Krishna Shrivastav
नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
Krishna Shrivastav

वीरगंज । लालबाबू सिंघ । नेसनल एकेडेमी क्याम्पसले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा वीरगन्ज–१६, नगवामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत ३५ जना विद्यार्थी बहिनीहरूलाई नयाँ कपडा वितरण गरेको छ। भारतिय दूतावास वीरगन्जको पूर्वपट्टी अवस्थित नेसनल एकेडेमी क्याम्पसका प्रमुख केदार प्रसाद साहको नेतृत्वमा तथा वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्यायको विशेष सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका निर्देशक राजकुमार सहनी, ठाकुरराम क्याम्पसका प्राध्यापक इन्दु शंकर मिश्र, वडा नं. १६ की सदस्य लवनी देवी, विद्यालयका शिक्षक अजय साह, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, समाजसेवी हरेन्द्र