एसइईको नतिजा ७ असारमा नआउने

 Krishna Shrivastav

वीरगंज | राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा ७ असारमा सार्वजनिक गर्ने घोषणा गरेको भए पनि असम्भव भएको छ । बोर्डका अनुसार तोकिएको मितिभन्दा अझै एक सातापछाडि अर्थात् १५ असारसम्म नतिजा प्रकाशन भैसक्नेछ । यस वर्ष बोर्डले पहिलोपटक परीक्षाअघि नै नतिजा प्रकाशनको मिति सार्वजनिक गरेको थियो । वैशाख महिनामा झन्डै एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भएकाले नतिजा समयमा आउन नसक्ने स्थिति बनेको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताए । ‘घोषित मितिमा नतिजा आउन सक्दैन,’ अध्यक्ष शर्माले भने, ‘किनभने शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भयो, जसको असर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विद्युत् बक्यौता पुनरावलोकन गराउन ४६ उद्योगले दिए निवेदन

 Krishna Shrivastav

वीरगंज | लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता पुनरावलोकन गर्न ४६ उद्योग तथा कम्पनीले नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिएका छन् । प्राधिकरणले उद्योगीलाई पुनरावलोकन प्रक्रियामा आउन जेठ मसान्तसम्मको समय दिएको थियो । त्यसमा बक्यौता तिर्ने प्रक्रियामै नआएका ३४ र किस्ता तिर्न सुरु गरेका १२ सहित ४६ कम्पनीले पुनरावलोकनका लागि प्राधिकरणमा निवेदन दिएका हुन् । उनीहरूले बक्यौताको ५ प्रतिशत रकम नगद वा बैंक ग्यारेन्टीमार्फत बुझाएर माघ ०७२ देखि वैशाख ०७५ सम्मको बक्यौता पुनरावलोकनका लागि आवेदन दिएका हुन् । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका सहनिर्देशक साधव भण्डारीले अन्तिम समयसम्म ४६

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रविन्द्र मिश्र जिल्ला अदालतमा उपस्थित

 Krishna Shrivastav

वीरगंज | गत चैत १५ गते भएकाे तीनकुने घटनाको मुद्दाका प्रतिविादी राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजायको माग गरिएको छ। सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानीमा रिहा भएका मिश्र रिहा भएलगत्तै सम्पर्क विहीन हुँदै आएका थिए । मंगलबार न्यायाधीश तारादेवी महर्जनकोको ३३नम्बर इजलासमा थुनछेक बहस हुनेछ ।


नवलपुरमा श्रीमानले चलाएको ट्याक्टर दुर्घटनामा च्यापिएर श्रीमतीको मृत्यु

 Krishna Shrivastav

वीरगंज | नवलपुरको मध्यविन्दु १५ सिमरा भित्री सडक खण्डमा आफ्नै श्रीमानले चलाएको ट्याक्टर दुर्घटना हुँदा श्रीमतीकाे मृत्यु भएको छ । मंगलबार बिहान १० बजेतिर मध्यबिन्दु नगरपालिका १५ सिमराकाे भित्री कच्ची सडकखण्डअन्तर्गत ना ७ त २९६७ नम्बरको ट्याक्टर खोला तर्ने क्रममा अचानक पल्टिन जाँदा ट्याक्टरमा सवार ३६ वर्षीया यम कुमारी थनेत थारुको मृत्यु भएको हो । ट्याक्टरमा सवार चार जनामध्ये थारुको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टरमा सवार चार जनामध्ये अन्यको अवस्था सामान्य छ । प्रहरीले मृतकका ट्याक्टर चालक ४२ वर्षीय दोरन थारूलाई नियन्त्रणमा लिएको छ ।


महिला विश्वकपका पाकिस्तानका सबै खेल श्रीलंकामा

 Krishna Shrivastav

आइसिसी महिला एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आगामी ३० सेप्टेम्बरदेखि हुँदै छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार सार्वजनिक गरेको खेलतालिकाअनुसार उद्घाटन खेलमा आयोजक भारत र श्रीलंकाबिच बेंग्लोरको चिन्नस्वामी रंगशालामा हुने छ । विश्वकपको आयोजक राष्ट्र भारत भए पनि छिमेकी पाकिस्तानले भने आफ्ना सबै खेल भारतमा नभएर श्रीलंकामा खेल्नेछ । भारत र पाकिस्तान क्रिकेट बोर्डबिचको सम्झौताअनुसार पाकिस्तानका खेलहरू श्रीलंकामा हुने आइसिसीले जनाएको छ । भारत र पाकिस्तानबिचको राजनीतिक तनावका कारण दुवै टोलीले एकअर्काको मैदानमा प्रतिस्पर्धा गरेका छैनन् । पाकिस्तानले महिला एकदिवसीय विश्वकपमा ‘हाइब्रिड’ रणनीति अपनाएको हो । यसअनुसार प्रतियोगितामा सहभागी भए पनि आफूले चाहेको मैदानमा प्रतिस्पर्धा गर्नु

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः प्रचण्ड

 Krishna Shrivastav

वीरगंज | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले आज प्रचण्ड निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमाउनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन्। प्रचण्डले भने, ‘यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईंहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।’ यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ । यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनले बताए । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सहकार्य र समझदारीको जगमा विकसित हुनुपर्छ चीन–अमेरिका सम्बन्ध

 Krishna Shrivastav

हालै मेरा एक जना साथीले जब मलाई ‘म अमेरिका समर्थक वा विरोधीमध्ये के हुँ’ भनेर सोधे मैले उनलाई आफू दुईमध्ये कुनै पनि नभएको बताएँ । हुन पनि म कुनै निश्चित देशको विरोधी वा समर्थक होइन । मलाई संयुक्त राज्य अमेरिकाबारे धेरै कुरा मन पर्छ । तर म यसका कैयौं विदेश नीतिको आलोचक बनेको छु । चाइना डेलीको सांघाई ब्युरोमा काम गर्दा मेरा सहकर्मीले मलाई अमेरिकी समर्थक मान्थे । किनभने म सांघाईमा रहेको अमेरिकी वाणिज्य दूतावासमा धेरै कार्यक्रममा भाग लिन्थेँ । त्यसबारे स्तम्भमार्फत आफ्ना विचार राख्थे । त्यही समय ब्रिटिस वाणिज्य दूतावासका कार्यक्रम समेट्ने अर्का सहकर्मीलाई बेलायत

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उदयपुरमा एकजना कालाजारका बिरामी फेला

 Krishna Shrivastav

उदयपुरमा एकजना कालाजारका विरामी पेला परेका छन् । भुसुनाको टोकाइकाबाट सर्ने यो रोग परजीवीका कारण सर्दछ । कालाजार औँलोपछिको दोस्रो स्थानमा आउने रोगमा पर्दछ । स्वास्थ्य कार्यालय उदयपुरका तथ्यांक अधिकृत लौकाजी राईले उदयपुरगढीका एकजना विरामीमा कालजार भेटिएको जानकारी दिए । उनले भने, ‘विरामी परेर जिल्ला अस्पताल गाईघाट आउनु भएको रहेछ । कालाजार पुष्टी भएपछि हामीले अहिले सरकारी अस्पतालमा पठाएर निशुल्क उपचार गरिरहेका छौँ ।’ विगतका वर्षहरुमा गर्मीको समयमा कालाजारका विरामी देखा पर्ने गरेका थिए । राई भन्छन, ‘अहिले हामी कालाजारसम्बन्धी सचेतना कार्यक्रम पनि गरिरहेका छौँ।’ विगतमा एकादुईमा कालाजार देखिने गरेको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

 Krishna Shrivastav

वीरगंज । श्रुति साह । सशस्त्र प्रहरी बल नेपाल, प्र.सी.सु. गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले भारतबाट भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको तयारी कपडा नियन्त्रणमा लिई भन्सारमा दाखिला गराएको छ। विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा झण्डै २२ लाख ७१ हजार ९५० रुपैयाँ बराबरको कपडा बरामद गरिएको हो। वीरगंज महानगरपालिका–६, रेशमकोटीस्थित २ नम्बर रोडमा रहेको रमेश अग्रवालको दुईतले पक्की घरको ग्राउण्ड फ्लोरमा सञ्चालनमा रहेको जी.के. ट्रेडर्सको गोदाममा तयारी कपडा लुकाएर राखिएको अवस्थामा भेटिएको हो। उक्त गोदाममा भाडामा लिइएका दुईवटा कोठामा भारतबाट अवैध रूपमा भित्र्याइएका भेष्ट, जिन्सको पाइन्ट, टिसर्ट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

 Krishna Shrivastav

चितवन ।शिकिन्द्र साह । चितवनको भरतपुरमा आज बिहान नारायणी नदी किनारमा एक विशेष योग कार्यक्रम सम्पन्न भएको छ, जसले न केवल शारीरिक र मानसिक स्वास्थ्यप्रति जनचेतना फैलायो, तर नेपाल–भारत मैत्री सम्बन्धलाई समेत गहिर्याएको छ। भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका सुरक्षा निकाय, राजनीतिक नेतृत्व, नागरिक समाज, योग संस्था र सर्वसाधारणको उल्लेखनीय सहभागिता देखियो। अन्तर्राष्ट्रिय योग दिवसका ११ औं संस्करणलाई “एक पृथ्वी, एक स्वास्थ्यको लागि योग” भन्ने नाराले निर्देशित गर्दै कार्यक्रम सुरु भएको थियो। भरतपुर महानगरपालिकाका उपमेयर श्री चित्रसेन अधिकारीज्यू र चितवनका प्रहरी उपरीक्षक श्री गोविन्द

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 Krishna Shrivastav

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो। निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ।


९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

 Krishna Shrivastav

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको दृढ इच्छाशक्ति, निरन्तर पहल र प्रभावकारी नेतृत्वको परिणामस्वरूप ९ वर्षदेखि रोकिएको संघीय निजामती सेवा ऐन अन्ततः प्रतिनिधिसभामा पेस भएको छ । संविधान कार्यान्वयनको मेरुदण्ड मानिने यो कानुन संघीय शासन प्रणालीलाई संस्थागत गर्न अपरिहार्य मानिन्छ । मन्त्री गुप्ताले मन्त्रालयको नेतृत्व सम्हालेपछि यो ऐनलाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रशासन , कर्मचारी संगठन , कानुनी विज्ञ , प्रदेश सरकार र सरोकारवाला पक्षहरूसँग व्यापक छलफल गर्दै मस्यौदा तयार पार्न सफल भएका थिए । ऐनको अन्तिम रुप दिँदै प्रतिनिधिसभामा पेस गर्नु उनको एक महत्वपूर्ण उपलब्धि हो

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

 Krishna Shrivastav

वीरगंज । कृष्ण श्रीवास्तव । भारतको महावाणिज्य दूतावास, बीरगंजले ११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपालका विभिन्न जिल्लामा योग कार्यक्रम आयोजना गर्ने भएको छ। “एक पृथ्वी, एक स्वास्थ्यको लागि योग” भन्ने नारासहित मनाइँदै गरिएको यस वर्षको योग दिवसले व्यक्तिगत स्वास्थ्यसँगै पृथ्वीको संरक्षणमा योगको महत्त्वलाई उजागर गर्ने उद्देश्य राखेको छ। संयुक्त राष्ट्रसंघले २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा घोषणा गरेपछि हरेक वर्ष विश्वभर यो दिवस विविध कार्यक्रममार्फत मनाइँदै आएको छ। भारत सरकारको पहलमा स्थापना गरिएको यो दिवस अहिले विश्वभर लोकप्रिय बनेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

 Krishna Shrivastav

पर्सा ।श्रुति साह । सशस्त्र प्रहरी बल नेपाल, नं १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले धोबिनी गाउँपालिका–१, घोडदौडस्थित सीमावर्ती क्षेत्रमा भारतबाट अबैध रूपमा पैठारी गरी ल्याइएका प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ। टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरी नेपाल तर्फ ल्याइँदै गरेका २४ वटा कार्टुनमा राखिएको २४०० गोटा ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएको हो। ती चल्ला नेपालमा पैठारी गर्न निषेध गरिएको प्रकारका भएकोले आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–४ मा रहेको त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको वीरगञ्ज नर्सिङ क्याम्पसमा निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा क्याम्पसमा रहेको खानेपानीको समस्याबारे गम्भीर छलफल गरिएको छ। हाल सञ्चालनमा रहेको खानेपानी ट्याङ्की जीर्ण भइसकेको र पानी चुहिने स्थिति रहेको पाइएकोले ट्याङ्कीको शीघ्र मर्मत तथा आवश्यक परे नयाँ ट्याङ्की निर्माण गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। त्यस्तै, क्याम्पस परिसरभित्र खुला नालाबाट विर्ता बस्तीको फोहोर पानी सिधै क्याम्पसमा प्रवाह भई वातावरण अत्यन्तै प्रदूषित भएको गुनासो आएको छ। यस समस्यालाई मध्यनजर गर्दै नालाको सरसफाइ, व्यवस्थित ढल निकास र दिर्घकालीन समाधानका लागि सम्बन्धित

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

 Krishna Shrivastav

जनकपुरधाम । धनुषामा श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर भएका छन् ।धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलासले श्रीमानलाई दोषी ठहर गर्दै कैद र क्षतिपूर्ती तिराउने आदेश दिएको हो । न्यायाधीश वर्देवाको इजलाशले जेठ १३ गते वैवाहिक जबरजस्ती करणी मुद्दामा श्रीमानलाई दोषी ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्ने निर्णय सुनाएको हो ।जेठ २९ गतेको पेसीमा सजाय पूर्वको प्रतिवेदन पेस गर्न लगाउने आदेश दिएपछि गत शुक्रबार भएको पेसीमा न्यायाधीश वर्देवाको इजलासले श्रीमानलाई दोषी ठहर गर्दै ६ महिना कैद र एक लाख क्षतिपूर्ती तिराउने आदेश दिएको हो । श्रीमानले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

 Krishna Shrivastav

रौतहट । रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। मिति २०८२ साल असार १ गते बिहान करिब ८:१५ बजेको समयमा ६५ वर्षीय सियाराम वनिया आफ्नै घरअगाडिको बाख्रा खोल्ने क्रममा अचानक चट्याङले लाग्दा गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उपचारकै क्रममा बिहान १०:०० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्राकृतिक प्रकोपका कारण भएको यो घटनाले स्थानियमा दुःख व्यक्त गरिएको छ।


समाचार
News

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

News

अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

News

सिरहामा १८ प्रतिशत धान रोपाइँ

News

प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

News

सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि