Krishna Shrivastav
अमेरिकामा गोलीबारीमा कम्तीमा २२ को मृत्यु, बन्दुकधारी फरार
Krishna Shrivastav

अमेरिकामा गोलीबारीमा कम्तीमा २२ को मृत्यु, बन्दुकधारी फरार एजेन्सी । बुधबार साँझ माइनको लेविस्टन सहरमा भएको गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको सहरका अधिकारीहरूले बताएका छन् । स्थानीय अस्पतालहरू गोली लागेका घाइतेहरूले भरिएका छन् । समाचारअनुसार सिटी काउन्सिलर रोबर्ट म्याक्कार्थीले बलिङ एल्ली र कम्तीमो अर्को स्थान एउटा स्थानीय रेस्टुरेन्ट र बारमा भएको गोलीबारीमा मर्नेहरूको सङ्ख्या बढेर २२ पुगेको जानकारी दिए । ‘मेरो बुझाइमा बलिङ एल्लीमा गोली चलाउनेहरुको अस्थायी पहिचान खुलेको छ, घटनामा २२ जना मारिएको पुष्टि भएको छ र धेरै नै घाइते भएका छन्’, म्याक्कार्थीले बताए