Krishna Shrivastav
ओलीमाथि आक्रमण प्रकरण : प्रहरीले रोक्न खोज्दा खोज्दै भीडमा छिरे, मुक्काले हान्ने प्रयास
Krishna Shrivastav

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आक्रमण गर्ने महेश राईलाई प्रहरीले रोक्न खोज्दाखोज्दै भीडमा पसेको खुलेको छ । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार उनलाई शंका लागेर सुरक्षामा खटिएका प्रहरीले फूलमाला लगाउने लाइनमा जानबाट रोक्न खोजेका थिए । तर, एमाले कार्यकर्ताकै सहयोग लिएर स्वागत गर्ने लाइनमा पुगेका उनले अध्यक्ष ओलीको टाउकोमा मुड्की हान्ने प्रयास गरेका हुन् । ‘हाम्रा साथीहरुले रोक्न खोजेका रहेछन् । तर, एमालेकै कार्यकर्ताहरुको सहयोग लिएर लाइनमा छिरेको थाहा भएको छ,’ डीआईजी बाँस्तोलाले भने । उनले आक्रमणकारी राईले मादक पदार्थ सेवन गरेको पनि खुलेको