श्रीमतीकाे हत्या गर्ने श्रीमान पक्राउ

 Krishna Shrivastav

वीरगंज । बारा प्रहरीले श्रीमतीकाे हत्या गर्ने श्रीमानलाई पक्राउ गरेकाे छ । भारत विहार राज्यको जिल्ला पुर्वी चम्परण थाना ढाका ग्राम पचपकडी वडा न.१४ रुपौलीया टोल निवासी ३१ बर्षिय मोहमद अमानुल्लाह मियाँलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । बारा सिम्रौनगढ नगरपालिका वडा नं.६ बजार टोलमा निवासी जहिर मियाँको बिवाहित छोरी श्रीमती आसमिन खातुनको बुधबार बिहान ३ बजेको समयमा घाँटी रेटी हत्या भएको थियाे । साे सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगगढ बाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटि गएको प्रहरी टोलीले घटनास्थलमा पुगी अनुसन्धान गर्दा पक्राउ परेका मियाँले ससुराली घरमा आएको मौका छोपी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा चोरीकाे १२ वटा मोटरसाइकलसहित ७ जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । बारा प्रहरीले चोरीका १२ वटा मोटरसाइकलसहित ७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थानबाट चोरी भएको १२ मोटरसाइकलसहित सात जनाको गिरोहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ । प्रकाउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय विर्धोज वाईवा, सोही ठाउँका १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगरपालिका वडा नम्बर २० बस्ने २० वर्षीय दीपेन्द्र कुमार महतो, सोही ठाउँका १९ वर्षीय राधेश्याम महताे, सोही ठाउँका २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका वडा नम्बर ९ का २० वर्षीय राजीनन्द महतो र रौतहट जिल्ला चन्द्रनिगाहपुर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको नगवामा भारतिय नागरिक मृत फेला

 Krishna Shrivastav

वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नं १६ नगवामा एक भारतिय नागरिकको शब फेला परेको छ । भारत बिहार राज्य रक्सौलको थाना रोड बस्ने ४३ वर्षीय अनिल कुमार खेतानको शब फेला परेको हो । खेतानको शब आज बिहान ८ बजेको समयमा नगवास्थित माइदिया पोखरीको किनारमा पानीमै तैरिरहेको अवस्थामा फेला परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो । खेतान वीरगञ्जमा व्यापार व्यावसाय सञ्चालन गर्दै आइरहेका थिए । घटनाबारे थप अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।


वीरगंजमा लगातार चौथो दिन नि:शुल्क पानी लिएर घरघरमा पुगे युवा नेता अजय गुप्ता

 Krishna Shrivastav

वीरगंज । नेकपा एमाले पर्साका युवा नेता अजय कुमार गुप्ताले आज चौथौँ दिन रानीघाटको कुमारीमाई टोलमा खानेपानी वितरण गरेका छन् । चापाकलहरू सुकेर पानीको हाहाकार भएसँगै जनजीवन नै कष्टकर भइरहेको बेला युवा नेता गुप्ताले आफ्नो व्यक्तिगत लगानीमा विगत चार दिनदेखि नि:शुल्क रूपमा पानी वितरण गरिरहेका छन् । गत स्थानीय तहको निर्वाचनमा वीरगञ्ज – १० मा नेकपाकै तर्फबाट वडाध्यक्षको प्रत्याशीसमेत रहेका गुप्ताले बिहीबार वीरगञ्जको रानीघाटस्थित कुमारीमाई टोलमा दश हजार लिटर पानी नि:शुल्क रूपमा वितरण गरेको जानकारी दिए । गुप्ताले यसअघि वीरगञ्जस्थित घडिअर्वा, रानीघाट, कुमारीलगायतको टोलमा पनि पानी वितरण गरेका थिए ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पाेखरियामा सेवा प्रदायक कार्यालय संचालनका लागि पहल गर्छु : मन्त्री रिजाल

 Krishna Shrivastav

वीरगंज । संघिय सरकारकाे उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाले पाेखरियामा सेवा प्रदायक कार्यालय संचालनकाे लागि पहल गर्ने वताएका छन् । पोखरिया नगरपालिकाले बिहिबार आयाेजना गरेकाे अभिनन्दन कार्यक्रमलाई सम्बाेधन गर्दै उनले पाेखरियामा मालपाेत, जिल्ला प्रशासन, नापी लगायतका सेवा प्रदयाक कार्यालयहरु संचालनमा ल्याउन पहल र प्रयास गर्ने वताए । उनले भने “जिल्लाकाे सदरमुकाम वीरगंजमा रहेका यी सबै कार्यालयहरुमा काम गराउन जाँदा खर्च बढी लाग्ने गरेकाे छ । वीरगंज रहेका कार्यालय भ्रष्टचार र घुसखाेरी पनि त्यति कै छ । पाेखरियामा सेवा प्रदायक कार्यालयका शाखाहरु संचालनमा आए भ्रष्टाचार र घुसखाेरी पनि बन्द

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सशस्त्र प्रहरीद्वारा प्रसाैनीबाट २६ भैंसी नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको पशु चौपाया सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल प्रसाैनी भाठाबाट खटिएकाे प्रहरी गस्ती टाेलीले बिहिबार विहान २६ वटा भैंसी नियन्त्रणमा लिएकाे हाे । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएकाे पशु चाैपाया विन्दवासिनी गाउँपालिकाकाे वडा नं. ५ स्थित प्रसाैनी पुलबाट नियन्त्रणमा लिइएकाे सशस्त्र प्रहरी बल बिओपी प्रसाैनीका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए । प्रहरी निरिक्षक थापाकाे नेतृत्वमा रहेकाे प्रहरी गस्ती टाेलीलाई देख्नै वितिक्कै तस्करहरु भैंसी छाेडी फरार भएकाे उनले वताए । बरामद गरिएको राँगा भैंसीको बजार मूल्य ५ लाख रहेको अनुमान

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भन्सार विभागको लेबल लगाउने प्रावधानविरुद्ध वीरगंजसहित देशभरका व्यवसायी

 Krishna Shrivastav

वीरगंज । वीरगञ्जसहति देशभरका उद्योगी, व्यवसायी भन्सार विभागद्वारा जारी लेबलिङ सम्बन्धी प्रावधानको विरोधमा उत्रेका छन् । व्यवसायीहरूले भन्सार विभागद्वारा जारी गरिएको लेबलिङ सम्बन्धी सूचनालाई अस्पष्ट र अव्यवहारिक भनेर विरोध जनाउँदै तत्काल लागू नगर्न माग गरेका हुन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घसहित सीमा क्षेत्रसँग जोडिएका सहरहरूमा अवस्थित उद्योगी तथा व्यवसायीहरूको चार वटा छाता सङ्गठन मोरङ व्यापार सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले एउटा संयुक्त प्रेस विज्ञप्ति निकालेर भन्सार विभागद्वारा गत असार २२ गते जारी भएको “लेबल लगाउने सम्बन्धी सूचना” का कारण व्यवसायीहरू माझ अन्योल एवम् एक किसिमको त्रासको

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

खानेपानीको समस्याका कारण मुर्ली वासी पीडित, वडा कार्यालय द्वारा पानी वितरण

 Krishna Shrivastav

बीरगंज । खानेपानीको समस्याका कारण मुर्ली वासी पीडित बनेका छन। मानव जीवनमा सबै भन्दा महत्त्वपूर्ण पानी हुन्छ, जस्को सहारा विना जीवनको कल्पना गर्न सकिदैन सोही आवस्यकता लाई मध्य नजर गरी वडा कार्यालय द्वारा पानी वितरण सुरु गरिएको हो। हुनत पानी वितरण स्थायी र दिगो योजना नभए पनि तत्कालका लागि जीवन बचाउने उद्देश्यले पानी वितरण गरिएको वडा अध्यक्ष सुरेश प्रशाद गुप्ताले बताए। यस वर्ष वर्षा नभएको र खडेरी परेको हुनाले हरेक प्राणी लाई पानीका लागि निकै नै सास्ती खेप्नु परेको छ। पानीको आपूर्ति सम्बन्धमा दिगो विकल्पका लागि चापाकलको पनि विस्तारै व्यवस्थापन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्युु भएको छ । बुधबार साँझ जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका ४ बनौलि बस्ने २५ वर्षीय मुकेश कुमार यादवको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आफ्नै खेतमा पानि तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेका यादवलाई छिन्मस्ता अस्पताल राजविराज सप्तरीमा उपचार भईरहेकोमा राति मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । यस सम्बन्धमा थप अनुसंधान भैरहेको प्रहरीले जनाएका छन् ।


महोत्तरीमा एकजना मिटरब्याजी पक्राउ

 Krishna Shrivastav

वीरगंज । प्रहरीले एकजना मिटरब्याजीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका–६ हतिसर्वाका इन्द्रजित साह रहेका छन् । उनी मिटरब्याजी रघुवीर साहका छोरासमेत रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको छलफलमा विवाद गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो । कार्यालयमा अनुचित लेनदेन कार्यदलले छलफल गरेको थियो । जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बाबुविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ


बारामा सम्पत्तिको लोभमा श्रीमतीको हत्या

 Krishna Shrivastav

वीरगंज । बारामा सम्पत्तिको लोभमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारत बिहार राज्यको पूर्वी चम्पारण ढाका ग्राम पञ्चायत पोष्ट पचपकडी–१४ का ३१ वर्षीय महम्मद अमिनुल्लाले २२ वर्षीया आफ्नी श्रीमती आसमिन खातुनलाई छुरीले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रहरी प्रवक्ता जयकृष्णप्रसाद कुर्मीले जनाएका छन् । बुधबार बिहान ४ बजे हत्या भएको प्रहरीले जनाएको छ । घटना भए लगतै स्थानीयहरुले प्रहरीलाई जानकारी गराएका थिए । बिहानै श्रीमान श्रीमतीबीचको झगडाले उग्र रुप लिएपछि अमिनुल्लाले घाँटी रेटेर नै हत्या गरेको स्थानीयले जनाए । प्रहरीले हत्यामा संलग्न रहेका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मुलुकका अधिकांश भागमा पानी पर्ने, केही प्रदेशमा भारी वर्षा

 Krishna Shrivastav

वीरगंज । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बिहानैदेखि केही भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो देशभर सामान्य बदली रहने उल्लेख गरेको छ । देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारा जिल्लाको संघर्ष स्थगित : डीएसपीले माफी माग्ने, घाइतेको उपचार खर्च सरकारले दिने

 Krishna Shrivastav

वीरगंज । बारा जिल्लामा प्रहरीलाई कारबाही गर्नुपर्ने मागसहित राजनीतिक दलहरुले गरेको विरोध प्रदर्शन स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय बारामा संघर्षरत राजनीतिक दलका अगुवा र प्रशासनबीच बुधबार सहमति भएको छ । दुबै पक्षबीच भएको ४ बुँदे सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षकलाई कारबाही गरिने छ । डीएसपी पुरुषोत्तम पाण्डेय र इन्सपेक्टर रुपेश साहले घाइते भैयाराम यादवसित माफी माग्ने, डीएसपी र इन्सपेक्टरलाई २ वर्षसम्म गणमा राख्ने, घाइते यादवको उपचार खर्च सरकारबाट उपलब्ध गराउन पहल गर्ने र बिहीबारदेखि संघर्षका कार्यक्रमहरु स्थगित गर्ने सहमति भएको

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश प्रदेशमा एक वर्षमा ५ सय ४६ जनाको मृत्य

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेश कार्यालय जनकपुरधामले यस प्रदेशका ८ वटै जिल्लाबाट आर्थिक वर्ष ०७९/०८० मा सवारी दुर्घटनामा ५ सय ४६ जनाको मृत्यु भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको अनुसार आर्थिक वर्ष ०७९/०८० मा भएको ५ हजार ९ सय ८८ वटा सवारी दुर्घटनामा ५ सय ४६ जनाको मृत्यु भएको छ । २ हजार २ सय जना गम्भीर घाइते र ७ हजार ४७६ जना सामान्य घाइते भएका छन् । त्यसैगरी, सोही आर्थिक वर्षमा मधेशका ८ वटै जिल्लामा ३ लाख ९३ हजार १८३ जनालाई ट्राफिक कारबाही गरी २६ करोड ८६ लाख

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराको विश्रामपुर गाउँपालिकामा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला

 Krishna Shrivastav

वीरगंज । बाराको विश्रामपुर गाउँपालिकामा एक युवकको शव फेला परेको छ । फेटा गाउँपालिका वडा ४ चिलझप्टी निवासी पन्नालाल साह कलवारको आज विहान हिलोले लतपतिएको अवस्थामा शव फेला परेको स्थानीयले बताएका छन् । मृतक पन्नालालको शव आज विहान ७ बजे विश्रामपुर ४ बलिरामपुरमा स्थानीयले बोर्डरको १०० फिट नजिक खेतमा हिलोले लतपतिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाए लगतै प्रहरी चौकी मुसहर्वाको टोली र शसस्त्र प्रहरी बरैनियाको टोली घटनास्थलमा पुगेका छन् । ३८ वर्षका मृतक पन्नालाल विगत १० वर्ष देखि विश्रामपुर वडा नम्बर–४ बलिररामपुर मै जग्गा किनेर बस्दै

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बिल विजक भन्दा बढी सामान बोकेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढीको विद्युतीय सामान तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार राती १०ः१५ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकबाट ना.३ ख. ५६७१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएका हो । वीरगन्ज पथलैया सडकखण्ड स्थित गण्डकमा ना.३ ख. ५६७१ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको पाईएको र विल बिजक पनि संकास्पद देखिएकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तराई क्षेत्रमा पानीको समस्या विकराल बन्दै, सरकार निरिह बनेको छ ः सांसद यादव

 Krishna Shrivastav

वीरगंज । तराई क्षेत्रमा पानीको समस्या तत्काल सामाधान गर्न पर्सा निर्वाचन क्षेत्र नं १ का सांसद प्रदिप यादवले सभामुख मार्फत सरकारलाई आग्रह गरेका छन । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै जन्ता समाजवादी पार्टीका प्रमुख सचेतक समेत रहेका सांसद प्रदिप यादवले मधेश प्रदेशको वीरगंज लगायत आसपासको क्षेत्रमा पानीको हाहाकार मचिरहेको समयमा सरकारले यस तर्फ ध्यान नदिएको आरोप लगाए । चापाकलबाट कुनैबेला ५० फिट १०० फिटमा पानी आउथ्यो तर अहिले ३०० फिट गाडदा पनि पानी नआएको सांसद यादवले बताए । एक थोपा पानीको लागी तराईवासी तडपिरहेको बेला सरकार निरिह भएको उनले आरोप

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

माइस्थान मन्दिर सौन्दर्यकरण विगारेको खानेपानी संस्थानलाई तत्काल मर्मत गर्न मेयर सिंहको निर्देशन हतारमा काम गर्दा कमजोरी भयो, माइस्थान मन्दिर परिसर मर्मत गर्छौँ ः खानेपानी संस्थान

 Krishna Shrivastav

वीरगंज । वीरगञ्जको माइस्थान मन्दिर परिसरको सौन्दर्यकरण विगारेको खानेपानी संस्थानले तत्काल मर्मत गरिदिने भएको छ । महानगरका मेयर राजेशमान सिंह बिहीबार बिहान आफैँ मन्दिर परिसरको अवलोकन गर्दै विग्रिएका संरचना तत्काल मर्मत गरिदिन खानेपानी संस्थानलाई निर्देशन दिनुभएको हो । खानेपानी संस्थानले पानीको पाइप विस्तार गर्ने क्रममा मन्दिर परिसरमा सौन्दर्यकरणका लागि लगाएको पेभर्स निकालेर जथाभावी राखिदिएको थियो । मन्दिर सौन्दर्यकरणका लागि आफूहरु लागि परेको भन्दै मेयर सिंहले खानेपानी संस्थानले महानगरसँग समन्वय नै नगरी खनिदिँदा सौन्दर्यकरण विग्रिएको बताउनुभयो । संस्थानले पाइप लाइन विस्तारको काम गर्दा महानगरसँग समन्वय गरेर मात्रै गर्न पनि उहाँले निर्देशन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

News

राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

News

नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

News

इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

News

सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