रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

 Krishna Shrivastav

वीरगन्ज | रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन बसेको सथानीय को गुणासो छ | खुल्ला सीमा जोडिएको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको भएपनि वीरगन्ज नाकामा कडा सावधानी अपनाइएको छैन।रक्सौल वीरगन्ज नाका हुँदै दैनिक हजारौं मानिस सहज रुपमा नेपाल प्रवेश गरिरहेका छन्।वीरगन्ज नाकामा महानगरपालिकाले हेल्थ डेस्क स्थापना त गरेको छ। तर डेस्कमा ४ जना मात्र स्वास्थ्यकर्मी खटाइएको र उनीहरुले २ सिफ्टमा काम गरिरहेकाले भारतबाट भित्रिने सबैको परीक्षण हुन सकिरहेको छैन। नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा आइतबारसम्म १ सय ४७ जनाको  एन्टीजीन परीक्षण गर्दा ती मध्ये ३ जनामा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

 Krishna Shrivastav

वीरगंज |। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै नेपालमा पनि केही दिनयता प्रत्येक दिन संक्रमितको संख्या बढिरहेको छ । विज्ञहरु नेपालको अहिलेको अवस्थालाई संक्रमणको दोस्रो लहर समुदायमा देखिसकेको भन्दै सर्वसाधरणलाई सचेत गराइरहेका छन् । मानिसहरुले स्वास्थ्यका मापदण्डलाई वेवास्ता गर्दा संक्रमण फेरि उकालो लागेको उहाँहरु बताउनुहुन्छ । पछिल्लो समय संक्रमण पुष्टि भएकाहरु कोरोनाको नयाँ प्रजाति यूके भेरियन्टसँग मिल्दोजुल्दो रहेको ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले हाल नेपालमा कम उमेरका व्यक्तिलाई संक्रमण बढेको र उनीहरु यूके भेरियन्टबाट संक्रमित भएको पाइएको बताउनुभयो । नयाँ भेरियन्ट

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

 Krishna Shrivastav

वीरगंज | इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ३ सय ३ जनामा संक्रमण पुष्टि भएकामा १८ वर्षभन्दा मुनिका १८ जना छन् । त्यस्तै, शनिबार थपिएका ३ सय ३७ जना संक्रमितमा २७ जना बालबालिका थिए । निर्देशक डा. पौडेलले दुई सातायता बालबालिकामा संक्रमण बढेको बताए । ‘यो राम्रो संकेत होइन । यसलाई रोक्न अभिभावक र शिक्षक सबैले बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गराउनुपर्छ ।’ चैत १४ देखि आइतबारसम्म ३ हजार ४ सय ५ जनालाई कोरोना संक्रमण देखिएकामा १८ वर्षभन्दा मुनिका बालबालिका मात्र २ सय ७१

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

संक्रमणको प्रभाव शैक्षिक संस्थामा

 Krishna Shrivastav

वीरगंज |। यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ ।संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक संस्था मारमा परेका छन् । भर्खरै गति लिन थालेका शैक्षिक संस्था पुनः संक्रमण बढेपछि प्रभावित हुने देखिएको हो । केही विद्यालयको अहिले पनि परीक्षा सञ्चालन भइरहेको छ भने केही विद्यालयमा पाठ्यक्रम सक्नेगरी भौतिक उपस्थितिसहित पठनपाठन भइरहेको छ । तर, संक्रमण बढ्दै गएपछि शैक्षिक सत्र र परीक्षालगायत शैक्षिक क्रियाकलाप नै अनिर्णित हुने देखिएको हो । स्वास्थ्य मन्त्रालयले जोखिम क्षेत्रका विद्यालय बन्द गरी अनलाइन

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

दोस्रो लहरको कहर

 Krishna Shrivastav

वीरगन्ज । विगतका कमजोरीबाट पाठ नसिक्ने र कोरोनालाई बेसार-पानी, अदुवा र अम्बाको पातका भरमा छाडिदिने हो भने आउने नयाँ वर्ष हाम्रा लागि भयावह हुने पक्का छ। ग्रेगोरियन क्यालेन्डरको नयाँ वर्ष २०२१ ले कुनै सकारात्मकता विना चार महीना काट्दै गर्दा विक्रमाब्दको नयाँ वर्ष २०७८ पनि दुरूह हुन सक्ने केही संकेत प्रष्ट हुन थालेको छ।कुनै वर्ष पूर्णतया फलदायी हुने वा बर्बादीमा बित्ने अपेक्षा राखिनु युक्तिसंगत होइन। मानिसको जीवन झै‌ं वर्ष पनि हर्ष र विस्मात अनि आरोह र अवरोहको गठजोड हो। तैपनि एउटा कठोर वर्ष पार गरेर अर्को वर्षको सँघारमा पुग्दा आउने दिन

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपालसँग सीमा जाेडिएकाे युपीमा विद्यालय बन्द, कयाैं जिल्लामा रात्रि कर्फ्यू

 Krishna Shrivastav

वीरगन्ज । नेपालका लुम्बनी र सुदूरपश्चिम प्रदेशसँग सीमा जाेडिएकाे भारतको उत्तरप्रदेश (युपी) मा कोरोना भाइरसकाे संक्रमण बढेसँगै १७ वैशाखसम्मका लागि विद्यालय बन्द गरिएकाे छ। सक्रिय संक्रमित पाँच सय भन्दा बढी रहेका कयाैं जिल्लामा रात्रिकालीन कर्फ्यू लगाइएकाे छ। सरकारको सो आदेशपछि अब खुल्ला ठाउँमा १ सय भन्दा बढी मानिसहरु जम्मा हुन नपाइने भएको छ । बन्द गरिएका स्थानहरुमा हुने कार्यक्रमहरुमा अधिकतम ५० जना उपस्थित हुन पाइने जनाइएको छ । आइतबार मात्र युपीमा १५ हजार ३५३ नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना महामारी सुरु भएयता याे प्रदेशमा ९ हजार १ सय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्वास्थ्य क्षेत्रको बजेटको कम्तीमा १० प्रतिशत पुर्‍याउन सुझाव

 Krishna Shrivastav

वीरगंज | आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जनस्वास्थ्यविद्हरुले जोड दिएका छन् । स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन बजेटको आकार फराकिलो बनाउनुपर्नेमा जनस्वास्थ्यविद् डा. शरद वन्त जोड दिन्छन् ।अब स्वास्थ्य क्षेत्रको बजेटको आकार बढाएर कम्तीमा १० प्रतिशत पुर्‍याउनुपर्नेमा जनस्वास्थ्यविद्को भनाइ छ । एक पटक आर्थिक वर्ष ०६४/०६५ मा ७ दशमलव १६ प्रतिशत बजेट विनियोजन भएको थियो । त्यसपछि स्वास्थ्य क्षेत्रमा ५ प्रतिशतभन्दा बढी बजेट छुट्याइएको छैन । जनस्वास्थ्यका क्षेत्रमा पर्याप्त लगानी नगर्दा नेपाल जस्ता अल्पविकसित राष्ट्रहरूले कोरोना महामारीमा धेरै नै समस्या भोगेकाले स्वास्थ्यमा बजेटको आकार बढाउनुको विकल्प नभएको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगन्जमा संक्रमण पुन समुदाय स्तरमै फैलिएको संकेत

 Krishna Shrivastav

वीरगन्ज | आइतबार बेलुकी ६० जनाको स्वाब नमुना परिक्षण गर्दा पर्साका २३ र बाराका ५ गरी २८ जनामा संक्रमण भेटिएको हो। परीक्षण गराएका मध्ये झण्डै आधामा संक्रमण भेटिएको हो। कोरोनाको पहिलो लहरका बेला कोरोना महमारीको हटस्पट बनेको वीरगन्जमा फेरि संक्रमणको दर उच्च देखिएको छ। संक्रमण पुष्टि भएका पर्साका २३ मध्ये वीरगन्ज महानगरपालिकाका मात्रै २१ जना छन्। पर्साको विन्दवासिनी गाँउपालिका र बहुदरमाइ नगरपालिकाका १÷१ जना छन्।यस्तै संक्रमण पुष्टि भएका बाराका ५ जनामध्ये कलैया उपमहानगरपालिका १ जना, जितपुर सिमरा उपमहानगरपालिकाका २ जना, कोहल्बी नगरपालिकाका १ जना र परवानीपुर गाँउपालिका १ जना रहेको नारायणी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रुपन्देहीको पेट्रोल पम्पमा आगलागी

 Krishna Shrivastav

बुटवल । रुपन्देहीको एक पेट्रोल पम्पमा इन्धन खन्याउने क्रममा आगलागी भएको छ । सूर्यपुरास्थित अभिषेक आयलमा लु २ ख २८५७ नम्बरको ट्याङ्करले इन्धन खन्याउने क्रममा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास गर्दा पम्प सञ्चालक हेमन्त चौधरी सामान्य घाइते भएका छन् । आगलागीबाट इन्धन बोकेको ट्याङ्कर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीले मानवीय क्षति नभएको र क्षतिको थप विवरण संकलन भइनसकेको बताएको छ । गएराति पौने आठ बजेतिर लागेको आगो लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर र बुटवलका तीनवटा दमकलको प्रयोगबाट राति १० बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ओली सरकारले हाम्रा माग पूरा गर्न प्रक्रिया अघि बढाएको छ : राजेन्द्र महतो

 Krishna Shrivastav

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) ले सत्ता समीकरणको विषय संसद्मा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेको छ । आइतवार साँझ बसेको जसपाको शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको जसपाका नेता राजेन्द्र महतोले बताए । ‘सत्ता समीकरणको विषय संसद्मा प्रवेश गरेको छैन,’ उनले भने, ‘यो विषय संसदमा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेका छौं।’ जसपाको अहिलेको ध्यान सत्ता समीकरणको भन्दा आफ्ना मुद्दा कार्यान्वयनको विषयमा केन्द्रीत भएको उनले जनाए । जसपाले उठाएका माग ओली सरकारले पूरा गर्न प्रक्रिया अघि बढाइरहेको उनले बताए । नेपाली कांग्रेसले केही दिनअघि माओवादी केन्द्र र जसपाका

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

चक्रब्युहमा नेपाली राजनीति

 Krishna Shrivastav

माओवादी केन्द्रसँग चुनावी एकता गर्दै अघि बढेको एमाले र माओवादी केन्द्र अन्ततः दलीय एकता भंग गर्दै पुनः आआफ्नै कित्तामा खुम्चिन पुगेका छन् । प्रधानमन्त्री ओलीले संसद् विघठन गरे पनि राष्ट्रपतिलाई संसद् विघटनको सिफारिस अनुमोदन गर्न कुनै पनि प्रकारको चिन्तन मनन, परामर्श केही गरी रहनुपरेन, प्रधानमन्त्री र राष्ट्रपति दुवैमा वर्तमान राजनीतिक गतिरोधको एक मात्र समाधान संसद् विघटन भएकोमा अत्यधिक विश्वस्तता देखियो । यस्तो संसद् विघटन गर्ने अधिकार सरकारलाई नभएको व्याख्या सर्वोच्च अदालतले गरिदियो । संवैधानिक मनसाय र प्रावधानबारे गौण आँकलन भएकै हो । संसद् पुनस्र्थापना भएको खुसीयालीमा रमाइरहेकालाई फाल्गुन २३ गतेको

Breaking News, देश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

सत्ता समीकरणको विषय संसद्मा प्रवेश नगरेसम्म जसपा नखुल्ने

 Krishna Shrivastav

वीरगंज | जनता समाजवादी पार्टी (जसपा) ले सत्ता समीकरणको विषय संसद्मा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको जसपाको शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको जसपाका नेता राजेन्द्र महतोले बताएका हुन् । ‘सत्ता समीकरणको विषय संसद्मा प्रवेश गरेको छैन,’ उनले भने, ‘यो विषय संसदमा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेका छौँ ।’ जसपाको अहिलेको ध्यान सत्ता समीकरणको भन्दा आफ्ना मुद्दा कार्यान्वयनको विषयमा केन्द्रीत भएको उनले जनाए । जसपाले उठाएका माग ओली सरकारले पूरा गर्न प्रक्रिया अघि बढाइरहेको उनले बताए । नेपाली काँग्रेसले केही दिनअघि माओवादी केन्द्र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतमा एकै दिन थपिए एक लाख ७० हजार कोरोना संक्रमित

 Krishna Shrivastav

भारत | भारतमा एकै दिन करिब एक लाख ७० हजार कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ६९ हजार ८९९ जना नयाँ संक्रमित थपिएका हुन्।योसँगै कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा उक्लिएको छ। विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तनि करोड १९ लाख १८ हजार ५९१ संक्रमित रहेका छन्। तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३४ लाख ८२ हजार ५४३ संक्रमित रहेका छन्।उक्त अवधिमा ९०४ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७० हजार २०९ पुगेको छ। भारतमा दैनिक

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति

 Krishna Shrivastav

वीरगंज | कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लुको त्रासमा पशुपन्छी तथा दाना नष्ट गरेका किसानलाई क्षतिपूर्ति दिने भएको छ । पत्यकालगायत विभिन्न ठाउँमा गरी हालसम्म छ ठाउँमा बर्डफ्लु रोग फेला परेको थियो । त्यस क्रममा कृषि मन्त्रालयअन्तर्गतको पशु सेवा विभागबाट खटिएका टोलीले हजारौँ पशुपन्छी नष्ट गरेका थिए । ती सबैको क्षतिपूर्ति दिन लागेको पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिए । उपत्यकाको काठमाडौँको तारकेश्वर नगरपालिका तथा ललितपुरको नख्खु क्षेत्रमा बर्डफ्लु फेला परेको थियो । त्यसमध्ये तारकेश्वर जहाँ तीन ठाउँमा फेला परेको थियो । त्यहाँका किसानलाई करिब एक करोड

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ट्र्याक्टर दुर्घटनाः ५ जनाको मृत्यु, १९ जना घाइते

 Krishna Shrivastav

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा भएको ट्र्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । आइतबार साँझ ७ः३० बजे मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । पूर्वी चितवनको मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् । एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

असुरक्षित बन्दै काठमाडौँ

 Krishna Shrivastav

काठमाडौँ | कोरोना संक्रमणले फड्को मार्न थालेपछि राजधानी उपत्यका असुरक्षित बन्दै गएको छ । छिमेकी मुलुक भारतमा एकैदिनमा लाखौंको संख्यामा कोरोना संक्रमितको संख्या एकाएक बढेपछि राजधानी काठमाडौ आतंकित बनेको छ । राजधानी उपत्यका प्रवेश गर्ने नाकाहरू अहिले नेतृत्वविहीन अवस्थामा रहेका छन् । सरकारले उपत्यका प्रवेशमा कडाइ गर्ने बताए पनि चेक जाँचबिना काठमाडौँ भित्रिनेको संख्या बढ्दो अवस्थामा रहेको छ । राजधानी भित्रने प्रमुख नाकाको रूपमा रहेको नागढुंगामा कोरोना संक्रमणको कुनै चेकजाँच गरिएको छैन । अन्य नाकाको पनि हालत उस्तै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी उपत्यका प्रवेश गर्ने नाकामा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

 Krishna Shrivastav

वीरगंज | सवारीसाधनको चाप बढ्दै गएकाले जोर–विजोर पद्धति बसाल्दै लैजान सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीशहरू तेजबहादुर कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले दिएको निर्देशनात्मक आदेशमा भनिएको छ– ‘मोटरसाइकल र सवारीसाधनहरूको चाप बढ्दै गएमा आवश्यक परे हरेक दिन जोर–विजोरका नम्बरका सवारीसाधन चलाउने पद्धति पनि बसाल्दै लानु ।’ अधिवक्ता तुलसी सिंखडाले काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा पार्किङ अव्यवस्थित भएका उल्लेख गर्दै पार्किङको व्यवस्था गर्न आदेशका माग दाबी गरी झन्डै ३ वषअघि रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सो रिट निवेदनमाथि सुनुवाइ गर्दै जोर–विजोर पद्धति बसाल्दै

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जबरजस्ती सम्बन्धबाट बसेको ८ महिनाको गर्भ फालेपछि…

 Krishna Shrivastav

दोलखा । मेलुङ गाउँपालिका–७ की ४० वर्षीया एक महिला पाँच वर्षदेखि एकल रूपमा थिइन्। तर, छिमेकी ४५ वर्षीय पुरुषले स्थानीय बजार जाने क्रममा ‘जबर्जस्ती’ शारीरिक सम्बन्ध राखेका कारण गर्भ रहन गयो। तर, त्यो गर्भ यही चैत ५ गते आठ महिनामा फालियो, त्यो पनि छोराकै उपस्थितिमा।गर्भपतनका कारण ती महिलाको ज्यान जोखिममा परेपछि पीडित पक्ष प्रहरीमा पुगेको थियो। तर, प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेपछि पीडित महिलाले न्याय र उपचार नपाउने अवस्था देखिएको छ। कुन कानुनअन्तर्गत मुद्दा चलाउने भन्ने अन्योलका कारण उजुरी दर्ता गर्न नमिलेको दोलखाका प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले बताए।

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न