होन्डुरसको एक महिला कारागारमा दंगा भड्किँदा कम्तीमा ४१ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । होन्डुरसको एक महिला कारागारमा दंगा भड्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ।प्रतिद्वन्द्वी गिरोहबीच झगडा भएपछि एउटा गिरोहले कारागारमा आगजनी गरेको अधिकारीहरुलाई उदृत गर्दैै बबिसीले जनाएको छ।घटनामा अधिकांशको जलेर मृत्यु भएको छ भने केहीको गोली लागेर मृत्यु भएको हो। घटनालगत्तै देशका उप–सुरक्षा मन्त्री जुलिसा भिल्लानुएभाले आपतकालिन अवस्थाको घोषणा गर्नुभएको छ। उनले सो कारागारमा बाँकी रहेका सबै कैदीबन्दीलाई संगठित अपराधको मुद्दा चलाइने जनाइएको छ। घाइते भएका अन्य केही कैदीहरूलाई अस्पताल भर्ना गरिएको छ।सन् २०१९ मा उत्तरी बन्दरगाह सहर तेलाको एउटा जेलमा भएको सामूहिक हिंसामा कम्तीमा १८ जनाको मृत्यु भएको थियो।


प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा दायर

 Krishna Shrivastav

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध मंगलबार विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालले जाहेरी दर्ता गर्ने क्रममा भदैसवारले सेवाग्राहीसँग नौ हजार घुस लिइसकेको अवस्थामा आयोगको टोलीले केही दिनअघि भदैसवारलाई पक्राउ गरेको जानकारी दिए । आरोपि प्रहरी सहायक निरीक्षक भदैसवारविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै विशेष अदालत, काठमाण्डुमा मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।


सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन

 Krishna Shrivastav

वीरगंज । बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकाे ज्यान गएकाे छ । दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका सिंहकाे उपचारका क्रममा नेपालगञ्जकाे काेहलपुर मेडिकल कलेजमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक केशव भट्टले जानकारी दिनु भएकाे हाे। उहाँलाई बझाङबाट हेलिकप्टरमार्फत् उपचारका लागि नेपालगञ्ज लगिएकाे थियाे । दुर्घटनामा मन्त्री सिंह, उहाँकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहसहित तीन जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जाेशी र सुरक्षागार्ड दीपक भण्डारीकाे नेपालगञ्जमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।मन्त्री

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विश्वकप छनोट: नेपालको पहिलो जित, अमेरिका ६ विकेटले पराजित

 Krishna Shrivastav

वीरगंज । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगकाे खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।जिम्बाव्वेको हरारेमा मंगलबार भएकाे खेलमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७ र ऐरी ३९ रनमा नट आउट रहे ।ओपनर कुशल भुर्तेल ३१ र आसिफ शेख १२ रनमा आउट भए । कप्तान रोहित पौडेल १६ र कुशल मल्ल १३ रनमा पभेलियन फर्केका थिए ।यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मुस्लिम बालबालिकामा संस्कृत मोह

 Krishna Shrivastav

वीरगंज । फरक संस्कृति र परम्परा भए पनि मुस्लिम समुदायका बालबालिकामा संस्कृतको मोह बढकको छ। विराटनगर–७ स्थित गायत्री संस्कृत माविमा चार सय विद्यार्थी अध्ययनरत छन्। संस्कृत विषयको भाषा, साहित्य र योगशास्त्र अध्ययन अध्यापन हुने मोरङको यो पहिलो विद्यालयमा ४० मुस्लिम समुदायका बालबालिका विभिन्न कक्षामा अध्ययनरत छन् । ती बालबालिका इस्लाम धर्मावलम्बी भए पनि हिन्दू धर्मको संस्कृति र परम्पराबारे जान्ने भएका छन् । स्वस्तिवाचनदेखि संस्कृतका विभिन्न मन्त्र जप्न र गायत्री मन्त्र पढ्न बालबालिका पोख्त छन् उनीहरू सजिलै संस्कृत भाषा बोल्ने गर्छन् । विराटनगर–७ हरियाली टोलका सलमान शेख सोही विद्यालयमा कक्षा ८

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको धोबिनी गाउँपालिकाको हरिहरपुरमा भाईरल लम्पी स्किन रोग देखियो

