रत्याशित रुपमा वृद्धि भएको छ । केन्द्रका प्रमुख दृष्टि विशेषज्ञ डा वीरेन्द्रकुमार यादवले अहिले गर्मीका कारण आँखामा एलर्जी, आँखा पाक्ने, आँखा सुक्खा हुने, आँखा पाक्ने, आँखा चिलाउने, आँखा पोल्नेलगायत समस्या लिएर बिरामी आउन थालेका जानकारी दिए ।उनका अनुसार केन्द्रमा अहिले औसतमा ७० जनासम्म आँखाका बिरामी उपचारका लागि आउने गरेका छन् । डा. यादवले आँखामा हुने विभिन्न समस्याको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रभू साह नेतृत्वको आजपाले मधेशमा भईरहेको लुट भ्रष्टाचार विरुद्ध प्रतिकार गर्ने

 Krishna Shrivastav

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेश प्रदेशमा भईरहेको भागबण्डा र बिक्री वितरण सहितको भ्रष्टाचार रोकन जनसंघर्षको अपरिहार्य आवश्यकता रहेकाे उनले बताए । धनुषाको जनकपुरमा आज आम जनता पार्टीले राखेको राखेको अगुवा कार्यकर्तासंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले भने हिजो मधेश सरकारले ल्याएको बाँड्ने,चाट्ने र लुट्ने बजेटको विरोध गर्ने समेत निर्णय गरेको छ । अध्यक्ष साहले भने यो बजेट आम जनताको नभएको समेत उहाँले आरोप लगाएका हुन्। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४४ अर्ब ११ करोड ४६ लाख

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बृद्धा पेन्सनको रकम नदिएपछि आफ्नै आमाबुबालाई छाेराले कुटपिट अस्पतालमा भर्ना

 Krishna Shrivastav

वीरगंज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत महेन्द्रनगर वडा नम्बर ७ दुर्गाचौकमा बस्दै आएको एक परिवारले नेपाल सरकारले प्रदान गर्ने बृद्धा पेन्सनको रकम नपाएपछि आफ्नै आमाबुबालाई निर्घात कुटपिट गरेका छन् । बिहिबार करिब १२ बजे बुबा रामअशिष साह लहेरी र आमा सरस्वती देवी बिहानको खाना खाईरहेको बखतमा बुद्धा पेन्सनको रकम बाकसबाट निकालेर नयाँ ताल्चा कसले लगाएको र किन लगाएको भनी घरपरिवारमा कुरा राख्दा त्यसै बखत साह दम्पतिलाई उनकै छोरा रामखेलाबन साह लहेरी र बुहारी जनक देवीले एक—एक चडकन गालामा हिर्काएका थिए । त्यसपछि बिस्तारै कुरा बढ्दै गएपछि रामखेलाबन साहका जेठो छोरा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजका सरकारी स्कुलमा ५ गतेसम्म बिदा थप, निजि आइतबारदेखि खुल्ने

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । दिनहुँ बढ्दै गइरहेको गर्मी कम नभएपछि वीरगंज महानगरपालिकाले सामूदायिक विद्यालयहरुमा थप ३ दिनका लागि विदा दिएको छ । यसअघि बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै सुरुमा जेष्ठ १९ गतेदेखि जेष्ठ २६ गतेसम्म र त्यसपछि जेष्ठ २८ देखि असार १ गतेसम्मका लागि बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको थियो । तर यसबीच पनि गर्मी कम नभएपछि शुक्रबार एक सूचना जारी गरेर वीरगंज महानगरपालिकाले महानगरमा रहेका सबै सामूदायिक विद्यालयहरु थप ३ दिन अर्थात अषाढ ३

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सात दिने महिला जनजागरण सशक्तिकरण कार्यक्रमको आज उदघाटन सम्पन

 Krishna Shrivastav

वीरगंज । मनोज गुप्ता । सामाजिक विकाश सेवा समिती द्वारा महिला जनजागरण सशक्तिकरण कार्यक्रमको आज विश्रामपुर गाउँपालिका वडा नं ४ बलिरामपुरमा आज कार्यक्रमकाे उदघाटन सम्पन भयेको छ।यस कार्यक्रम पूर्व भौतिक तथा यातयात मन्त्री जितेन्द्र सोनल द्वारा कार्यक्रमको उद्दघाटन गरिएको थियो। यस कार्यक्रममा विश्रामपुर गाउँपालिकाको अध्यक्ष जुबेर भाई ( जुल्फकार अलि भूटो) ले आफ्नो मन्तब्य राख्दै महिलालाई देवी को दर्जा किन दिइन्छ, महिला लाई कसरी आफ्नो विकास गर्न सक्छन , अहिले को समयमा शिक्षा किन आवस्यक छ यस बारे विभिन्न किसिमका आफ्ना भनाइहरु राखेका थिए। सामाजिक विकाश सेवा समितीले २९२००० दुई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रदेश सरकारको बजेट विगत झै बाँड्ने,चाट्ने र लुट्ने खालकै देखियो : प्रभू साह

 Krishna Shrivastav

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । त्यो वजेट आम जनताको लागी काम न लाग्ने मदेश प्रदेश सरकारका आसेपासे विगत कै वर्ष देखी लुट्ने सजिलो हुने तरिकाले ,प्रदेश सरकारको बजेट विगत झै बाँड्ने,चाट्ने र लुट्ने खालकै जस्तो देखिएको आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष प्रभू साह ठम्याई रहेको छ। आफ्नो अधिकारीक समाजिक सञ्जाल फेसबुक मार्फत विरोध जनाएका हुन्। प्रदेश सरकारले आज चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख रुपैयाँ (४१.३० प्रतिशत), पुँजीगततर्फ २५

