• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एनआईसी एसिया लघुवित्तको साढे ४ करोड रकम हिनामिना, शाखा प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा

  • वीरगंज संजाल
  • ४ असार २०८०, सोमबार १४:२९
  • २३८९

    वीरगंज । जाजरकोटको छेडागाड नगरपालिका ५ थलह बजारमा रहेको एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेडका कर्मचारीले नक्कली ऋणी खडा गरेर लाखौं रकम हिनामिना गरेको रहस्य खुलेको छ । थहल शाखाका कर्मचारीहरुले ४ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा मुद्दा परेको छ । कर्मचारीले स्थानीयको नाममा नक्कली ऋणी खडा गरी संस्थाको रकम हिनामिना गरेको पीडितले बताएका छन् । करिब २ सय ८५ जना नागरिकको नाममा थलह शाखाका तत्कालीन शाखा प्रमुख सुशील केसीसहित ८ जना कर्मचारीले रकम हिनामिना गरेको आरोप लागेको छ ।

    केसीको नेतृत्वमा रहेको कर्मचारी टिमले नक्कली ऋणी खडादेखि ब्याज वापतको रकम हिनामिना गरेको आरोप लागेको हो । नक्कली ऋणी खडा गरेर कर्मचारीले उक्त रकम हिनामिना गरेका हुन् । लघुवित्त संस्थाको केन्द्रीय कार्यालयले अडिट गर्दा उक्त रहस्य खुलेको हो । ठूलो रकम हिनामिना भएको कुरा पत्ता लागेपछि एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा ७ काभ्रेपलाञ्चोक र शाखा कार्यालय जाजरकोटले तत्कालिन शाखा प्रमुख केसी सहित ८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मुद्धा दर्ता गराएको हो । मुद्धा परेका आठै जना कर्मचारी फरार रहेको प्रहरीले जनाएको छ ।

    स्थानीय खातावालाको कागजपत्र लिएर नक्कली ऋणी खडा गरी रकम हिनामिना गरेको बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । मुद्दा परेकाहरूको कर्मचारीको नाम भने प्रहरीले मिडियालाई दिन इन्कार गरेको छ । ‘हामी अनुसन्धानकै क्रममा छौं अहिले नाम सार्वजनिक गर्न मिल्दैन,’ जिल्ला प्रहरी प्रमुख सन्तोष रोकामगरले बताए । उनले भने ‘अन्य विवरण पनि अनुसन्धनकै सिलसिलामा रहेकाले कुनै कुरा भन्न मिल्दैन । अनुसन्धान पुरा भएपछि सबै कुरा बाहिर आउँछ । दोषी को हो हामी बुझिरहेका छौं । संस्थाको करिब साढे चार करोड रकम हिनामिना भएपछि ८ जना कर्मचारीविरुद्ध ठगि मुद्दा दर्ता भएको छ ।’एनआईसी एसिया लघुवित्त बैक केन्द्रीय कार्यालयका सूचना अधिकृत अर्जुन श्रेष्ठले पनि नाम भन्न नमिल्ने बताए । उनले केही सूचना लिने भए संस्थामा निवेदन दिएपछि मात्र पाइने बताए । ‘हामीले प्रहरीमा उजुरी दिएका छौं नाम प्रहरीले दिन्छ उतै माग्नुहोस्,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