वीरगंज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले युवालाई स्वरोजगार बनाउन प्राविधिक तथा सीपमुलक तालिम दिन महानगर तयार रहेको बताउनुभएको छ । पर्सा फोटोग्राफर एशोसियसनको प्रथम साधारणसभालाई सम्बोधन गर्दै उहाँले फोटो ग्राफीबाटै पनि युवाहरु स्वरोजगार बन्न सफल भएको बताउनुभयो ।
अहिले विशेष परिस्थिति तथा कुनै पनि सभासमारोहको व्यवसायीक फोटो भिडियो बनाएर राख्ने प्रचलन बढेको भन्दै यसले फोटोग्राफीमा भविष्य रहेको देखाएको बतउनुभयो । फोटोग्राफी सिक्ने र स्वरोजगार बन्न चाहने युवालाई महानगरले निशुल्क प्रशिक्षणको व्यवस्था मिलाउने भन्दै त्यसका लागि प्रस्ताव ल्याउन एशोसिएसनलाई आग्रह गर्नुभयो ।
पेशागत मर्यादा कायम गर्दै व्यवसायीक फोटोग्राफर भएर अरुलाई पनि रोजगारी दिने वातावरण बनाउन आग्रह गर्नुभयो ।एशोसिएसनका अध्यक्ष ओमप्रकाश महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा फोटो ग्राफर एशोसिएसनका केन्द्रीय अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय, श्रीराम कँडेल, दिगम्बर राजबंशी, डा.निरज सिंह लगायतको सहभागिता रहेको थियो ।