Krishna Shrivastav
नारायणी अस्पतालमा गरिएको परिक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
Krishna Shrivastav
वीरगञ्ज | पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिकामा कोरोना संक्रमितहरुका सँख्यामा लागातार वृद्धि भईरहेको छ । बिहीबार राति नारायणी अस्पतालमा गरिएको परिक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा कुल ७५ जनाको स्वाब संकलन गरि परिक्षण गरिएकोमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । संक्रमण देखिनेमा सबै भन्दा बढी पर्सा जिल्लाका छन । पर्साको वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका ३१ जनामा संक्रमण देखिएको दासले बताए । बिहीबार राति गरिएको परिक्षणमा वीरगञ्ज महानरपालिकाको एउटै वडाका १० जनामा संक्रमण देखिएको छ