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीको बरहथवामा आगलागीबाट दुई घर जलेर नष्ट

 Krishna Shrivastav

वीरगंज । सर्लाहीको बरहथवा नगरपालिका–१४ सैतपुरमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो साढेतीन बजे अचानक भएको आगलागीबाट सुरेन्द्र महतो र नथुनी राउतको घर जलेर नष्ट भएको हो । महतो र राउतको घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडालगायत सामान र ६ वटा बाख्रा जलेर पूर्ण रुपमा नस्ट भएको छ । सिचाइ गर्ने ईलेक्ट्रिक मोटरको सहायतामा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहदा मलंगवा नगरपालिकाको दमकल आएपछि आगोलाई पुर्णरुपमा नियन्त्रणमा लिइएको हो । मलको थुप्रो (मानी) बाट सल्केको आगोले दुई घर जलेर नस्ट भएको प्रत्यक्षदर्शीले बताए ।


रौतहटमा करेन्ट लागेर २ युवकको मृत्यु

 Krishna Shrivastav

वीरगंज । बौधीमाई नगर क्षेत्रमा करेन्ट लागेर गए राति २ जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बौधिमाई ५ को पवा गाउँका वर्ष २५ का अरुण साह र वर्ष २६ को सिताबी पण्डित रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए । शुक्रबार राति साढे ८ बजे घरको आँगनमा रहेको ट्युबवेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुण साहलाई विद्युत् प्रवाह भएर करेन्ट लागेको थियो। करेन्ट लागेका साहलाई सँगै रहेका पण्डितले बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेर दुवै जना अचेत भएका थिए। तत्काल दुवै जनालाई उपचारको लागि प्रादेशिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेसका किसानलाई कार्ड वितरण र निःशुल्क विद्युत

 Krishna Shrivastav

वीरगंज । मधेस प्रदेश सरकारले किसानलाई कार्ड वितरण गर्दै विदेश भ्रमणका लागि बजेट विनियोजन गरेको छ । ‘हरेक खेतमा पानी, किसानलाई आम्दनी’ अभियानअन्तर्गत सिँचाइका लागि नि:शुल्क विद्युत् सेवा उपलब्ध गराउन ४० करोड रुपैयाँ आगामी आर्थिक वर्षकाे बजेटमा मधेस सरकारले विनियोजन गरेको छ । मधेस प्रदेशको कल्चर एग्रिकल्चर भएकोले यहाँका युवालाई कृषिमा लाग्न प्रोत्सान गर्ने, मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि १५ करोड, नमुना कृषि खेतीका लागि १० करोड, कृषिमा आत्मनिर्भर हुन १० वर्षे गुरुयोजना बनाउन ५० लाख, डिप बोर्डिङ सञ्चालन गर्न ३० करोड, कृषिउपज बजार सेड निर्माणका लागि २ करोड ४०

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । भक्ति र सेवा भाव बढेर जानेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सहकर्मीबाट विरोध आउन सक्छ । यात्रामा मालसामान पनि हराउन सक्छ, तर धनार्जनका नयाँ स्रोतहरू भने पत्ता लाग्नेछन् । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक यात्रा रहनेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्यमा सरिक

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

साथीको हत्या गरी फरार अभियुक्त पक्राउ

 Krishna Shrivastav

वीरगंज । रुपन्देही प्रहरीले साथीको हत्या गरेको आरोपमा ज्ञानबहादुर कुँवरलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका(१६ पूर्वबहियामा बस्ने साथी सुमन कुँवरको गत मङ्गलबार हत्या गरी नवलपरासी बर्दघाट (सुस्ता–पश्चिम) सुनवल नगरपालिका–७ का ज्ञानबहादुर फरार भएका थिए । अभियुक्त ज्ञानबहादुर मृतक सुमनको घरमा बस्दै आएका थिए । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार मङ्गलबार साँझ करिब ७ बजेको समयमा उनीहरुबीच आपसी विवाद भएपछि अभियुक्त कँवरले चापाकलको ह्याण्डलले टाउकोमा प्रहार गरी हत्या गरेको र त्यसपछि उनी फरार भएका थिए । तिलोत्तमा नगरपालिका वडा नं। १६ पुर्व बहियामा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नक्कली शरणार्थी प्रकरण : खाँड र रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

 Krishna Shrivastav

वीरगंज । जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँड ,टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतका न्यायाधीश न्यौपानेको इजलासले शुक्रबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँड तथा बहालवाला सचिव (निलम्बित) सहित १६ अभियुक्तलाई कारागारमै राखेर मुद्दा किनारा लगाउनेगरी आदेश

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाजवादी मोर्चाको औचित्य छैन्–प्रभु साह

 Krishna Shrivastav

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले समाजवादी मोर्चाको कुनै औचित्य नै नभएको बताएका छन् । लोकतन्त्रको कुरा गर्नुको साटो समाजवादको कुरा गरेर जनतालाई ढाटने काम भईरहेको उनले बताए । वीरगंजमा आज आम विद्यार्थी मोर्चाको अगुवा कार्यकर्तासंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले समाजवादी मोर्चाको औचित्य नभएको बताए । जनतालाई गुमराह बनाउँन कथित समाजवादीको बिषय उठाईएको उनले बताए । ‘नेपालमा लोकतन्त्र छैन, दलतन्त्र छ । जनताको शासनको लागि दलतन्त्र फाल्ने लक्ष्य लिनुपर्नेमा जनतालाई गुमराह बनाउन कथित समाजवादको विषय उठेकोछ’ अध्यक्ष साहले भने, ‘आज लोकतन्त्रको कुरा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

News

राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

News

नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

News

इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

News

सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