Krishna Shrivastav
५ महिनामै पौने पाँच अर्ब रकमान्तर दुई अर्ब थप निकासा र सवा ६ अर्ब बढीको सहमति
Krishna Shrivastav

सरकारले वित्तीय अनुशासन मिच्दै रकमान्तर गर्ने, थप बजेट दिने तथा विनियोजनभन्दा बढीको बजेट सहमति दिने प्रवृत्तिलाई चालू आवमा पनि दोहोर्याएको छ । चालू आवको पहिलो महिनाबाटै आफैँले बनाएको बजेट विनियोजनभन्दा बाहिर गएर सरकारले खर्च गरेको हो । सरकारले साउनदेखि मंसिरसम्म एउटा बजेट उपशीर्षकबाट अर्कोमा चार अर्ब ७६ करोड ३१ लाख रकमान्तर गरेको छ । त्यस्तै, अर्थ विविध शीर्षकबाट विभिन्न मन्त्रालयलाई दुई अर्ब एक करोड पाँच लाख रकमान्तर गरी थप निकासा दिएको छ । अर्थ मन्त्रायले यस अवधिमा विभिन्न आयोजना तथा खरिदका लागि विनियोजित बजेटभन्दा ६ अर्बले बढी हुने गरी आठ अर्ब ९७ करोड ४८