बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

 Krishna Shrivastav

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल, कृषिमन्त्रीसमेत रहेका रामनाथ अधिकारी र कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्रीसमेत रहेका रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन्। बैठकमा समसामयिक विषयवस्तु र सरकारको काम कारबाहीका विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।


बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

 Krishna Shrivastav

उदयपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटारी नगरपालिका- ४ गबुवा बस्ने २५ वर्षीय सुजन भन्ने राजकुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नवीन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई कटारीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।


शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

 Krishna Shrivastav

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ । आइतबार बसेको समितिको बैठकले शिक्षा विधेयक, २०८० को सम्बन्धमा छलफल गरेको हो । उक्त छलफलमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग गरेका नौं बुँदे सहमति कार्यान्वनमा आफू प्रतिवद्ध रहेको बताए । उनले शिक्षक महासंघमा प्रतिनिधिहरुले नौ बुँदे सहमति भन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेन्डा बनाएकाले आफ्नो प्रतिबद्धता भनेको नौ बुँदे प्रतिवद्धता भएको बताए । उनले भने, ‘मैले गरेको नौ बुँदे सहमतिलाई कार्यान्वयन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

 Krishna Shrivastav

काठमाडौं : बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरेका छन्। लालु यादवले सामाजिक सञ्जाल एक्समा अबदेखि तेज प्रतापको पार्टी र परिवारमा कुनै पनि प्रकारको भूमिका नहुने बताएका छन्। उनले भनेका छन्,‘निजी जीवनमा नैतिक मूल्यमान्यतालाई बेवास्ता गर्नाले सामाजिक न्यायको लागि हाम्रो सामूहिक संघर्षलाई कमजोर बनाउँछ। जेठो छोराको गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्यमान्यता र परम्परा अनुरूप छैन।’ लालु यादवले परिस्थितिका कारण आफ्नो छोरालाई पार्टी र परिवारबाट हटाएको बताए। उनले अबदेखि तेजप्रतापको पार्टी र परिवारमा

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

 Krishna Shrivastav

काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा गत जेठ ६ गते बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयले प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा भएकी प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएकी छन् । विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई नीति निर्माण समिति बैठकको निर्णयले विशेष बढुवा प्रदान गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

 Krishna Shrivastav

विराटनगर । नेकपा माओवादी केन्द्रले पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसकै नेताहरुले छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले छानबिनका लागि गृहमन्त्रीको राजीनामा माग गरेका हुन् । ‘हिजो प्रतिपक्षमा हुँदाखेरी सहकारीलगायतको विषयमा कुरा उठाएर नैतिकताको हिसाबमा राजीनामा दिनुपर्छ भनेर संसदमा माइक फुट्नेगरी कराउने नेता आज त्यहीँ पार्टीका धेरै नेताले राजीनामा दिनुपर्छ भनेर भनिसक्नु भएको छ, तर लाजै लजाउने गरी यो मुलुक

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भिजिट भिसा प्रकरण : गृह सचिवसहित थप कर्मचारी पनि निगरानीमा

 Krishna Shrivastav

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका विवादास्पद प्रमुख अध्यागमन अधिकृत(सहसचिव) तीर्थराज भट्टराईलाई पक्राउ गरेपछि गृहमन्त्री रमेश लेखकको भूमिकामाथि चौतर्फी प्रश्न उठेको छ । गृहप्रशासनमा उच्च अधिकारीहरुको भूमिकामाथि अख्तियारले निगरानी र अनुसन्धान सुरु भएको छ । सहसचिव भट्टराईलाई अख्तियारको टोलीले गत बुधबार नियन्त्रणमा लिएर राती छाडेको थियो । त्यो दिन अख्तियारले अरु तीन जनालाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।सहसचिव भट्टराईका मोबाइल उपकरण नियन्त्रणमा लिएर परीक्षणका लागि पठाएको अख्तियारले भट्टराईलाई आगामी आइतबार(१८ जेठ)मा बयानका लागि बोलाएको छ । सहसचिवसँगको प्रारम्भिक सोधपुछ र पक्राउ परेका अरु

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्धा चलाउने निर्णय

 Krishna Shrivastav

काठमाडौं । गएको चैत १५ मा तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूमध्ये मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्धा चल्ने भएको छ । अनुसन्धानको दायरामा परेका १०८ जनामध्ये ६५ जनाविरुद्ध मुद्धा चलाउने निर्णयसहित सरकारी वकिल कार्यालयले अभियोग पत्र काठमाडौं जिल्ला अदालतमा पेस गरेको हो । अभियोग पत्र दर्ता हुने प्रक्रियामा छ । १०८ जनामध्ये ९० जना पक्राउ परेका थिए भने १८ जना फरार थिए । उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा लगिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दाहाल, नेपाल र खनालले नेकपा विभाजन गरेर अपराध गरे : ओली

 Krishna Shrivastav

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लगभग दुईतिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर ‘देश बनाउने अभियान’ रोक्न खोजेको टिप्पणी गरेका छन् । आइतबार ललितपुरमा नेकपा (एमाले)को वागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानीत नेता झलनाथ खनालप्रति यस्तो आरोप लगाएका हुन् । ओलीले कम्बोडियामा आफ्नो ३२ अर्ब लगानी छ भनेर प्रचण्डले हल्ला फिँजाएको दाबी गरे । माधव नेपाल र झलनाथ खनालले त्यस कुराको पछि लागेर आफूलाई बदनाम गरेको ओलीको आरोप छ । ०६४

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कर्मचारीलाई तीनदिनभित्र काम सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

 Krishna Shrivastav

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काम तीनदिनभित्र सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालय र मातहतका कर्मचारीको आज बसेको बैठकमा उनले काम ढिलाइ नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्न सबैलाई निर्देशन दिएका हुन् । “मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका छन् । कुनै पनि फाइल रोकिएर नागरिकले समस्या भोग्नु भएन, तीन दिनभित्र कुनैपनि फाइलको छिनोफानो हुनेगरी काम गर्नुहोस्”, मन्त्री खड्काले भने। उनले मन्त्रालयअन्तर्गतका निकायबाट उल्ललेख्य प्रगति हुन नसकेकामा चिन्ता व्यक्त गर्दै काममा ढिलाइ गर्ने, नागरिकलाई दुःख दिने

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

 Krishna Shrivastav

सप्तरी। हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेखपुरमा इँटा बोकेको ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन्। मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको ज्यान गएको हो। दुवै जनालाई उपचारका लागि लगेकामा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका-१ जमुनि मध्येपुरा बस्ने वीरेन्द्र यादवका १९ वर्षीय छोरा सन्तोष यादव र सोही गाउँपालिका-२ बस्ने बिहारी मण्डलका २२ वर्षीय छोरा सागर मण्डल रहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको स१त ५४४२

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

 Krishna Shrivastav

देशभित्र बेलाबखत अघोषित लोडशेडिङ भइरहेको भन्ने गुनासोमाझ नेपाल विद्युत् प्राधिकरणले भारतलाई बिजुली बेच्न सुरु गरिसकेको र आउँदो असारदेखि बाङ्ग्लादेशलाई बिजुली निर्यात गर्ने तयारी गरिराखेको अधिकारीहरूले बताएका छन्। बिजुली आयात र निर्यातको आँकडा भने ‘पीक आवर’ उपयोगमा आधारित रहेको बताइन्छ। वर्षाको समयमा बिजुली खेर जाने जोखिम पनि कायमै रहेको छ। प्राधिकरणका अधिकारीहरूले केही दिनयता पानी पर्ने क्रम बढेसँगै यो सिजनको बिजुली निर्यात सुरु भएको बताएका छन्। शनिवारदेखि रातको समयमा भारततर्फ दैनिक डेढ सयदेखि दुई सय मेगावाटसम्म निर्यात गर्न थालिएको तथ्याङ्क छ। वर्षासँगै नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरूको उत्पादन बढ्ने गर्छ। उत्पादन

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

 Krishna Shrivastav

वीरगन्ज | लालबाबु सिंह । उपकार सेवा नेपालले राउन्ड टेबल नेपाल र श्री बलिरामपुर युवा क्लबको सहयोगमा वीरगन्जको राणिसती मन्दिर धर्मशालामा शनिबार रक्तदान कार्यक्रम सुसम्पन्न गरेको छ ।रक्तदान कार्यक्रममा २ महिला सहित २९ जनाले रक्तदान गर्नु भएको छ । रक्तदान गर्ने हरुमा मुस्कान माहेश्वरी ,कामना पौडेल,आयुश गुप्ता,रोजन सिलवाल,रमेश साबु,दिपेन्द्र कुमार महरा ,बिक्रम राम,अमन तामकाल,नितिन अग्रवाल ,देव कुमार महरा,राहुल महतो,मुरारी राम,अमित कुमार केवट ,अबिनाश गुप्ता,श्याम नारायण साह,उदय साह,हरि ओम चौहान लगायत रक्तदाताहरुले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका हुन । उपकार सेवा नेपालका अध्यक्ष बिध्या देवि सरावगी ,राउन्ड टेबल

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

बीरगञ्ज । डेसिमल कलेजले आज होटल क्लार्क रिसोर्टमा “फेयरवेल मीट एण्ड ग्रीट” शीर्षकमा कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता कलेजका डाइरेक्टर सन्नी दुबेले गरेका थिए भने प्रमुख अतिथिका रूपमा श्रम अदालत काठमाडौंका न्यायाधीश शैलेन्द्र चौरसिया उपस्थित थिए। विशिष्ट अतिथिका रूपमा पर्सा जिल्ला प्रहरी प्रमुख गौतम मिश्रा, लक्ष्मीकान्त साह सहभागी थिए। साथै, अतिथिहरूमा राम विनय चौरसिया, कृष्णा प्रसाद यादव, दीपेन्द्र श्रीवास्तव लगायत पत्रकार, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै पर्सा जिल्ला प्रहरी प्रमुख गौतम मिश्राले विद्यार्थीहरूलाई अनलाइन ठगी र स्क्यामबाट सतर्क

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

 Krishna Shrivastav

वीरगन्ज | नेपाल खेलकुद महासंघ वीरगन्ज महानगर कमिटीले आज चोर बाटोबाट गरिएको भनिएको महानगर कमिटी गठनप्रति गम्भीर आपत्ति जनाउँदै एक विज्ञप्ति जारी गरेको छ। महासंघका सचिव कृष्ण श्रीवास्तवद्वारा जारी गरिएको उक्त विज्ञप्तिमा वर्तमान कार्यरत कमिटीलाई कुनै जानकारी नदिई, औपचारिक बैठक वा छलफल नगरी गरिएको नयाँ कमिटी गठनलाई अलोकतान्त्रिक, गैरसंवैधानिक र पूर्णतः अस्वीकार्य भन्दै घोर भर्त्सना गरिएको छ। विज्ञप्तिमा मिति २०८२ जेठ १० गते गरिएको एकपक्षीय निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै यो प्रक्रिया पूर्णरूपमा अमान्य भएको जनाइएको छ। हाल सक्रिय रूपमा कार्यरत पुरानो कमिटीलाई पूर्णतः बेवास्ता गर्दै गरिएको यो कदमले संस्थाको विधि,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

 Krishna Shrivastav

वीरगंज | राजधानीको व्यस्त क्षेत्र रातोमाटेमा ट्राफिक प्रहरीले सवारी चालकलाई गैरआवश्यक रूपमा दुःख दिएको आरोप लागेको छ। सवारी चालकसँग सवारी चालक अनुमती पत्र स्पष्ट रूपमा देखाए पनि प्रहरीले चिट काटेको पीडितले बताएका छन्। घटनामा संलग्न ब्यक्तिका अनुसार, ट्राफिक प्रहरीले पछाडि बसेको यात्रुले पानी गाडी चलाएको हुनसक्ने अनुमानका आधारमा चिट काटेका हुन्। यस कार्यले प्रशासनको दुरुपयोग र व्यक्तिगत रिसइवीको आशंका समेत जन्माएको छ। चिरंजीवी पाण्डे नामक ट्राफिक प्रहरीको व्यक्तिगत रिसइवीका कारण चिट काटिएको हुनसक्ने आशंका गरिएको छ। पीडित विशेष कुमारले भने, “जागिरको अधिकार दुरुपयोग गर्दै प्रहरीको दादागिरी दिनदहाडै देखिएको छ। यस्तो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

 Krishna Shrivastav

मुम्बइ। कर्नाटक सरकारमा राजनीतिक उथलपुथल भएकाे छ। प्रतिपक्ष मात्रै होइन, जनताले पनि यतिखेर कर्नाटक सरकारको तिब्र आलोचना गरिरहेका छन्। विपक्षीले कर्नाटक सरकारका मन्त्री एमबी पाटिलविरुद्ध मोर्चा खोलेका छन्, कारण हाे बलिउड, तलिउड नायिका तमन्ना भाटिया। खासमा कर्नाटक सरकारले उनलाई मैसूर स्यान्डल सोप कम्पनीको ब्रान्ड एम्बेसडर बनाए पछि सरकार घेराबन्दीमा परेकाे हाे। स्थानीय जनता र प्रतिपक्षले मन्त्री पाटिलमाथि प्रश्न उठाएका छन् र उनको राजीनामाको समेत माग गरिरहेका छन्। जनताले सामाजिक सञ्जालमा सरकारविरुद्ध मोर्चा खोलेका छन्। उनीहरूकाे प्रश्न छ, के कर्नाटकमा स्थानीय फिल्म अभिनेत्रीहरू छैनन्? प्रतिपक्षले यो विषय उठाउँदै सरकारलाई घेरेको हाे।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

 Krishna Shrivastav

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका छन्। शुक्रबार जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत कास्की पुगेका प्रचण्डले आफू राजावादीसँग मिल्ने योजनामा भएको भन्ने गलत अव्यिक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका हुन्। प्रेस सेन्टर गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘तपाईहरूले सुन्नुभयो प्रधानमन्त्री पोखरा नै आएका थिए कि ने थिए, तीनैले प्रतिनिधि सभामा भनेका थिए, प्रतिगामीका विरुद्ध भव्य र सभ्य आयोजना गरेका भनेर बोल्दै थिए। म सुन्दै छु, राजावादीहरुसँग मिल्ने

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

News

वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या