अख्तियारको टोली आउने भएपछि खाली गराइयो पशुपतिनाथ मन्दिर

 Krishna Shrivastav

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ । जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर जान लागेको हो । अख्तियारको टोली साढे ३ बजे मन्दिरमा आउने स्रोतको भनाइ छ । अख्तियारको टोलीले जलहरीको तौल लिनेछ । पशुपति मन्दिर क्षेत्रमा नेपाली सेना पनि खटिएको छ । सुनको जलहरी राख्दा निर्धारित तौल भन्दा कम तौलको राखेर भ्रष्टाचार गरेको आरोप छ । सुनको जलहरी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सा राष्ट्रिय निकुञ्जभित्र साइक्लिङ सुरु

 Krishna Shrivastav

वीरगंज । स्वास्थ्यको लागि साइकल, बाताबरणको लागि साइकल भन्ने मुल नाराको साथ जीतपुरसिमरा उपमहानगरपालिकामा साईकल रयाली निकालिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज -चारकोसे झाडी)पर्यापर्यटन प्रबद्र्धन गर्ने उदेश्यले जीतपुरसिमरा उपमहानगरपालिकाले साईकल रयालीको आयोजना गरेको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ स्थित रामबन कुनाटोल जनजागरण ,जनकल्याण भिमेश्वर सामुदायिक बन ,पर्सा राष्ट्रिय निकुञ्ज हुँदै अम्लेखगंजसम्मको १७ कि.मि. दुरीको जङ्गल सफारी साईकल यात्रीहरुले साईकल चलाई गरेका थिए । कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले कैँचीले रिबन काँटी साईकल चलाएर गरेका थिए । जङ्गलभित्र साईकल यात्रीहरुकोलागि बिश्राम स्थल , दुरी ईङ्कित होडिङ्ग बोर्ड

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतको ओडिसामा बस दुर्घटना, ११ जनाको मृत्यु, ९ गम्भीर

 Krishna Shrivastav

वीरगंज । भारतको ओडिसाको गञ्जम जिल्लामा बस दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ। आइतबार राति ओडिसा राज्यको सडक परिवहन निगमको बस र निजी बस ठोक्किदा ११ जनाको मृत्यु भएको हो। दुर्घटनामा ९ जना यात्रु गम्भीर घाइते भएका छन्। मृत्य हुनेमा अधिकांश निजी बसका यात्रु रहेको समाचार एजेन्सी एएनआईले जनाएको छ। घाइतेहरूलाई ओडिसाको बेरहमपुर जिल्लाको एमकेसीजी मेडिकल कलेजमा उपचार भइरहेको छ। समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै गञ्जम जिल्ला मजिस्ट्रेट दिव्या ज्योति परिडाले घटनाको अनुसन्धान भइरहेको र घाइतेहरूलाई संभव भएसम्म सहयोगको प्रयास गरिने बताए। ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले बस दुर्घटनामा

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हसियाँ बेच्न हिडेका पुरुष मृत भेटिए

 Krishna Shrivastav

वीरगंज । घरबाट हसिँया बेच्न भनि हिँडेका एक पुरुष मृत भेटिएका छन् । जिल्लाको चिसंखुगढी गाउँपालिका ३ दियालेका अन्दाजी ६५ बर्षिय गोठे कामी मृत फेला परेका हुन । आईतबार घरबाट गाउँतिर हसियाँ बेच्न भनि हिँडेका उनि आज (सोमबार) बिहान सम्म घर नआएपछि आफन्तले खोजी गरेका थिए । सोहि क्रममा आज बिहान उनि वडा नम्बर ८ को डढुवा भिर स्थित बाटोबाट झन्डै ७० फिट तल लडि मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटना बारे जानकारी आएपछि नजिकैको प्रहरी चौकी र जिल्लाबाट समेत प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मेयर बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा ढुंगानाको इजलासमा

 Krishna Shrivastav

वीरगंज । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आज न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदै छ । आइतबार पनि ढुंगानाकै इजलासमा परेको उक्त निवेदनमाथि समयाभावका कारण सुनुवाइ हुन सकेको थिएन । आज सुनुवाइ पेसी सूचीको ७ नम्बरमा तोकिएको छ । अधिवक्ता वर्षाकुमारी झाले गएको शुक्रबार बालेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन् । उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए । “जहाँ सवाल देशको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तार व्यवस्थापन नगर्ने ६ वटा इन्टरनेट कम्पनीलाई वीरगंज महानगरले गर्याे जरिबाना

 Krishna Shrivastav

वीरगंज । तार व्यवस्थापनका लागि पटक पटक समय दिँदा पनि अटेर गरेपछि वीरगन्ज महानगरपालिकाले इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही सुरु गरेको छ ।महानगरपालिकाले आइतबार विभिन्न ६ वटा इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीहरुलाई कारबाही स्वरुप जरिबाना काटेको छ । महानगरले आइतबार इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनी वल्र्ड लिंक, भायोनेट, क्लासिक टेक, सुविसु र डिसहोमलाई कारबाही स्वरुप २५/२५ सय रुपैयाँ जरिबाना गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय, ओमआश्रम लगायतका स्थानमा केही दिन अघि आगलागी हुँदा ती कम्पनीका तार सडकमै असरल्ल खसेर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज कति छ तरकारी तथा फलफूलको मूल्य ?

