सविधानसभा सदस्य अनिल रुङ्टा द्वारा नगवामा बौधी माई महानवमी मेला २०८० तथा बिराट दंगल “कुस्ती” प्रतियोगिताको उद्घाटन

 Krishna Shrivastav

पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं १६ नगवामा बौधीमाई महानवमी मेला २०८० तथा बिराट कुस्ती दंगल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि रहेका सविधानसभा सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुङ्टाले आज रिबन काटी मेला तथा बिराट कुस्ती दंगल प्रतियोगिताको उदघाटन गरेका छन । सो अवसरमा उनले प्रमुख अतिथि रहेका अनिल रुङ्टा पहिलो कुस्ती कर्ताहरु को हात मिलाएर बिराट कुस्ती दंगल प्रतियोगिताको उदघाटन गरेका थिए। साथै कुस्ती कर्ताहरु लाइ देश बिदेशमा नाम उच्च बनाउन तथा आफनो कुस्तीलाई अझ राम्रो ढङ्गले प्रस्तुत गर्न शुभकामना समेत व्यक्त गरेका थिए ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गाजामा मृत्यु हुनेको संख्या ४ हजार ३ सय ८५ पुग्यो

 Krishna Shrivastav

प्यालेस्टिनी अधिकारीहरूले गाजामा मृत्यु हुनेको संख्या ४ हजार ३ सय ८५ पुगेको बताएका छन् । अधिकारीहरूले मृत्यु हुनेहरू मध्ये १ हजार ७५६ बालबालिका रहेको बताएका छन्। अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा लगातार बमबारी गरिरहेको छ । हमासको आक्रमणमा इजरायलमा १हजार ४०० जनाको ज्यान गएको थियो । पछिल्लो जानकारी अनुसार २१० जनालाई हमास लडाकुहरूले अपहरण गरी गाजा पट्टीमा लगेका छन् ।


आज बिहान महसुस भएको भूकम्पको केन्द्रविन्दु धादिङ

 Krishna Shrivastav

वीरगंज । काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । काठमाडौं धक्का काठमाडौं उपत्यकाका साथै, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो । भूकम्पले क्षति पुर्याए/नपुर्याएको बारे भने एकीन विवरण आउन बाँकी छ ।


आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्ला । आत्मिक सन्तुष्टि पनि मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नसक्छ । शत्रुपक्ष हावी हुन सक्छन् । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अकस्मात् सफलता पाइन सकिन्छ तर अपमानको सम्भावना रहनेछ । दैनिक कार्यहरूमा प्रगति

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आरके शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा

 Krishna Shrivastav

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ । बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको हो । यो समिति नै आधिकारिक भएको उनीहरूले दाबी समेत गरेका छन् ।समानान्तर कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् । महासचिवमा बुद्धी सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जसपा पर्साद्वारा बडा दशैको शुभकामना आदानप्रदान

 Krishna Shrivastav

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल पर्साको आयोजनामा आज फुलपातीको अवसरमा बडा दशै, दिपावली र छ्ठ २०८० को उपल्क्षयमा शुभकामना आदानप्रदान कार्यक्रम कुर्मी सेवा सदनमा समपन भएको छ । जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षता बडा दशै, दिपावली र छ्ठ २०८० को उपल्क्षयमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन भएको हो । कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति एवम् पुर्बमुख्यमन्त्री मा.लालबाबू राउतले दुर्गा माताले सबैलाई सदबुधी दिउन साथै सबैको सुख समृद्धि होस भने शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका सांसद प्रभु हजरा, जसपाका राजनीति

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतीय स्कार्पियाेबाट पेस्ताेलसहित तीन जना पक्राउ

 Krishna Shrivastav

विराटनगर: मोरङको धनपालथान गाउँपालिका-२ बाट कटुवा पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व सुरक्षा विशेष कार्ययोजनाअनुसार प्रहरी चौकी अमाहीबरियातीबाट शुक्रबार राति साढे ९ बजे खटिएको गस्ती टोलीले धनपालथान-२ स्थित भित्री सडक खण्डमा सडक छेउमा रोकिराखेको बिआर ०६ पिए १३६२ नम्बरको स्करपियो चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई राखेको कटुवा पेस्टोल १ थान र ३ राउण्ड गोलीसमेत फेला पारेको हो। गाडीमा गोली सहित कटुवा पेस्तोल फेला परेसँगै गाडी चालक सर्लाही हरीपुर्वा-७ का २७ वर्षीय रवीन्द्रकुमार यादव, गाडीमा सवार रहेका सर्लाही हरीपुर्वा-७ का २० वर्षीय

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मधेस प्रदेश महिला कबड्डी प्रतियोगितामा पर्सा भयाे तेस्राे

 Krishna Shrivastav

वीरगन्ज।धनुषामा आयाेजित मधेस प्रदेश महिला कबड्डी प्रतियोगितामा पर्सा तृतीय भएकाे छ । धनुषाकाे बटेश्वर गाँउपालिकामा शिवशक्ती युथ क्लबले आयाेजना गरेकाे प्रतियोगिताकाे सेमिफाइनलमा धनुषासंग ४१-२८ अंकले पराजित भएपछि पर्सा तेस्राे भएकाे पर्साका कबड्डी प्रशिक्षक आकाश पटेलले जानकारी दिए । बटेश्वर गाँउपालिकाकाे आर्थिक सहयाेगमा कार्तिक २गतेदेखि आयाेजित प्रतियोगिताको उपाधी धनुषाले जितेकाे छ। फाइनलमा धनुषाले राैतहटलाई ४४-१८ अंकले पराजित गरेकोे हाे ।प्रतियोगितामा मधेसका ८ वटै जिल्ला ले भाग लिएका थिए।


The Dark side Dashain Fair ( Mela) In Birgunj.

 Krishna Shrivastav

Birgunj, Diwash Sarraf, A sad revelation is revealed from the centre of Birgunj, sending shockwaves through the neighbourhood. The Birgunj Metropolitan City recently held the Birgunj Ratri Mela and Dashain Fair from Ghantaghar , Maisthan to Mahabirsthan chow where the use of some 81 minors in various sorts of labour throughout the event were spotted. Serious questions concerning potential abuses of children’s rights in the municipality have been raised by this development.A focal point for the neighbourhood, the Birgunj Ratri Mela attracts sizable crowds and people from all around the

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजकाे पाँचदिने रात्री बजारमा १ लाखभन्दा बढीले गरे अवलोकन

 Krishna Shrivastav

वीरगंज । नेपालीहरूको ठूलो पर्वमध्ये एक दसैँको अवसर पारेर वीरगन्जमा आयोजित पाँच दिने “रात्रि बजार” सफलतापूर्वक सम्पन्न भएको छ । कोभिड महामारीले थलिएको अर्थतन्त्रलाई उकास्ने उद्देश्यका साथ वीरगन्ज महानगरपालिकाले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा यहाँस्थित पूरानो बसपार्कमा असोज २८ गते बडादसैँको पहिलो दिन घटस्थापनादेखि सुरु गरेको पाँच दिने रात्रि बजार बिहीबार सम्पन्न भएको हो । यसअघि महानगरले प्रत्येक महिनाको अन्तिम शुक्रवार र शनिवार गरेर दुई दिनका लागि लगाउने रात्रि बजार यस पटक दसैँको अवसर पारेर पाँच दिनको लागि लगाइएको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले बताए । उनले पाँच दिनसम्म चलेको रात्रि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारा प्रहरी द्वारा २५ किलो गाँजा बरामद

 Krishna Shrivastav

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराले २५ किलो गाँजा बरामद गरेको छ । कात्तिक १ गते राति बारा, वडा न. ०७ सनफुलवामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटिएको संयुक्त गस्ती टोलीले गस्ती जाने क्रममा चारपाँच जना पुरूषले प्रहरी टोली देख्ने बितिकै गाँजा फालेर भारततर्फ फरार भएका छन् । प्रहरीले गाँजाको झोलाबाट ५ किलोको दरले २५ किलो गाँजा बरामद गरि जिप्रका, बाराका प्रवक्ता प्रनाउ दधिराम न्यौपानेले बताएका छन् ।


वीरगंजमा कोलकाताकी सेक्सोफोन वादक अनुष्काको चर्चा

 Krishna Shrivastav

वीरगंज । बहुत कम स्टेज शोमा देखिने बाजा हो,सेक्सोफोन । यसको बादक पनि नेपाल भारतमा कमै छन् । ज्याज म्यूजिकको इन्स्ट्रुमेन्टको रुपमा चिचिने यो बाजाले मिठो धुन निकाल्ने भएकोले खासगरी व्यस्क पुस्तालाई यो बाजाको संगीत खबै मनपर्छ । यस्तै बाजासहितको ब्यान्डको चर्चा अहिले वीरगंजमा भइरहेको छ । आदर्शनगर ग्रीनसिटी वीरगंजको संयोजन एवं वीरगंज महानगरको आयोजनमा हाल आदर्शनगरस्थित बसपार्कमा लागिरहेको ५ दिने रात्री बजारमा भारत,कोलकाताको क्लासिक सिम्फोनी नामक ब्यान्डले वीरगंजेली दर्शकलाई झुमाएको चर्चा छ । उक्त ब्याण्डकी सेक्सोफोन बादक हुन्,अनुष्का रोय । उनको सङ्गोतिक प्रस्तुतिलाई अहिले सबैले रुचाएको दर्शकहरु बताउँछन् ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराको मालपोत प्रमुख गिरीले जागीर लगाईदिने भन्दै पैसा असुली गरेको आरोप

 Krishna Shrivastav

वीरगंज । भुमि सुधार तथा मालपोत कार्यालय कलैया बाराका प्रमुख मालपोत अधिकृत राजेश गिरीले जागीर लगाईदिने भन्दै पैसा असुली गरेको पिडितहरुले आरोप लगाएका छन । कार्यालय सहयोगी पद दरबन्दी रिक्त रहेको हुनाले दुई जनासँग जनही एक लाख र ५० हजार रकम लिएर पनि नियुक्त नगरेको पिडितहरुको आरोप छ । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ बस्ने गुरु प्रसाद चौधरीको छोरा ४० वर्षीय अरुण कुमार चौधरीले कार्यालय सहयोगी पदमा नियुक्ति पाउन प्रमुख अधिकृत गिरीलाई रकम दिएको बताएका छन । कार्यालय प्रमुख गिरीको कार्यकक्षमा पिडितहरुले विहीवार पत्रकार सम्मेलन गरि तोक आदेश लगाएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

इन्द्र जात्रा रथ यात्रा सम्बन्धी नयाँ म्यू्जिक भिडियाे आयो

 Krishna Shrivastav

काठमाडौं । श्रीमिला सुवालले शब्द रचना गरेर बनाइएको क्वःनेयाः थौं येँयाः म्यूजिक भिडियो सोभेनियर ग्यालरी क्याफे, लसता मार्ग, सोल्टिमोडमा शनिबार सार्वजनिक भएको छ । सो म्यूजिक भिडियोका निर्देशन अनुप सिंह सुवालले नेपालभाषाको म्यूजिक भिडियो क्षेत्रमा खासै बजार नभए पनि मातृभाषा भावनाबाट अभिप्रेरित भएर नेपालभाषाको सांगितिक क्षेत्रमा पाइला राख्नु भएकी श्रीमिला सुवाललाई प्रगतिको कामना गर्दै आफूहरूले छोटो अवधिमा म्यूजिक भिडियो बनाउन सफल रहेको जनाउँदै कार्यक्रम उपस्थित सबैलाई स्वागत मन्तव्य राखे । विशेष अतिथि रत्न राज्यलक्ष्मी क्याम्पसका सहायक प्रमुख रबिन दास श्रेष्ठले नेपालभाषाकी शिक्षिका श्रीमिला सुवाल शिक्षिका मात्र नभई एक लेखक तथा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

 Krishna Shrivastav

वीरगंज । नेपाल प्रहरीमा साढे ३ सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २ सय ६० जनाका लागि भर्ना खुलेको हो । दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ । प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार निकालेको सूचनामा उल्लेख छ । प्रहरी निरीक्षक पदका लागि १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । तर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा प्रहरीको नाममा तस्करसंग पैसा असुली गर्ने सहनी पक्राउ

 Krishna Shrivastav

वीरगंज । बारामा प्रहरीको नाममा तस्करसँग पैसा असुली गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वा निवासी ३७ वर्षीय मनोजकुमार सहनी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहनीले मटिअर्वा नाकाबाट अवैध रूपमा राजश्व छली गरेर एलईडी ल्याइरहेको तस्करसँग बाराका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) को नाममा तस्करसँग रकम मागेका थिए । पक्राउ परेका सहनीलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर थप अनुसन्धान भइरहेकाे बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले जानकारी दिए।


एकै दिनमा ४ वटा माेटरसाइकल चाेर्ने युवक पक्राउ

 Krishna Shrivastav

वीरगंज । वीरगन्जमा एकै दिनमा चार वटा मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् । वीरगन्जको विभिन्न स्थानबाट चारवटा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बस्ने ३२ वर्षिय अजय गोसाईंलाई बिहीबार पक्राउ गरेकाे हाे । गोसाईंले एक दिनमा चार वटा मोटरसाइकल चोरी गरेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए । वीरगन्जमा दसैंमा लागेको रात्रि बजार घुम्न आएकाहरूको मोटरसाइकल गोसाईंको समूहले चोरी गरेको बोगटीले बताए । उनका अनुसार गाेसाईंकाे समूहले ती मोटरसाइकलहरु चोरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पत्रकार र प्रहरीको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ

 Krishna Shrivastav

बारा । आफू ‘पत्रकार हुँ’ भन्दै पत्रकार र प्रहरी लगायतको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१० अशोकवाटिका बस्ने २६ वर्षीय रवि कुमार वर्णवाल रहेका छन् । उनले पत्रकार हुँ भनी दर्ता नै नभएको अनलाइन न्युज पोर्टल र फेसबुक प्रयोग गरी विभिन्न पत्रकार तथा प्रहरीको चरित्रहत्या गर्ने मनसायले झुट्टा, कपोकल्पित र भ्रामक विषयहरू प्रकाशन गरेको आरोप छ । साथै यसबापत दसैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहार गरेकोले वर्णवाललाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडी बढाइएको जिल्ला

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

News

वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

News

खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

News

क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

News

तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण