स्रोत नखुलेको १३ लाखसहित भारतीय पक्राउ

 Krishna Shrivastav

महोत्तरीको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढÞा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार छन् । उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. ७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो । बसलाई रोकेर चेकजाँच गर्दा पजियारको साथबाट स्रोत नखुलेको १३ लाख २० हजार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


नेपालीलाई वार्षिक एक लाख रोजगारी दिने कतारले बुढीगण्डकीमा लगानी गर्ने !

 Krishna Shrivastav

वीरगंज । नेपालले कतारसँग बुढीगण्डकी जलविद्युत आयोजनालगायतका जलविद्युत आयोजना, पूर्वाधार तथा पर्यटन क्षेत्रमा लगानी र सहुलियतपूर्ण ऋण लगानीको लागी अनुरोध गर्ने भएको छ । कतारका अमिर (राजा) शेख तमिम बिन अमद अल थानीको नेपाल भ्रमणको क्रममा नेपालले लगानीका लागी अनुरोध गर्ने भएको हो । शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्केपछि कतारको राजा नेपाल आउने बताएका हुन् । कतारसँग नेपालले सन् १९७७ मा दौत्य सम्बन्ध कायम गरेपनि हालसम्म उच्चस्तरीय अधिकारीहरु नेपाल भ्रमणमा आएका थिएनन् ।

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

इजरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

 Krishna Shrivastav

वीरगंज । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ ।इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ ।इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीद्वारा १० केजी गाजा सहित एक जना पक्राउ

 Krishna Shrivastav

पर्सा । राजन कुमार बानिया । पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ५ निचुटा नौगछियाबाट प्रहरीले लागु ओैषध गाँजासहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ सुहपुरका ४५ वर्षिय हिरामन यादव रहेका छन् ।यादवलाई १० केजी गाँजासहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिए । अस्थायी प्रहरी चाैकी सुपौलीबाट खटिएको प्रहरी गस्ती टोलीले निचुटाकाे नाैगछियास्थित सडकमा यादव सवार बीआर २२ए इ ६७४० नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलमा रहेकाे बाेराबाट उक्त गाँजा बरनमद गरेकाे हाे । गाँजासहित पक्राउ परेका यादवलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले मनमा शान्ति पनि छाउनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको थालनी हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आफ्नै

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्जमा दशैंका बेला कोठा फोडेर १० लाखको गरगहना चोरी गर्ने दुई चोर पक्राउ

 Krishna Shrivastav

वीरगन्ज । दशैं मान्न डेरावाला वीरगन्जबाट सर्लाहीस्थित पुख्र्यौली घर गएका बेला उनको कोठाबाट १० लाख बराबरको गरगहनासहित नगद चोरी गर्ने दुई जना चोरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १ जानकीनगर घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित एक घरमा कोठा भाडामा लिइ बस्दै आएका खिल बहादुर मैनाली दशैं मान्न परिवारसहित सर्लाहीस्थित पुख्र्यौलीघर गएका थिए । उनि परिवारसहित घर गएका बेला वीरगन्जस्थित डोराकोठाबाट कात्तिक ८ गतेराति कोठाको ताल्चा फुटाई सुन चाँदीका गरगहाना तथा नगद समेत गरी १० लाख मुल्य बराबरको मालसामान चोरी भएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारा प्रहरी द्वारा अवैध सामान सहित ट्रक नियन्त्रणमा

 Krishna Shrivastav

बारा | बारा प्रहरी दव्रा अवैध सामान सहित ट्रक नियन्त्रणमा लिइएको छ । येही मिति सनिवार दिउसो करिब १ बजेको समयमा जिल्ला बारा, तपुरसिमरा उप-महानगरपालिका वडा नं.०७ अमलेखगंज चोकमा बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विरगंजबाट झापातर्फ जादै गरेको ना.३.ख.७१६३ नं.को ट्रकलाई रोकी चेक जाँच गर्दा हार्डवेयर तथा अटो पार्टका सामानहरू बिल विजक भन्दा बढी श्रोत खुलाउन नसकेको लगभग ६२,६१,५३७।- (बयसठ्ठी लाख एकसठ्ठी हजार पाँच सय सैतिस) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बारा प्रहरीले जनाएको छ।


दशैंमा २० हजारले घुमे चितवन निकुञ्ज, १ करोड ८५ लाख राजश्व संकलन

 Krishna Shrivastav

वीरगंज । चितवन राष्ट्रिय निकुञ्जले वडा दशैंकव बेलामा १ करोड ८५ लाख राजश्व संकलन गरेको छ । निकुञ्जका सूचना अधिकारी गोविन्दप्रसाद तिवारीका अनुसार दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपाली, सार्क देश, विदेशी तथा निकुञ्जमा चल्ने जीपबाट १ करोड ८५ लाख ४४ हजार ९ सय ५० राजश्व संकलन गरेको हो । सौराहा, कसरा, मेघौली, माडी, अमलटारी (नवलपरासी) र कुजौलीबाट जीप तथा पर्यटकहरु निकुञ्ज भ्रमणका लागि जाने गर्दछन् । सूचना अधिकारी तिवारीका अनुसार यो अवधिमा नेपाली १३ हजार २ सय ३३, सार्क देशका ७७९ र विदेशी ६ हजार ४८ गरी २० हजार ६० पर्यटकले

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

गाडी दुर्घटनामा एमाले नेता नविना लामासहित १० जना घाइते

 Krishna Shrivastav

वीरगंज । काभ्रेको बेथानचोकमा गाडी दुर्घटना हुँदा एमाले केन्द्रीय सदस्य नविना लामासहित १० जना घाइते भएका छन् । दुर्घटनामा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामा पनि घाइते भएकी छिन् ।उनीहरुसहित १८ जना चढेको बा १४ च ७०७७ नम्बरबो बोलेरो गाडी काभ्रेको बेथानचोकस्थित तालढुंगाबाट बेथानचोक आउँदा बाटोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा पुगेका बेथानचोक १ का वडा अध्यक्ष मधुसुदन तिमल्सिनाका अनुसार गाडी सडकमै पल्टिएको थियो । घाइतेहरुलाई उपचारका लागि धुलिखेल पठाइएको उनले बताए ।


ठोरीमा शान्ति सुरक्षा मजबुत बनाउन ठाँउठाँउमा सिसिटिभी क्यामरा जडान

 Krishna Shrivastav

बीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाले ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानहरूमा सिसिटिभी जडान गरेको छ । क्यामरा जडानबाट सडकमा हुने दुर्घटनाको साथै शान्ति सुरक्षामा पनि सहयोग पुग्ने विश्वास लिइएको छ । सम्भावित दुर्घटना क्षेत्रहरुमा जडान गरिएको क्यामेराले पालिकाभित्रका सडकको गतिविधि र दुर्घटनाहरुको सत्य तथ्य पत्ता लगाउन महत्त्वपूर्ण भुमिका खेल्ने गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको विश्वास छ । सडकमा दुर्घटना हुँदा सवारी धनी भाग्ने, पसलहरुमा चोरी हुने, अमानवीय घटनाबाट जोगाउन सिसिटिभी क्यामराले मद्दत पुग्ने बताउनुभयो । वडा नं।१ को सरस्वती चौकी, चौतारा, भागवान नगर, वडा नं। २ को भन्सार चौक, ईलाका प्रहरी कार्यलय,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

निकासी पैठारी नियन्त्रण गर्न नेपाल-भारत सिमा नाकामा कडाइ गरिने

 Krishna Shrivastav

वीरगंज । नेपाल-भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमावर्ती नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ । पर्साको वीरगञ्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमा नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रण गर्न कडाइ गर्ने, लागुऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने र आपाराधिक घटना हुन नदिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिए । यस्तै बैठकमा सिमानाकाबाट हुने अवैध वन्यजन्तुको चोरी सिकारी तथा तस्करीलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीबीच समझदारी भएको प्रजिअ रेग्मीले बताए । भारतमा हुने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

इंग्ल्यान्डविरुद्ध आयोजक भारतको खराब सुरुवात, कोहली शुन्यमै आउट

 Krishna Shrivastav

वीरगंज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरुद्धको जारी खेलमा आयोजक भारतले खराब सुरुवात गरेको छ । लखनउस्थित स्टेडियममा जारी खेलमााा टस हारेर पहिले व्याटिंगको निम्तो पाएको भारतले ४० रनमै ३ विकेट गुमाएको छ । भारतका विराट कोहली शुन्य रनमा आउट भए । यस्तै शुभन गिल ७ र श्रेयस ऐयर ४ रनमै पेभोलियन फर्किएका छन् । क्रिजमा अहिले कप्तान रोहि शर्मा र केएल राहुल छन् ।यो समाचार तयार पार्दासम्म भारतले १३ ओभरमा ३ विकेट गुमाएर ४३ रनमात्र बनाएको छ । जारी विश्वकपमा भारत आँफुले खेलेका ५ वटै खेलमा जित हात पार्दै

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपाली खेलाडीलाई १ रनको १ हजार नगद दिने

 Krishna Shrivastav

वीरगंज । अर्ना वियरले टी–२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ ।अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो । त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको हो ।अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेटमा चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो । टी–२० विश्वकपको एसिया छनोट सोमबारदेखि काठमाडौंमा सुरु हुँदै

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रतिनिधि सभामा बैंकिङ कसुर र भन्सार विधेयक प्रस्तुत

 Krishna Shrivastav

वीरगंज । प्रतिनिधि सभाको बैठकमा बैंकिङ कसुर र भन्सार विधेयक पेस भएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० तथा भन्सार विधेयक २०८० प्रस्तुत गरिएको हो ।दुवै विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भएअनुसार बैंकिङ कसुर तथा सजाय ऐन संशोधन प्रक्रिया अघि बढाइएको हो । मौद्रिक नीतिमा वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्‍याउने गैरव्यावसायिक तथा उच्छृंखल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैंकिङ कसुर ऐन

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सामा सशस्त्र प्रहरी जवानमाथि आक्रमण, बियरकाे बाेतल प्रहार

 Krishna Shrivastav

वीरगंज । पर्साका एक जना सशस्त्र प्रहरी जवानलाई कुटपिट गरी हत्याको प्रयास भएकाे छ । सशस्त्र प्रहरी बल १३ नं. हेडक्वाटर पर्सामा कार्यरत सशस्त्र प्रहरी जवान निरज विश्वकर्मामाथि कार्तिक ६ गते कुटपिट भएपनि हाल सम्म आराेपित पक्राउ पर्न सकेका छैनन् । वीरगंज महानगरपालिकाकाे मिलनचोक बस्ने सप्रज विश्वकर्मा दशै विदा मनाउन मिलनचोकस्थित घर गएको र नवमीको राति जितपुरहुदै वीरगंज फर्किदै गएको अवस्थामा मनमिश्र निमावी टेढाभन्दा ५० मिटर पश्चिम भैसी लोड गर्ने स्थानमा उनीमाथि स्थानीय युवकहरुले आक्रामण गरेका थिए । बोटोमा स्थानीय युवकहरु विवाद गरिरहेको दृश्य देखेपछि विश्वकर्माले सम्झाई बुझाई गर्न खोज्दा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

माेटरसाइकल दुर्घटना हुदाँ बाराकाे पिलुवामा चालककाे मृत्युु

 Krishna Shrivastav

बारा । बारामा शनिबार बिहान भएकाे माेटरसाइकल दुर्घटनामा एक युवकको मृत्युु भएकाे छ । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवास्थित सडकमा शनिबार बिहान ज १२ प ७१५४ नम्बरको माेटरसाइकल दुर्घटना हुदाँ त्यसका चालक कञ्चनपुरको भिभदत्त नगरपालिका वडा नम्बर ११ का २६ वर्षिय आकाश साेनारकाे मृत्युु भएकाे हाे । कलैयाबाट पिलुवा तर्फ जाँदै गरेकाे साेनारले हाँकेकाे माेटरसाइकल आफैं अनियन्त्रित भई पल्टिदा साेनार गम्भीर घाइते भएका थिए । घाइते साेनारलाई सुरुमा उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा लगिएको थियाे ।त्यहाँबाट उनलाई नाैतनस्थित एल.एस. न्युराे अस्पताल लगिएकोमा उपचारका क्रममा त्यँही उनकाे मृत्युु भएकाे

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विश्वकप क्रिकेटमा आज भारत र इंग्ल्यान्ड खेल्दै

 Krishna Shrivastav

वीरगंज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज आइतबार भारत र इंग्ल्यान्ड खेल्दैछन् । यी दुईबिचको खेल दिउँसो सवा २ बजेदेखि सुरु हुनेछ । जारी विश्वकपमा भारत आँफुले खेलेका ५ वटै खेलमा जित हात पार्दै १० अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । जारी विश्व कपमा अहिलेसम्म अपराजित रहने भारत एक मात्र टोली हो । इंग्ल्यान्ड भने समान पाँच वटै खेलमा चारमा हार र एकमा जित हात पार्दै २ अंकसहित अंकतालिकाको पुछारमा रहेको छ । भारत र इंग्ल्यान्डबीच भएका पछिल्लो पाँच वटा खेलमा भारतले तीन वटा र इंल्यान्डले दुई वटा खेल

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतले बनायो पुरुषका लागि गर्भनिरोधक सुई

 Krishna Shrivastav

वीरगंज । चिकित्सा जगतमा केही दिनयता इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को एक प्रयोगले निकै चर्चा पाइरहेको छ । आईसीएमआरले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ । सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको क्लिनिकल परीक्षण पूरा भएको हो । अर्थात् यो सुईले प्रयोगको अनुमति पाएको छ । यो सुईको कुनै साइड इफेक्ट नभएको दाबी आईसीएमआरको छ । यो सुईको नाम रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स राखिएको छ । समाचारअनुसार क्लिनिकल परीक्षणमा २५ वर्षदेखि ४० वर्षबीचका ३०३ जना स्वस्थ अनि सेक्सुअली एक्टिभ विवाहित पुरुष र तिनका पत्नीलाई समावेश गरिएको थियो

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

News

क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

News

ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

News

क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

News

हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह