Krishna Shrivastav
अवैध कपडा सशस्त्रको नियन्त्रणमा
Krishna Shrivastav

सशस्त्र प्रहरी बल नेपालले बारा र रौतहटको सीमा क्षेत्रबाट भन्सार छली गरेर ल्याइएको करिब ३१ लाख रूपैयाँको कपडा मंगलबार राती नियन्त्रणमा लिएको छ। मधेश प्रदेशमा रहेको सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनीपति सशस्त्र प्रहरी बलका डिआइजी दीपेन्द्र शाहले भारतबाट ठूलो परिमाणमा भन्सार छली गरेर ल्याइएका कपडा मंगलबार राती बंकुलबाट नियन्त्रणमा लिइएको बताए। अबैध रूपमा भित्र्याइएका कपडा तस्कर समूहले नेपालको विभिन्न भागमा पठाउन लागेको सूचनाका आधारमा मंगलबार राती बारा र रौतहटको सीमामा रहेको बंकुल क्षेत्रबाट नियन्त्रणमा लिइएको डिआइजी शाहले बताएका हुन्। नियन्त्रणमा लिइएका कपडा राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जानकारी पनि