 Krishna Shrivastav

वीरगंज । राजन कुमार बानिया । पर्साको धोबिनी गाउँपालिका वडा न.३ हरिहरपुरमा यतिबेला पशुजन्य रोग देखापरेको अवस्था रहेको देखिन्छ । गोठमा रहेका गाई,गोरु ,लगायतका पशुहरुमा भाईरस बाट लागने रोग लम्पी स्किन रोग देखिएको छ। यस रोगले ग्रसित पशुहरुमा जीउभरी फोका जस्ता घाऊ देखापरेको अवस्था रहेको छ । धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुरका गाई पालक उपेन्द्र पटेलको गाई लाई यो रोग लागेको देखिएको छ।गाउँघरमा यसरी एकाएक रोग देखापरेपछि स्थानीय पशुपालक किशान चिन्तित बनेका छन । गोठमा भएका पशुहरुमा लाग्ने यस रोगले ग्रसित भएको पशुहरू गोठमै लम्पसार हुन थालेको छ ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

 Krishna Shrivastav

वीरगंज । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र संघको ६९औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए। सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन ४ घाइते, १ पक्राउ

 Krishna Shrivastav

वीरगंज । धनुषा जिल्ला अदालतले मृतक आरती साह प्रकरणमा अभियुक्त बनाइएका उनका पति र ससुरालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आरतीका पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरती साहको हत्या भएको दाबी गर्दै साहको माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । झुण्डिएको अवस्थामा फेला परेकी भनिएकी आरतीको गाला लगायत शरीरका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मुलुकभर वर्षाको संभावना,बाढी पहिरोबाट सतर्कता अपनाउन अनुरोध

 Krishna Shrivastav

वीरगंज । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ–गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने देशभर

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय मध्यम खालको छ । अप्रिय समाचारसमेत सुन्नुपर्ने देखिन्छ । टाढाको यात्रामा नगरेकै जाती हुनेछ, तर आर्थिक लाभ भने मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) हेलचेक्र्याइँले गर्दा काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको पटेर्वा सुगौलीमा पाटे बाघ मार्नेहरुको खोजी जारी

 Krishna Shrivastav

वीरगंज । पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर १ मलोलीटाँडीमा स्थानीयले पाटे बाघ मारेको घटना प्रकाशमा आएको छ ।सोमबार बेलुकी जंगलबाट गाँउमा छिरेको पाटेबाघलाई स्थानीय केहि व्याक्तिहरुले घेरामा पोर घरेलु हतियारबाट प्रहार गरि मारेको आशंकामा प्रहरी र वन कार्यालयले अनुसन्धान अगाढि बढाएको छ । सब डिभिजन वन कार्यालय रंगपुरका रेन्जर कपिलदेव यादवका अनुसार , जंगलबाट बाटो बिराएर एउटा पाटे बाघ सोमबार बेलुकी ६.३० बजेतिर गाँउमा छिरेको थियो । गाँउमा छिरेको उक्त बाघलाई ५÷६ व्याक्तिहरुले घेरामा पारेर बाँसको भाटा र लठ्ठीले हिर्काएर मारेका थिए । तर अध्याँरोमा भएको उक्त घटना बारे

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आरती साहको पति र ससुरालाई थुनामा पठाउने धनुषा जिल्ला अदालतको आदेश

 Krishna Shrivastav

वीरगंज । जिल्ला अदालत धनुषाले आरती साह प्रकरणमा अभियुक्त बनाइएका आरतीका पति र ससुरालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले आरतीका पति मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी भनिएकी आरतीको गाला लगायत शरीरका अन्य

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नागरिकताको माग राखेर प्रदर्शन गर्दागर्दै बेहोस

 Krishna Shrivastav

काठमाडौं। नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका एक युवा बेहोस भएका छन् । नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा गरेको प्रदर्शनमा सहभागी एक युवा बेहोस भएका हुन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै प्रदर्शन भएको हो । निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले बल प्रयोग पनि गरेको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । तर उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

२६.५६ अंकले घट्यो नेप्से, ४ अर्ब माथिको कारोबार

 Krishna Shrivastav

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बजार परिसूचक नेप्से २६.५६ अंकले गिरावट हुँदा २०६४.८२ को विन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार पौने ४ अर्बको कारोबार भएको नेप्सेमा मंगलबार घटेर ४ अर्ब ११ करोड ६ लाखको कारोबार भएको छ । ६३ हजार ९५० वटा कारोबारमा १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । सोमबारसम्म लगातार ९ दिन बढ्दा १९१ अंक भन्दा माथिले वृद्धि भएको नेप्से सामबार

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

धनुषा जिल्ला अदालतमा ढुंगामुढा, झडपमा ४ जना घाइते

 Krishna Shrivastav

जनकपुरधाम । जिल्ला अदालत धनुषामा मंगलबार दिउँसो ढुंगामुढा भएको छ । धनुषामा शंकास्पद मृत्यु भएकी आरती साहलाई न्यायको माग गर्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारीले अदालतमा पनि ढुंगामुढा गरेका हुन् । प्रहरीले हत्यामा संलग्नलाई जोगाउन खोजेको भन्दै साहको माइती पक्षले अदालतबाहिर प्रदर्शन गरेका थिए । त्यसै क्रममा अदालतमा ढुंगामुढा भएको हो । प्रहरीले प्रदर्शनकारीलाई हटाउने क्रममा झडपसमेत भएको छ । झडपमा प्रहरीले लाठीचार्ज गर्दा ४ जना घाइते भएका छन् । प्रहरीले प्रदर्शनमा सहभागी गोविन्द साहलाई पक्राउ गरेको छ । प्रदर्शनकारीको ढुंगामुढाका कारण एक जना प्रहरी घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

देशभर मनसुन नफैलिंदै किन बढ्दैछ विपदको जोखिम ?

 Krishna Shrivastav

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा मुलुकका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको थियो । तर नेपालमा मनसुन भित्रिएको एक साता समेत नपुग्दै पूर्वी पहाडी जिल्लामा परेको भारी वर्षाका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । २६ जना बेपत्ता छन् । ५४ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा गराएको जानकारी अनुसार संखुवासभा, पाँचथर र ताप्लेजुङमा बढी क्षति पुगेको छ । जबकी ३१ जेठमा नेपालमा भित्रिएको मनसुन अझै देशभरि फैलिइसकेको छैन । ‘हाल कोशी प्रदेश, मधेश प्रदेशका पूर्वी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्थानीय तहलाई स्वास्थ्यको पत्र : आधारभूत अस्पतालका जनशक्तिको तलबभत्ता आफैं व्यहोर्नू

 Krishna Shrivastav

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलबभत्ता आफैं व्यहोर्न आग्रह गरेको छ । सोमबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ७ बुँदे परिपत्र गर्दै संघीय सरकारलाई आर्थिक भार परेको भन्दै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलबभत्ता आफैं व्यवस्था गर्न स्थानीय तहहरुलाई आग्रह गरेका हुन् । स्वास्थ्य मन्त्रालयले ५, १० र १५ शय्याको अस्पतालहरुको दरबन्दीको नमूना तयार भएको र उक्त दरबन्दीको संरचना र दरबन्दी स्वीकृत नभएको जनाउँदै संघीय सरकारले आर्थिक भार लिन नसक्ने भन्दै जनशक्ति व्यवस्थापनका लागि सबै स्थानीय तहलाई पत्रपरिपत्र गरेको हो । ‘आधारभूत अस्पतालको दरबन्दीको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

टाइटानिक हेर्न गएको पनडुब्बी बेपत्ता

 Krishna Shrivastav

काठमाडौं । आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएका पर्यटक चढेको एउटा पनडुब्बी बेपत्ता भएको छ । आइतबार महासागरमा डुबुल्की लगाएको पनडुब्बीसँगको सम्पर्क टुटेपछि खोजी अभियान तिब्र पारिएको छ । अमेरिकी तटीय सुरक्षाकर्मीका अनुसार डुबुल्की मारेको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीसँगको सम्पर्क टुटेको हो । टुर कम्पनी ओसियनगेटको पनडुब्बीमा वेलायत र पाकिस्तानका ५ जना धनाढ्यहरु सवार छन् । ओसियनगेटले पनडुब्बीको खोजीका लागि हरसम्भव प्रयास गरिरहेको र सबै बिकल्पको प्रयोग गरिएको बताएको छ । टाइटानिक जहाजको भग्नावेश हेर्नका लागि पनडुब्बीमा आतेजाते खर्च एक जनाको ३ करोड २० लाख

Breaking News, विचित्र संसार, विश्व, समाचार  संग सबंधीत छ |

समाचार
News

🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

News

वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

News

इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

News

१६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

News

त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स