Krishna Shrivastav
धनुषामा हाटबजारलाई बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन
Krishna Shrivastav

जनकपुरधाम । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै धनुषामा कडाइ गरिएको छ। जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अत्याधिक भीड हुने स्थानमा हाटबजारमा कडाईं गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। आज बसेको बैठकले जिल्लाको विभिन्न स्थानमा रहेका हाटबजारलाई बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए। र यसको अनुगमनको जिम्मा सम्बन्धित स्थानीय तह र नेपाल प्रहरीलाई दिइएको छ। सरकारी कार्यालयहरुमा अत्याधिक भीड हुने गरेकोले भीडभाड कम गरी संक्रमण जोखिम न्यूनिकरण गर्न