 Krishna Shrivastav

वीरगंज । आज सोमबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार टाटे सिमी प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४४, घिउ सिमी लोकल ८०, कुरिलो प्रतिकेजी २००, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ४२, नेपाली गोलभेँडा ठुलो ४०, टनेल गोलभेँडा सानो ९, लौका ७० कायम भई कारोबार भइरहेको छ। त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ८०, कागती १५० रुपैयाँ,तोरीको साग रू ४०, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ६०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी ३००

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गायक प्रकाश सपूतमाथि बोतल प्रहार

 Krishna Shrivastav

वीरगंज । गायक प्रकाश सपूतमाथि बोतल प्रहार गरिएको छ । विदेशमा एक सांगीतिक कार्यक्रमका क्रममा उनीमाथि बोतल प्रहार गरिएको हो । स्टेजमा आफ्नो प्रस्तुति दिइरहँदा उनीमाथि बोतल प्रहार गरिएको थियो । कार्यक्रममा उपस्थितले एक दर्शकले बोतल प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । बोतल प्रहारपछि उनी प्रस्तुति बीचमै रोकेर स्टेजबाट बाहिरिएको भिडियोमा देखिन्छ । रोमानियामा सांगीतिक कार्यक्रमका क्रममा उक्त घटना भएको हो । घटना आइतबार (हिजो)को भएको सामाजिक सञ्जालमा उल्लेख छ ।


गाईको मासु तस्करीकाे आरोपमा कुटेर एकको हत्या, १० पक्राउ

 Krishna Shrivastav

वीरगंज । महाराष्ट्रको नासिक जिल्लामा गाईको मासु तस्करी गरेको आशंकामा गोरक्षकहरूको समूहले एक व्यक्तिको हत्या गरेका छन् । मुम्बईको कुर्लाका ३२ वर्षीय अफान अन्सारी आफ्ना सहकर्मी नासिर शेखसँग कारमा गाईवस्तुको मासु बोकेर जाँदै गर्दा गोरक्षकहरूले उनीहरूलाई रोकेर कुटपिट गरेका थिए। दुवैलाई अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी नायब निरीक्षक सुनिल भामरेले भने, ‘घटनास्थलमा पुगेर हामीले कार बिग्रिएको अवस्थामा फेला पारेका थियौं। घाइतेहरू कार भित्रै थिए र उनीहरूलाई नजिकैको अस्पतालमा भर्ना गर्यौं, जहाँ एक जनाको मृत्यु भयो। अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिइएको छ।’

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटमा लागु औषध (ब्राउन सुगर) सहित एक जना पक्राउ

 Krishna Shrivastav

वीरगंज | रामनिवास कुमार पटेल | रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ४ मा लागु औषध (ब्राउन सुगर) सहित एक जना पक्राउ परेका छन | रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थितमा खटिएको प्रहरी टोलीले सवारी साधन तथा मानिस चेकजाँच गर्ने क्रममा ना ५८ प ४२४६ नम्वरको स्पेलेण्डर मोटरसाईकल सहित एक जनालाइ पक्राउ गरिएको छ| रौतहटकै चन्द्रपुर नगरपालिका वडा नं ४ मा वस्ने बन्सीधर गुरौको छोरा वर्ष ३० को बिबेक गुरौलाई प्रहरीले नियन्त्रणमा लिई उनको जिउ शरिर तलासी गर्दा अबैध लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ १.४६० (एक प्वाईन्ट चार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता र व्यापार व्यवसायमा सफलता मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय छ सचेत रहनुहोला, तर साँझमा शुभ समाचार मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पकाहा मैनपुर गाँउपालिकाकाे १० ओैं गाँउसभा , नीति तथा कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगंज । राजन बानिया । पर्साकाे पकाहा मैनपुर गाँउपालिकाकाे १० ओैं गाँउसभा नीति तथा कार्यक्रम आज सम्पन्न भएकाे छ । गाँउसभामा गाँउपालिका उपाध्यक्ष सर्फुनेशा खातुनले आगामी आर्थिक वर्ष २०८०/८१ काे लागि ३२ कराेड ५० लाख ७७ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिन् । गाँउपालिका अध्यक्ष सुरेश मेहताले नीति तथा कार्यक्रममा कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र भाैतिक पुर्वाधारकाे क्षेत्र मुख्य प्राथमिकतामा राखिएकाे बताए । गाँउपालिका अध्यक्ष मेहताकाे अध्यक्षतामा भएको गाउँ सभा ,नीति तथा कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत राजकुशवाहा , पुर्व गाबिस अध्यक्ष नसुरलाह मियाँ , वडाअध्यक्ष ,बलिराम चौरसिया,ढेरी प्रसाद

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जिराभवानी गाउँपालिका को १२ अौ गाउँ सभा सम्पन

 Krishna Shrivastav

वीरगंज । राजन कुमार बानिया । पर्साको जिराभवानी गाँउपालिकाले १२ अौ गाउँ सभा आर्थिक बर्ष २०८०/०८१ नीति तथा कार्यक्रम बाट ३४ करोड ८० लाख को अनुमानित बजेट सार्वजनिक गाउँपालिका उपाध्यक्ष रेखा चौधरी ले गर्नु भएको थियो।१२ अौ गाउँ सभा जिराभवानी गाउँपालिका वडा नं ३ जीतपुरमा रहेको बरात भवनमा आयोजित कार्यक्रममा निति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष अनोज चौधरी को अध्यक्ष्ातामा भएको कार्यक्रम मा बोल्दै भने राजनितिकर्मीको निति लिएर बिकास कार्य गर्नुभन्दा समाजसेवी भएर बिकासको बाटोमा लाग्नु आवश्यक रहेको बताए। बिकास कार्यमा बाधा अवरोध नगर्न अनुरोध गर्दै एकता बनाएर बिकासको बाटोमा लागे

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पटेर्वा सुगाैली गाँउपालिकाकाे ११ ओैं गाँउसभा सम्पन्न

 Krishna Shrivastav

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाँउपालिकाकाे ११ ओैं गाँउसभा आइतबार सम्पन्न भएकाे छ । गाँउसभामा गाँउपालिका उपाध्यक्ष ममता महताे थारुले आगामी आर्थिक वर्ष २०८०/८१ काे लागि ३८ कराेड १५ लाख ६ हजार ३ सय रुपैयाँको अनुमानित आय व्ययसहितकाे बजेट प्रस्तुत गरिन् । गाँउपालिका अध्यक्ष दिनेश चाैधरीले नीति तथा कार्यक्रममा पालिकाले कृषि, शिक्षा ,स्वास्थ्य, पर्यटन र भाैतिक पुर्वाधारकाे क्षेत्र मुख्य प्राथमिकतामा राखिएकाे बताए । गाँउसभामा पालिकाले विभिन्न क्षेत्रमा याेगदान पुर्याएका व्यक्तित्व र कर्मचारीलाई दाेशल्ला ओढाएर प्रशंसापत्र प्रदान गरि सम्मानित पनि गरेकाे वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरेले जानकारी दिए

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एसईईको नतिजा असार १८ भित्रै, अन्तिम तयारीमा परीक्षा बोर्ड

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ । कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारका अनुसार विद्यार्थीको प्राप्तांक इन्ट्रीको काम सकिएको छ भने अहिले अन्तिम चरणमा अंक पुनर्जाँचको काम भइरहेको छ । यसपटकको एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागु हुने वा नहुनेबारे निर्णय हुन बाँकी रहेको गोदारले बताए । सरकारले गत वर्षको एसईई नतिजामा नै लागु गर्ने गरी ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ तयार पारेको थियो । निर्देशिकाअनुसार सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वर्षौदेखि अनागरिकको पिडा भोगेका इन्द्रजितका चारै दाजुभाइले पाए नागरिकता

 Krishna Shrivastav

वीरगंज । नागरिकता संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीका चार दाजुभाइले नागरिकता पाएका छन् ।नागकिता नपाएर लामो समयदेखि संघर्षरत्त इन्द्रजितका दाजु भाइले जिल्ला प्रशासन कार्यालय धनुषाबाट आइतबार वंशजको नागरिकता पाएका हुन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ भरतपुर घर भएका इन्द्रजितले ३१ वर्षको उमेरमा नागरिकता पाएका हुन् ।आमा सोनावतीसँग चार छोराहरु नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका थिए । जेठो इन्द्रजित, माहिलो २९ वर्षका रञ्जित साफी, २२ वर्षका छोटु साफी र कान्छो वर्ष २१ का रविन साफीलाई जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता उपलब्ध गराएको हो ।उनीहरुलाईलाई प्रमुख जिल्ला अधिकारी काशीराज

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनकपुरमा अनिश्चितकालको लागि आलु प्याज ढुवानी नगर्ने चेतावनी

 Krishna Shrivastav

वीरगंज । आलु प्याज व्यवसायी संघ जनकपुरधामले भारतबाट आलु प्याज ढुवानी नगर्ने चेतावनी दिएको छ । सरकारले आलु प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएपछि व्यवसायीहरुले यस्तो चेतावनी दिएका छन् । उनीहरुले आइतबारदेखि अनिश्चितकालको लागि आलु प्याज ढुवानी नगर्ने चेतावनी दिएको छ । संघ सरकारले प्रस्तुत गरेको आगामी बजेटमा आलु प्याजमा १३ प्रतिशत कर लगाउने घोषणा गरेपछि व्यवसायीहरुले आलु प्याज कृषिजन्य पदार्थ रहेको भन्दै भ्याटको विरोध गरेका छन् । यसअघि जनकपुरधाम उद्योग वाणिज्य संघले बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा सो कर हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । संघ सरकारले आगामी आर्थिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

लागू औषधसहित युवक पक्राउ

News

आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

News

देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

News

पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

News

बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक