Krishna Shrivastav
म्याद गुज्रेको औषधि वितरण गर्ने तीन जना स्वास्थ्यकर्मी निलम्बित
Krishna Shrivastav

वीरगंज । कचनकवल गाउँपालिकाले म्याद गुज्रेको औषधि वितरण गर्ने तीन जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तीन जना स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको बारेमा जानकारी गराएको हो। निलम्बनमा पर्नेहरूमा हेल्थ असिस्टेन्ट, एग्जुलरी हेल्थ वर्कर र फार्मेसी सहायक रहेका छन्। साथै गाउँपालिकाले घटनाको सत्य तथ्य छानबिनका लागि छानबिन समिति समेत गठन गरिसकेको छ। समितिको प्रतिवेदनका आधारमा दोषी ठहरिए स्वास्थ्यकर्मीहरूलाई थप कारबाही अगाडि बढाउने जनाइएको छ। गत जेठ ३१ गते प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा उपचारका लागि गएकी एक ६ वर्षीया बालिकालाई त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले