वीरगंज नारायणी अस्पतालको फार्मेसीबाट बिरामी ठगिदै

 Krishna Shrivastav

वीरगंज । वीरगन्जस्थित नारायणी अस्पतालमा रहेको अस्पतालको फार्मेसीले स्वास्थ्य बीमा गराएका व्यक्तिलाई बिक्री गर्ने औषधिमा ठगिरहेको समाचार सार्वजनिक भएको छ । स्वास्थ्य बीमा गराएका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसार औषधि खरीद गर्न फार्मेसीमा जाँदा बजार मूल्यभन्दा दोब्बर मुल्यमा फार्मेसीले बिक्री गरेको पाइएको छ । अस्पताल हाताभित्र रहेको फार्मेसी, साझा औषधिपसल र अस्पतालबाहिर रहेका निजी औषधिपसलमा एउटै औषधिको मूल्य फरकफरक भेटिएका छन् । केही वर्षअघि निजी औषधिपसलेले सर्वसाधारणलाई ठगेको गुनासोको आधारमा नेपाल सरकारले अस्पतालभित्रै साझा औषधिपसल खोल्न लगाएको थियो । त्यसपछि देशभरिका अस्पताललाई फार्मेसी सञ्चालन गर्न अधिकार दिएको थियो । बिरामीहरू पनि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

५ लाख घुसलिने मालपोत कार्यालय धनुषाका तत्कालीन प्रमुख झा दोषी ठहर

 Krishna Shrivastav

वीरगंज । विशेष अदालतले मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झालाई भ्रष्टाचारी ठहर गरेको छ । २८ चैत २०७८ मा उनलाई जनकपुरको भानुचोकमा अख्तियारको टोलिले सेवाग्राहीबाट लिइरहेको ५ लाख घुससहित पक्राउ गरेको थियो । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको इजलासले झालाई शुक्रबार दोषी ठहर गरेको हो । उनको सजाय निर्धारण हुन भने बाँकी रहेको छ । अख्तियारले झाविरुद्ध १६ वैशाख २०७९ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


आइतबारदेखि नेपाल रेल्वे महोत्तरीको भंगहासम्म चल्ने

 Krishna Shrivastav

वीरगंज । नेपाल रेल्वे आइतबारदेखि महोत्तरीको भंगहा (साविक विजलपुरा) सम्म चल्ने भएको छ । हाल नेपालमा सञ्चालन रहेको एकमात्र रेल सेवा आइतबारदेखि आफ्नो सेवा विस्तार गर्न लागेको हो । उद्घााटन पश्चात भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म सञ्चालनमा रहेको नेपाल रेल्वे आइतबारदेखि महोत्तरीको भंगहासम्म सञ्चालन हुने भएको छ । आइतबारदेखि ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्नका लागि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला आउने महाप्रबन्धक झाले जानकारी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भानु जयन्तीका दिन वीरगंजमा आदिकवि आचार्यकाे नयाँ शालिक अनावरण

 Krishna Shrivastav

वीरगंज । वीरगन्जमा शुक्रबार नेपालका आदिकवी भानुभक्त आचार्यको शालीक अनावरण गरिएकाे छ । भानु जयन्तीकै दिन वीरगन्जको नयाँ बसपार्क स्थित भानुचाेकमा स्थापना गरिएको आदिकवि भानुभक्त आचार्यको नयाँ शालिक अनावरण गरिएको हाे । लक्ष्मी प्रसाद देवकोटा पुरस्कारबाट सम्मानित साहित्यकार भवानी क्षेत्रीले आदिकवि आचार्यकाे अनावरण गरेका हुन् । यसअघि बसपार्ककाे भानु चाेकमा स्थापना गरिएको आदिकवि आचार्यकाे शालिक मधेस आन्दोलनका क्रममा भत्काइएकाे थियाे ।त्यहि ठाँउमा अहिले वीरगन्ज महानगरपालिकाले निर्माण गरिदिएकाे नयाँ शालिक शुक्रबार भानु जयन्तिकै अवसर पारेर अनावरण गरिएको हो । शालिक अनावरण कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, मधेस विश्वविद्यालयका उपकुलपति डाक्टर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बढ्याे किसानले बिक्री गर्ने धानकाे मुल्य

 Krishna Shrivastav

वीरगंज । सरकारले किसानले बिक्री गर्ने धानको मूल्य बढाएर नयाँ न्यूनतम मूल्य तोकेको छ । २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषि र उद्योग मन्त्रालयको सिफारिसमा मोटा धानको मूल्य प्रति क्विन्टलकाे ३ हजार १९८ रुपैयाँ र मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको हो । नयाँ मूल्यअनुसार मोटा धान प्रतिक्विन्टलमा ३३० रुपैयाँ र मध्यम धानको मूल्य २३४ रुपैयाँले बढेको छ । गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकेको थियो । आर्थिक वर्ष २०७८/७९ मा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

साउन १ गतेदेखि नारायणी अस्पतालकाे सरसफाइ वीरगन्ज महानगरपालिकाले गर्ने

 Krishna Shrivastav

वीरगंज । वीरगन्जस्थित नारायणी अस्पतालको सरसफाई अब वीरगन्ज महानगरपालिकाले गर्ने भएकाे छ । आगामी साउन १ गतेदेखि नारायणी अस्पतालकाे सरसफाई महानगरपालिका आफैंले गर्ने भएकाे हाे ।त्यसका लागि महानगरपालिका र अस्पताल प्रशासनबिच शुक्रबार सम्झाैता गरिएकाे छ । महानगरका मेयर राजेशमान सिंहले पुर्वघोषणा गरे अनुसार शुक्रबार वीरगन्ज महानगरपालिकाले नारायणी अस्पतालसंग सम्झौता गरेको हाे ।उक्त सम्झाैता पत्रमा नारायणी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरन्जन साह र महाहानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । महानगरका मेयर सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितमा सम्झौता आदानप्रदान गरिएकाे छ ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

लगातारको वर्षाले कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढ्यो

 Krishna Shrivastav

वीरगंज । लगातारको वर्षाले कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले ती नदी तटीय क्षेत्रमा बाढीको चेतावनीसहित उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार गएराति नवलपरासीको बर्दघाट र डन्डा आसपासको क्षेत्र, पाल्पा, स्याङ्जा, तनहुँ र कास्कीमा ठूलो पानी परेको छ । नवलपरासीको विनयी, अरुण, गिरुवारी खोला, नवलपुरलगायत ती क्षेत्र भएर बग्ने स–साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको छ । त्यस्तै पाल्पाको निस्ती खोलालगायत आसपासका क्षेत्रमा पनि बाढीको जोखिम छ । कोशीमा जलसतह बढ्दा महोत्तरीको जलेश्वर आसपासमा बाढीको जोखिम छ । अहिले बाग्मती, गण्डकी, लुम्बिनी,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मिटरब्याज समस्या समाधान गर्नका लागि दलहरुले दोहोरो नीति लिँदा समस्या बल्झिँदै

 Krishna Shrivastav

वीरगंज । मिटरब्याज समस्या समाधान गर्नका लागि दलहरुले दोहोरो नीति लिँदा समस्या बल्झिँदै गएको छ । संसदबाट कानुन बनाउने विषयमा सत्ता र प्रतिपक्ष दुबैको गतिविधि नियाल्दा यो विषयलाई कुनैपनि दलले गम्भिर भएर नलिएको देखिन्छ । यो विषयले सबैभन्दा धेरै पोल्नुपर्ने मधेसवादी दलहरुलाई हो । तर, यहाँ ठीक उल्टो देखिन्छ । मधेसवादी दलहरु नै समस्या समाधानमा झन् उल्झन थपिरहेका छन् । सरकारले गत २० गतेको संसद बैठकमा पेश गर्ने तयारी गरेको मिटरब्याज सम्बन्धी विधेयक नेकपा एमाले लगाएत प्रतिपक्षी दलको अवरोधका कारण पेश हुन सकेन । अध्यादेश जारी भएको ६० दिनभित्र संसदबाट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला रहने

 Krishna Shrivastav

वीरगंज । आज शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा राख्दै राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्था खुला रहने भएका हुन् । यसअघि अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिवारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरेसँगै सोहीअनुसार व्यवस्था गरिएको थियो ।


रौतहटमा युवकको हत्या , श्रीमती प्रहरीको नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । रौतहटको देवाही गोनाही नगरपालिकामा घरेलु हतियार प्रहार गरी एक पुरुषको हत्या गरिएको छ । देवाही गोनाही नगरपालीका–६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको बिहीबार राति आफ्नै घरमा हत्या भएको हो । कोठाभित्रको खाटमा साहको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले मृतक साहको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको बताए । ‘मध्यराति सुतेकै स्थानमा साहको हत्या भएको प्रारम्भिक अनुसन्धानाट देखिएको छ,’ उनले भने, ‘घटनापछि मृतक साहका श्रीमती चन्दा साहलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छौं ।’ प्रहरी शुक्रबार बिहान २ बजे घटनास्थल पुगेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दिल्लीमा डुबान : यमुनाको जलस्तर अझै बढ्ने, अलिपुरमा बाँध नै फुट्यो

 Krishna Shrivastav

वीरगंज । भारतको राजधानी नयाँ दिल्लीका धेरै क्षेत्र अहिले डुबानमा छन्। भारी वर्षाका कारण दिल्लीसहित अन्य राज्यमा समेत डुबानको समस्या देखिएको हो। बिहीवार यमुना नदीको जलस्तर २०८.६ मिटर पुगेको थियो। यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २०७.४९ सम्म पुगेको थियो। अहिले दिल्लीको तल्लो क्षेत्रमा बाढीले डुबान भएको छ। नदीको जलस्तर थप बढ्न सक्ने बताइएको छ। यमुनाको तिब्र बहावका कारण अलिपुरमा तटबन्धकै फुटेको छ। बाँधमा क्षति पुगेपछि हजारौं बिघा जमिन जलमग्न भएको छ। दिल्लीमा बाढीको संकट बढ्दै जाँदा केन्द्र र राज्य सरकारले उद्धार र राहतका लागि तयार रहन सरोकारवाला निकायलाई निर्देशन

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तकोसी नदीमा शुक्रबार बिहान मालवाहक ट्रक खस्यो

 Krishna Shrivastav

वीरगंज । सप्तकोसी नदीमा शुक्रबार बिहान एउटा मालवाहक ट्रक खसेको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक र पूर्वबाट पश्चिमतर्फ आइरहेको मे १ ख १७६५ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किँदा ट्रक सप्तकोशीमा खसेको थियो । दुई ट्रक आपसमा ठोक्किई सप्तरी र सुनसरीको सीमा छुटयाउने कोसी ब्यारेजको पुलको १० नम्बर ढोका अगाडिबाट ट्रक सप्तकोसी नदीमा खसेको सुनसरीका एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । एसपी ढकालका अनुसार प्रहरी र स्थानीयको सहयोगमा ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरिएको छ १० नम्बर ढोका अगाडिको पुलबाट नदीमा ट्रक झर्दा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज पनि कोशी र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान

 Krishna Shrivastav

वीरगंज  । कोशी र मधेस प्रदेशका पूर्वी क्षेत्रमा गए रातिदेखि नै ‘आरीघोप्टे’ वर्षा भइरहेको छ । गए रातिदेखि नै यी प्रदेशका केही ठाउँमा आरीघोप्टे वर्षा भइहरेको मौसमविद्ले बताएका छन् । विज्ञहरूले थोरै अवधिमा धेरै पानी खनिने गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरेका छन् । अहिले पनि यी प्रदेशका केही ठाउँमा यसै गरी पानी परिरहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार थोरै समयमा अत्यधिक वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मोरङमा १ सय १५ मिलिलिटर, सप्तरीमा १ सय ८ दशमलव ४ र सुनसरीमा ९७ दशमलव ८ मिलिलिटर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज -२० रामजानकी मन्दिरमा सरसफाई कार्यक्रम सम्पन

 Krishna Shrivastav

वीरगंज । आज वीरगंज महानगरपालिका वडा नं २० स्थित पोखरी टोलको रामजानकी मन्दिरमा सेवा समुह नेपाल र इलाका प्रहरी कार्यालय सुगौली विर्ताको सहकार्यमा सरसफाई कार्यक्रम सम्पन भएको छ। धार्मिक र सांस्कृतिक ठाँउलाई सफा र सुन्दर बनाउन उदेश्यले उक्त कार्यक्रम गराइएको हो भने संस्थाका अध्यक्ष अंकेत पुरीले जानकारी दिनु भयो। कार्यक्रममा नेपाली कांग्रेसका नेता अरुण पूरी, युवा नेता उपेन्द्र यादव,सन्दिप पुरी को उपस्थिति थियो भने संस्थाको तर्फ बाट अध्यक्ष अनिकेत पुरी, राज कुमार पुरी,आदिको उपस्थिति थियो। स्थानीय बाट भोला यादव,,कुन्दन पुरी, राकेश सिंह, तारचनद शाह तेली, बुचक यादव,आदि को उपस्थिति थियो।


भायानेट सीईओ लाई वर्ष २०२३ को व्यावसायिक महिलाको रूपमा सम्मानित गरियो

 Krishna Shrivastav

वीरगंज । “स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३” मा आयोजित एक समारोहमा भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ श्री सेवा पाठक बोहरालाई वर्षको व्यावसायिक महिला २०२३ बाट सम्मानित गरियो। यस पुरस्कारले श्री बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको लागि अटल प्रतिबद्धता झल्काउँछ। सीईओ बोहराको चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उहाँको समर्पण र असाधारण नेतृत्व क्षमताको प्रमाण हो । सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम (FTTH) प्रविधि पहिलो पटक नेपालमा संचालनमा ल्याउने टोलीको अभिन्न अंगको रूपमा,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै कुराले मनमा शान्ति छाउनेछ । लाभदायक र खुसीपूर्ण यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता पनि लिनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सानासाना कुरामा शंका र चिन्ता बढ्ने देखिन्छ । आफ्नै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । लत्ता कपडामा आकर्षण बढ्नेछ । चिन्ता

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

१५ किलो चरेससहित दुईजना वीरगंजबाट पक्राउ

 Krishna Shrivastav

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल वीरगंज महानगरपालिका–१६ भन्सार मेनगेटस्थित प्रस्तावित सशस्त्र सुरक्ष्Fा गुल्म १५.३१० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । बिआर २२ एम ४२०६ नम्बरको भारतीय मोटरसाइकलमा चढेर आइरहेका पटेर्वासुगौली गाउँपालिका–५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझीलाई चरेससहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुले मोटरसाइकलको टंकीभित्र लुकाएर भारततर्फ लगिरहेको १५.३१० किलो चरेससहित पक्राउ गरिएको र कारबाइको लागि प्रहरी चौकी इनर्वा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जनाएका छन् ।


रौतहटको चन्द्रपुरबाट लागूऔषधसहित दुई पक्राउ

 Krishna Shrivastav

वीरगंज । रौतहटको चन्द्रपुर नगरपालिका–१० चेतनगर बजारबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरी चौकी चेतनगरबाट खटिएको टोलीले बिहीबार बिहान लागूऔषध गाँजासहित सर्लाही गडैता नगरपालिका–३ का ८ वर्षीय किसन ठाकुर र रौतहटको बृन्दावन नगरपालिका–९ का ३८ वर्षीय हरिन्द्र साहलाई पक्राउ गरेको हो । उनीहरुलाई १३ वटा प्लास्टिकको पुरियामा लागूऔषध गाँजा बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोइरालाले बताए । ‘पक्राउ परेका दुवै कारोबारी हुन् या सेवनकर्ता भन्ने अनुसन्धान सुरु गरेका छौं,’ उनले भने, ‘दुवैले बिक्रीका लागि राखेको हुनाले यथार्थ बुझ्न बाँकी छ ।’ सर्लाहीका ठाकुर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

News

वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

News

इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

News

१६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

News

त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स