Krishna Shrivastav
१९ जिल्लामा सिडिओ हेरफेर
Krishna Shrivastav

गृह मन्त्रालयले १९ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृहले शुक्रबार १९ प्रमुख जिल्ला अधिकारी सहित २५ जना अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो । जसअनुसार मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सह सचिव जय नारायण आचार्यलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालालई गृह मन्त्रालयमा तानिएको छ ।
पोखरिया नगरपालिकामा आफ्नै दलित कर्मचारीमाथि बलात्कारको प्रयास
Krishna Shrivastav

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा गएराती एक दलित कर्मचारीमाथि बलात्कारको प्रयासको घटना भएको छ । नगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । सरसफाइ शाखाका नाइके रामबली हजराले आफ्नै सरसफाइ कर्मचारीमाथि बलात्कारको प्रयास गरेको पोखरिया प्रहरीले बताएको छ । पीडक हजराले राती साढे ९ बजे नगरपालिकाको कार्यालयमा बोलाएर बलात्कारको प्रयास गरेको पीडित महिलाको आफ्न्तले जनाए । पीडित महिला र उनको श्रीमानले अहिले जाहेरी दिन इलाका प्रहरी कार्यालय पोखरियामा गएको बताइएको छ ।
राजश्व छलेको आशङ्कामा मालबहाक ट्रक नियन्त्रण
Krishna Shrivastav

वीरगंज | नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रवार बेलुकी नियन्त्रणमा लिएको हो। सो क्रममा नेपालगन्जस्थित न्युरोड क्षेत्रमा व्यवसायी र सुरक्षाकर्मीबिच केही बेरसम्म तनाव उत्पन्न भएको थियो। ठुलो संख्यामा उपस्थित भएका उद्योगी, व्यवसायीले रोक्न प्रयास गरेपनि अन्ततः सुरक्षाकर्मीले नियन्त्रणमा लिएर उक्त ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुर पुराएका हुन्। बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राजस्व ‘चुहावट’ गरेको आशङ्कामा ट्रकलाई नियन्त्रणमा लिइएको बताए। ‘हाम्रो कारबाही सफल भएको छ, राजश्व अनुसन्धान कार्यालय कोहलपुरलाई ट्रक