Krishna Shrivastav
आन्तरिक पर्यटन प्रवर्द्धन अभियानमा लागेका ‘बुलेट राइडर’ युवाहरूले गरे ठोरीको भ्रमण
Krishna Shrivastav

वीरगञ्ज । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यमा लागेका चितवनको भरतपुरका ‘बुलेट राइडर’ हरूले दोस्रो पटक पर्साको मुख्य पर्यटकीय स्थल ठोरीको भ्रमण गरेका छन् । “राइड वीथ मेरो बाइक” को आयोजना तथा रोयल राइनो राइडर्स चितवनको सहयोगमा दर्जन भन्दा बढी बुलेट राइडरहरूले दोस्रो पटक ठोरीको भ्रमण गरेका हुन् । १७ वटा बुलेट मोटरसाइकलमा एकसाथ शनिवार बेलुकी ठोरी आइपुगेका बुलेट राइडरहरूले ठोरी जङ्गल रिसोर्टमा राति बास बसेर आइतबार ठोरीका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गरेको ठोरी जङ्गल रिसोर्टका सञ्चालक सुदीप थापाले जानकारी दिए । “घुम्दिम ठोरी” नारा सहित शनिवार बेलुकी ठोरी आइपुगेका उनीहरू